विद्युत नियमन आयोगमा अध्यक्ष र ३ सदस्य नियुक्तिको लागि दरखास्त आह्वान

सरकारले रिक्त रहेको विद्युत नियमन आयोगका अध्यक्ष र एक महिला सहित ३ सदस्य नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । सिफारिस समितिले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम विद्युत नियमन आयोगको रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिका लागि सोही दफामा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूलाई १५ दिनभित्र उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम गठित सिफारिस समिति समक्ष मन्त्रालयमा आवेदन पेश गर्न आग्रह गरेको छ। आवेदन दिँदा विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-१ बमोजिमको आवेदन (आवेदन साथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताका प्रति र कार्य अनुभवसम्बन्धी कागजात) पेश गर्नु पर्ने छ। त्यस्तै विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-२ बमोजिमको स्वघोषणा पेश गर्नु पर्ने छ। कार्ययोजनाको ढाँचा र यससम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने र आवेदन पेश गरेका उम्मेदवारहरूमध्ये कार्ययोजनाको मुल्यांकनबाट छनौट भई संक्षिप्त सूचीमा परेका बढीमा ५ जना उम्मेदवारहरूलाई कार्ययोजना प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने समितिले जनाएको छ।सरकारले आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेपछि नयाँ नियुक्त प्रक्रिया सुरु गरेको हो  । फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई बर्खास्त गरेको थियो  । आयोगका अर्का सदस्य डा. राम प्रसाद धितालले भने राजिनामा दिएका थिए  । छानविन समितिको सिफारिसमा सरकारले अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेको थियो  ।  उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोगका अध्यक्ष र सदस्यहरुमाथि छानविन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेकाे थियो । समितिका सदस्यहरुमा  पूर्वसहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे थिए ।  आयोगका अध्यक्ष सिंह र अन्य सदस्यहरुलाई केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । 

सम्बन्धित सामग्री

क्यानद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान, यस्तो छ मापदण्ड

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

क्यानद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन बनेको थियो । नयाँ प्रशिक्षकका

नेपाल राष्ट्र बैंकद्वारा ४३ कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । बैंकले सहायक निर्देशक १८ जना,  प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो । अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

२७२ कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो । ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ पनि १३६ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने जारी सार्वजनिक सूचनामा उल्लेख छ । सूचना […]

जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गर्ने

काठमाडौँ । न्यायपरिषद्ले जिल्ला अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने भएको छ । शुक्रबार बसेको परिषदको बैठकले २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्यायपरिषद्ले सोझै न्यायाधीश नियुक्त गर्ने परिपाटी थियो । शुक्रबार बिहानमात्रै न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि परिषद्ले दरखास्त आह्वान गरेको हो । […]

जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गर्ने निर्णय

२४ असार, काठमाडौं । न्यायपरिषदले जिल्ला अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने भएको छ । शुक्रबार बसेको परिषदको बैठकले २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्यायपरिषदले सोझै न्यायाधीश नियुक्त गर्ने परिपाटी थियो । शुक्रबार बिहानमात्रै न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि परिषदले दरखास्त आह्वान गरेको […]

सीटीईभीटीद्वारा कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो । परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म २०८० असार मसान्तसम्मका लागि प्राविधिक/प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेकाले दरखास्त आह्वान गरिएको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले […]

मध्यपश्चिम विश्वविद्यालयद्वारा उपप्राध्यापक र कर्मचारीका लागि दरखास्त आह्वान

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले उपप्राध्यापक र कर्मचारीहरूका लागि दरखास्त आह्वान गरेको छ । उक्त विश्वविद्यालय अन्तर्गत विभिन्न संकायका क्याम्पसहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । शैक्षिक र प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सोमबार प्रकाशित सूचनामा जनाइएको छ । योग्य नेपाली नागरिकले आउँदो असार २६ गते दिउँसो ३ […]

सीईओका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत सिइओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । योग्य आवेदकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । तत्कालीन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद विवादमा परेर राजीनामा दिएसँगै नेप्से कार्यकारी प्रमुख विहीन […]