वर्षायाममा अघिपछिभन्दा रोगले बढी सताउँछ । चर्को गर्मीले पसिना आउने, डिहाइड्रेसनको समस्या, उकुसमुकुस, अल्छीपन, आलस्यताको समस्या धेरै देखिन्छ । वर्षायाममा रुखाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले बढी सताउँछ । त्यसैले यस मौसममा खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ । सकेसम्म ताजा खानेकुरा खानुपर्छ, बासी खानेकुराबाट टाढै रहेको उत्तम हुन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन, मिनरल्सयुक्त खानेकुरामा […]