हकप्रद निष्काशन गर्ने अपर तामाकोशीको निर्णय, चुक्ता पुँजी २१ अर्ब पुग्ने

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समितिको बैठकले हाल कायाम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । अब कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभामा पेश हुने छ । साधारणसभाले पारित गरेपछि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रहेको छ । कम्पनीमा विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान २ प्रतिशत लगानी छ । त्यस्तै कम्पनीमा आयोजना प्रभावित स्थानीयको १० प्रतिशत र आम सर्बसाधारणको १५ प्रतिशत लगानी छ । बाँकि लगानी भने कर्मचारी संचय कोषका संचयकर्ता, आयोजनामा कर्जा लगानी गरेका संस्थाका कर्मचारी र विद्युत प्राधिकरणका कर्मचारीको छ । कम्पनीका अध्यक्ष कुलमान घिसिङले १ वर्ष अगाडी तामाकोशीले हकप्रद निष्काशन गरेर ऋण तिर्नु पर्ने र कम्पनीमा ऋण घटाउदै इक्विटी बढाउनु पर्ने बताएका थिए । उनले हकप्रद निष्काशन गरेर कम्पनीको ऋण तिर्न सकेको खण्डमा बिजुली बिक्रिबाट हुने आम्दानीले राम्रो प्रतिफल प्रदान गर्न सकिने उल्लेख गरेका थिए । कम्पनीले ७७/७८ को साधारणसभा आह्वान गरेको छैन ।हाल कम्पनीले ४५६ मेगावाटको अपार तामाकोशी आयोजना सम्पन्न गरि उत्पादन गरिरहेको छ।त्यस्तै कम्पनीले रोल्वालिङ खोलामा २२ मेगावाटको अर्को आयोजना निर्माणको तयारी गरिरहेको छ । रोल्वालिङ छोरोल्पा हिमतालबाट निस्केको पानी बग्ने खोला हो । रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाइने र त्यसबाट २२ मेगावाट विजुली उत्पादन गर्ने कम्पनीको तयारी छ। तामाकोशीको ऋण तिर्न र रोल्वालिङ खोला आयोजना निर्माण गर्न कम्पनीले हकप्रद निष्काशन गर्ने चर्चा बजारमा थियो । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गरेमा कम्पनीको चुक्ता पुँजी २१ अर्ब नाघ्ने छ ।

सम्बन्धित सामग्री

कुलमानले भने 'अपर तामाकोशीको हकप्रद हल्ला मात्र हो, निर्णय भएको छैन'

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले तामाकोशीको हकप्रदको विषय हल्ला मात्र भएको बताएका छन् । बिजपाटीसँग कुरा गर्दै उनले बाहिर आए जस्तो हालसम्म हकप्रदबारे कुनै निर्णय नभएको बताए।बिजपाटीसँग उनले भने 'हल्ला मात्र हो, हकप्रद निष्काशनबारे बोर्डबाट अहिलेसम्म कुनै निर्णय भएको छैन'। कम्पनीले १५० प्रतिशत हकप्रद निष्काशन गर्ने चर्चा बजारमा छ । अध्यक्ष घिसिङले हल्ला मात्र भएको बताएपनि हकप्रद निष्काशनबारे छलफल भईरहेको स्रोतको दाबी छ । अध्यक्ष घिसिङले पनि १ वर्ष अगाडी तामाकोशीले हकप्रद निष्काशन गरेर ऋण तिर्नु पर्ने र कम्पनीमा ऋण घटाउदै इक्विटी बढाउनु पर्ने बताएका थिए । उनले हकप्रद निष्काशन गरेर कम्पनीको ऋण तिर्न सकेको खण्डमा बिजुली बिक्रिबाट हुने आम्दानीले राम्रो प्रतिफल प्रदान गर्न सकिने उल्लेख गरेका थिए । अहिले पनि सोहि अनुसार हकप्रद निष्काशनको लागि छलफल भने चलिरहेको बताईन्छ ।कम्पनीले हालसम्म पनि ७७/७८ को साधारणसभा आह्वान गरेको छैन । कम्पनीले हकप्रद निष्काशनको प्रस्ताव सहित सभा आह्वान गर्न सक्ने स्रोत बताउछ ।  हाल कम्पनीले ४५६ मेगावाटको अपार तामाकोशी आयोजना सम्पन्न गरि उत्पादन गरिरहेको छ।त्यस्तै कम्पनीले रोल्वालिङ खोलामा २२ मेगावाटको अर्को आयोजना निर्माणको तयारी गरिरहेको छ  । रोल्वालिङ छोरोल्पा हिमतालबाट निस्केको पानी बग्ने खोला हो ।  रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाइने र त्यसबाट २२ मेगावाट विजुली उत्पादन गर्ने कम्पनीको तयारी छ। तामाकोशीको ऋण तिर्न र रोल्वालिङ खोला आयोजना निर्माण गर्न कम्पनीले हकप्रद निष्काशन गर्ने चर्चा बजारमा छ ।कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रहेको छ । कम्पनीमा विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान २ प्रतिशत लगानी छ । त्यस्तै कम्पनीमा आयोजना प्रभावित स्थानीयको १० प्रतिशत र आम सर्बसाधारणको १५ प्रतिशत लगानी छ । बाँकि लगानी भने कर्मचारी संचय कोषका संचयकर्ता, आयोजनामा कर्जा लगानी गरेका संस्थाका कर्मचारी र विद्युत प्राधिकरणका कर्मचारीको छ ।