फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरसविरुद्धको खोप लगाउन अस्वीकार गर्ने व्यक्तिलाई जेलमा कोचिदिने चेतावनी दिएका छन् ।
देशमा कोरोनाका १३ लाखभन्दा बढी केस रहेको अनि २३ हजारजनाले ज्यान गुमाएको स्थिति रहँदा डुटेर्टेको चेतावनी आएको हो ।
‘तपाईं छनोट गर्नुस्–खोप लिने कि जेल जाने ?’ डुटेर्टेले सोमवार टीभीमा सम्बोधन गर्दै भने ।
राजधानी मनिलामा विभिन्न खोप केन्द्रमा एकदमै कम मानिस आएको खबर सार्वजनिक भएपछि डुटेर्टेको चेतावनी आएको हो ।
त्यसो त फिलिपिन्सका स्वास्थ्...