बालबालिकाहरुका लागि मृत्युको घाट बन्दै टिकटकको 'ब्लाकआउट च्यालेन्ज'

टिकटकलाई 'ब्लाकआउट च्यालेन्ज' कन्टेन्ट प्रसारण गरेको भनेर मुद्दा लागेको छ । टिकटक र प्यारेन्ट कम्पनी बाइट डान्स विरुद्ध ब्लाकआउट च्यालेन्ज गर्न खोजेको एक जना १० वर्षीया बालिकाको मृत्युमा लापरवाही गरेको भनेर मुद्दा हालिएको हो । डिसेम्बर ७ मा पेन्सिलिभेनियाकी १० वर्षीया नाइला एन्डरर्सन आफ्नो सुत्ने कक्षमा बेहोस रुपमा फेला परेकी थिइन् । उनलाई तुरुन्तै अस्पताल लगिएता...

सम्बन्धित सामग्री

पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै

पर्वत- पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाह स्थल र गङ्गा स्थलका रूपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएका हुन् ।  पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको सङ्गम स्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका-६ मा रहेको जैमिनी घाट, गुल्मी र ...

पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै

पर्वत- पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाह स्थल र गङ्गा स्थलका रूपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएका हुन् ।  पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको सङ्गम स्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका-६ मा रहेको जैमिनी घाट, गुल्मी र ...

सदभाव र भ्रातृत्वको प्रतिक बन्दै छठ पर्व

भक्तपुर कमलपोखरीको किनारमा छठको पूजाका लागि घाट सजाउन व्यस्त हुनु हुन्थ्याे सिर्जनानगरकी सीता थापा । ढकियामा केरालगायत विभिन्न फलफूल, नरिवल, दूध, माल्पा र सेलरोटी सजाएर बसेका थापाले पारिवारिक सुख, शान्ति र समृद्धि एवं सन्तानको उज्जवल भविष्यको प्राथना गर्दै यस वर्ष छठको व्रत लिएको बताउनुभयो ।

