नेपालको आर्थिक वृद्घिदरमा सुधार आउने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीको चपेटामा परेको मुलुकको अर्थतन्त्रसँगै आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ । नेपालमा जारी कोभिड–१९ विरुद्घको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिएको र सन् २०२२ मा नेपालको आर्थिक वृद्घिदर ४ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडीबीले गरेको हो । एएडीबीद्वारा बुधवार प्रकाशित ‘एशियन डेभलपमेण्ट आउटलुक २०२१’ मा वर्ष २०२१ मा २ दशमलव ३ प्रतिशतमा सीमित हुने आर्थिक वृद्घिदर अर्को वर्ष बढ्ने अनुमान गरिएको छ । तर, उक्त अनुमान यसअघि गरिएको प्रक्षेपणभन्दा न्यून हो । एडीबीले गत अप्रिलमा यो वर्ष ३ दशमलव १ प्रतिशत र २०२२ मा ५ दशमलव १ प्रतिशत आर्थिक वृद्घि प्राप्त हुने प्रक्षेपण गरेको थियो । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्घि प्राप्त गर्ने लक्ष्य राखेको छ । ‘हाल चलिरहेको खोप अभियानले ठूलो मात्रामा सहयोग पुर्‍याउनेछ किनकि राष्ट्रिय खोप योजना नेपालको आर्थिक सुधारका लागि महत्त्वपूर्ण रहेको छ,’ एडीबीका नेपाल निर्देशक अरनौड काउचोइसले भने, ‘कोभिडको जोखिम न्यून हुँदै जानु र रोकथामका कडा उपायहरूका कारण २०२१ मा क्रमिक आर्थिक सुधार बढाउन सक्छ ।’ प्रतिवेदनअनुसार यस वर्ष प्रशस्त वर्षात् भएसँगै धान रोपाइँ बढेकाले नेपालको कृषिक्षेत्रमा वृद्घि हुने सम्भावना छ । उद्योग उत्पादन बढ्ने अपेक्षा गरिएको छ, निर्यातको मात्रामा ठूलो वृद्घि र संक्रमण दर घटाउन राष्ट्रिय खोप अभियानको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ । स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन सरकारको वित्तीय नीति केन्द्रित रहेको, मौद्रिक नीतिमा पुनर्कर्जा सुविधा, प्राथमिकता परियोजनाहरू र प्रभावित व्यवसायहरूका लागि सहुलियत प्रदान गरिएकाले अर्थतन्त्रमा सुधार हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ । थोक तथा खुद्रा व्यापार, ढुवानी र वित्तीय सेवाहरूका साथसाथै देशव्यापी आर्थिक गतिविधिहरू बढेकाले आर्थिक वृद्घिमा सहयोग पुग्ने औंल्याइएको छ । ‘ट्रेकिङ रूट र आरोहण खुलेसँगै विदेशी पर्यटक आवागमन बढ्न सक्छ, जुन २०२० मा ८० प्रतिशतले घट्न पुगेको थियो । यद्यपि, होटल, रेस्टुराँ, यात्रा र पर्यटन कोभिड–१९ महामाारीको पूर्वअवस्थामा फर्कन केही समय लाग्नेछ,’ प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा २०२२ मा मूल्य वृद्घि ५ दशमलव २ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ, जुन २०२१ मा ३ दशमलव ६ प्रतिशत अनुमान गरिएको थियो । विश्वव्यापी तेलको उच्च मूल्य वृद्घि र आन्तरिक मागमा क्रमिक सुधारका कारण मूल्य वृद्घि बढ्न सक्ने अनुमान छ । कोरोना कालमै विप्रेषण आप्रवाहमा खासै प्रभाव नपरेको तथा विदेशी मुद्राको सञ्चितिमा दबाब सृजना हुने खतरा नभएको एडीबीले आप्mनो प्रतिवेदनमा उल्लेख गरेको छ । यस वर्ष चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । गएको वर्ष यस्तो घाटा ८ प्रतिशत थियो । एडीबीले सन् २०२१ मा एशियाको आर्थिक वृद्घिदर ७ दशमलव १ प्रतिशत कायम हुने अनुमान गरेको छ । यसअघि ७ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । २०२१ शुरू भएपछि फेरि कोरोना भाइरसको संक्रमण यो क्षेत्रमा बढेको भन्दै वृद्घिदर पहिलेको अनुमानको तुलनामा घटाइएको हो । २०२२ मा ५ दशमलव ४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । दक्षिण एशिया क्षेत्रको वृद्घिदर भने ८ दशमलव ८ प्रतिशतले हुने बैंकले अनुमान गरेको छ । यसअघि ९ दशमलव ५ प्रतिशतले वृद्घि हुने प्रक्षेपण गरिएको थियो । सन् २०२२ मा यो क्षेत्रमा ७ प्रतिशतको वृद्घिदर कायम हुने बैंकले प्रक्षेपण गरेको छ । दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भारतमा यो वर्ष १० प्रतिशत र अर्को वर्ष ७ दशमलव ५ प्रतिशत हुने अनुमान गरिएको छ ।

सम्बन्धित सामग्री

देशको आर्थिक सुधार पहिलो प्राथमिकता हाे : मन्त्री राई

खानेपानीमन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक अवस्था सुधार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले विकास निर्माणका कामलाई तीव्र गतिमा अगाडि बढाउन आर्थिक अवस्था सुधार हुनुपर्ने बताउनुभयो । “मैले धनकुटाका जनताको मेहनत, परिश्रम र सहयोगबाट चुनाव जितको हुँ । म सेवक …

आर्थिक क्षेत्रमा हिजो भन्दा सुधार हुनेछ : उपप्रधानमन्त्री महासेठ

२६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यसअघिको गठबन्धनमा प्रधानमन्त्रीले राम्रोसँग काम गर्न नपाएको संकेत गरे । ‘हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि […]

आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’ मा छ : राष्ट्रपति सी

बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक सुधार ‘अहिले पनि महत्त्वपूर्ण चरण’ मा रहेको बताएका छन् । चीनको सुस्त घरेलु गतिविधि र सम्पत्ति क्षेत्रको समस्याले महामारीपछिको स्थितिमा सुधार भइरहेको छ । विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले तेस्रो त्रैमासिकमा चार दशमलव नौ प्रतिशतले वृद्धि हासिल गरेको छ । यो बेइजिङको पाँच प्रशिततको लक्ष्यभन्दा […]

आर्थिक विकासका लागि संरचनात्मक सुधार आवश्यक : फुयाँल

२४ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले मुलुकको आर्थिक विकासका लागि संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् । राष्ट्रिय युवा परिषदले शनिबार काठमाडौंमा आयोजना गरेको युवा नीति बहस कार्यक्रममा बोल्दै डा. फुयाँलले कृषिको संरचनात्मक सुधार गरी आर्थिक विकासमा टेवा पुर्याउनु आवश्यक रहेको बताए । नेपालमा कृषिको प्रशस्त सम्भावना भए पनि उत्पादन […]

मुलुकको आर्थिक अवस्था सुधार हुने नीति ल्याउन सरकारलाई सत्तारुढ दलकाे सुझाव

काठमाडौँ– सत्तारुढ दलले मुलुकको आर्थिक अवस्था सुधार हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनीहरूले सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा मंगलबार बसेको सरकारलाई समर्थन गर्ने दलहरूको बैठकमा कृषि, पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था पनि सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज […]

नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ ।सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर भए पनि आईएमएफकै अप्रिल संस्करणको सोही नामको प्रतिवेदनको  तुलनामा  झिनो  सुधार  हो  ।  अप्रिलमा  आईएमएफले  नेपाल

‘बजेटले नीतिगत सुधारमा फड्को मार्न सके मात्र आर्थिक अवस्था सुधार गर्न सकिन्छ’

काठमाडौँ – पूर्वअर्थमन्त्री फोरमको बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकमा दिगो आर्थिक विकासका लक्ष्य प्राप्ति, दिगो लगानी प्रवद्र्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवद्र्धन, शिक्षा, पर्यटन, निर्यात प्रवद्र्धन, पुँजीगत खर्च वृद्धिलगायत आगामी बजेटमार्फत कसरी सम्बोधन गर्ने/गराउने भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। देशको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा नीतिगत तथा क्षेत्रगत […]

विपन्नको आर्थिक अवस्था सुधार गर्न ९० प्रतिशत अनुदानमा पाडा वितरण गरिने

काठमाडौँ – विपन्न वर्गको आर्थिक अवस्था सुधार गर्न बागमति प्रदेश सरकारले अघि सारेको पाडा वितरण कार्यक्रम कार्यान्वन हुने भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/९८ मा प्रदेशका १० वटा वडामा ९० प्रतिशत अनुमादनमा पाडा वितरण गर्ने उद्देश्य ५० लाख विनियोजन गरेको थियो। विपन्न वर्गका किसानलाई उत्पादन र रोजगारीसंग जोड्ने उद्देश्यका साथ उक्त क्षेत्रका किसानलाई […]

आर्थिक वृद्धिदरमा सुधार आउने

कोरोना कहरका बीच पनि आर्थिक वृद्धिदरमा सुधार आउने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिमा सुधार भएर ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धि अनुमान गरेको हो । गत आर्थिक वर्ष कोरोना कहरकै कारण १.९९ प्रतिशत श्रृणात्मक […]

आर्थिक वृद्धिदरमा सुधार आउने एडीबीको प्रक्षेपण

काठमाडौं, बैशाख १६ । कोभिड नियन्त्रण तथा रोकथाममा सरकारले चालेका कदमहरू प्रभावकारी भएको भन्दै एशियाली विकास बैंक (एडीबी)ंले गत आर्थिक वर्षमा भन्दा चालू वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ । ‘एशियाली विकास परिदृश्य’ बुधवार सार्वजनिक गर्दै एडीबीले गत आर्थिक वर्षमा १ दशमलव ९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालू वर्षमा सुधार भई […]