भत्किए २६ पुल, क्षति रू. १ अर्बनजिक

काठमाडौं । यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल र बनिसकेका मोटरेबल पुलका साथै अन्यखाले पुलहरू पूर्ण तथा आंशिक रूपमा भत्किँदा क्षति अर्ब रुपैयाँनजिक पुगेको छ । वर्षात् तथा बाढीबाट क्षतिग्रस्त पुलहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनअनुसार आठओटा निर्माणाधीन मोटरेबल पुल भत्किएका छन् । निर्माण सम्पन्न भइसकेका आठओटा मेटरेबल पुल क्षति पुगेको छ । अन्य खाले पुलहरूमा तीनओटा काठेपुल, एउटा बेलिब्रिज, दुईओटा स्ल्याब कल्र्भट र चारओटा पुलको एप्रोच सडकमा क्षति भएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए । विस्तृत अध्ययन नगरी यकिन तथ्यांक नआए पनि प्रारम्भिक प्रतिवेदनअनुसार यी पुलहरू भत्किँदा रू. ८० करोडको क्षति भएको उनले बताए । त्रियुगा, महेश, लोदारी, कमला खोलाका पुलहरू निर्माण हुँदाहुँदै भत्किएका छन् । कर्णालीको कोठिया घाटा, सोती घाट, प्युठानको खेलाको पुलको एप्रोच (पहुँच) सडकमा क्षति पुगेको भए पनि मुख्य संरचनामा क्षति भएको छैन । मनाङमा बेलिब्रिज, अन्य स्थानका काठे पुलहरू पनि बाढीका कारण भत्किएका छन् । यो तथ्यांकमा गत चैत अन्तिम साता भत्किएको तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पुल पनि परेको छ । मुलुकका विभिन्न स्थानका सडकपुल खासगरी निर्माणाधीन र निर्माण सम्पन्न भएका पुलहरू चैतमा र वर्षायाममा भत्किएपछि निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार २० गते कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले साउन ७ गतेसम्ममा निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधीन पुलहरूमा भएको क्षतिको कारण विश्लेषण गरी सिफारिश पेश गर्ने कार्यादेश पाएको थियो । ‘अध्ययन टोली फिल्डमा गएर आएको छ, तर कठिनाइ के भयो भने, पुल भत्किएका खोला तथा नदीहरूमा पानीको सतह नघट्दासम्म विस्तृत अध्ययन असम्भव जस्तै देखियो,’ उनले भने, ‘अहिले पानीको सतह बढेको हुँदा किनाराबाट हेर्नेभन्दा बढी काम हुन सकेन ।’ उनले पूर्ण प्रतिवेदनका लागि भदौ १५ पछि मात्रै सम्भावना देखिएको बताए । अहिले यो समितिको म्याद थप गर्ने र पानीको सतह घटेपछि विस्तृत विवरणहरू संकलन नगर्दासम्म अन्तिम प्रतिवदेन नआउने उनको भनाइ छ । अहिले सचिवस्तरमा यसको म्याद थप गर्ने विषयमा छलफल भएको छ । प्रारम्भिक अध्ययनअनुसार पहिलो कारण अस्वाभाविक रूपमा असारमा बढी पानी पर्दा पुलहरूमा क्षति पुगेको उनको भनाइ छ । दोस्रोमा जलाधार क्षेत्रमा हुने क्रियाकलापहरूले पानीका साथसाथै माटो, ग्राभेल, रूखहरू बगेर आउँदा पनि त्यसको भार पुलले थेग्न नसकेको देखिन्छ । ‘जलाधर क्षेत्रमा सडक, सिँचाइ, कुलोजस्ता विकास निर्माणका कामहरू स्थानीय सरकारबाट हुने गरेका छन्,’ नेपालले भने, ‘जथाभावी ट्र्याक खोल्दा निस्केको माटो, ढुंगाहरू व्यवस्थित रूपमा नराख्दा बगेर खोलामै आउँदा खोलाको उचाइ बढ्दा पुलमा क्षति पुगेको हो ।’ साथसाथै केही पुलहरू धेरै पहिला बनेको हुँदा र अहिले वर्षात्को क्रम नै परिवर्तन हुँदा पनि यस्तो क्षति भएको छ । ‘अर्काे मुख्य कुरा हामीसँग वर्षा, माटोको अनुसन्धानजस्ता विषयमा परिपक्व तथ्यांक नै छैन,’ उनले भने, ‘हामीहरू सेकेन्डरी डाटाको भरमा पर्नुपर्छ, ती नमिल्न सक्छन् ।’ पुलहरू बनाउँदा ड्रिलिङ गरेर माटोको परीक्षण गर्दा केही कमजोरी हुन सक्ने भन्दै उनले परामर्शदाता तथा माटो परीक्षणको प्रतिवेदनको पनि डाटाबेस नभएको बताए । विभागमातहतबाट वार्षिक रूपमा साढे २ सयदेखि ३०० सम्म मोटरेबल पुलहरू निर्माण हुँदै आएका छन् । यसमध्ये केही पुलहरूमा समस्या आएको छ ।

कृत्रिम तालले हटायो दराई–बोटे समुदायको परनिर्भरता

वैशाख २०, चितवन । खैरहनीको कुमरोज मध्यवर्ती सामुदायिक वनले निर्माण गरेको कृत्रिम तालले त्यहांँका पिछडिएका दराई–बोटे समुदायमा खोला, नदीप्रतिको निर्भरता हटाएको छ । यसअघि उक्त समुदायले खोला नदीमा माछा मारेर जीवन यापन गर्दै आएपनि समुदायको सक्रियतामा ताल निर्माण भएपछि उनीहरूको दैनिकीमा समेत परिवर्तन आएको छ ।  वनले निर्माण गरिदिएको तालमा माछापालन गरेर आम्दानी हुन थालेपछि दराई–बोटे समुदायको नदीप्रतिको निर्भरता हटेको हो । कृत्रिम ताल निर्माण भएपछि ती समुदायले कृत्रिम तालमा माछापालन गरेर आम्दानी गर्न थालेका छन् । माछापालनबाट भएको आम्दानीले जीवन सहज बन्दै गएपछि यो समुदाय नजिकका नदी तथा खोलामा माछा मार्न जान छाडेको हो । कृत्रिम तालमा माछापालन सुरू गरेका दराई–बोटे समुदायको खोलामा माछा मार्ने पुख्र्यौली पेसा विस्थापित भएको छ । सामुदायिक वनले वनको सेवा क्षेत्रभित्र रहेका ४१ घरधुरीलाई लक्षित गरी २०७५ सालमा दराई बोटे ताल निर्माण गरेको थियो । ४ बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ । तालमा दराई–बोटे समुदायकै व्यवस्थापनमा माछापालन गरिएको छ । तालबाट वार्षिक करिब १२ लाख रूपैयाँ आम्दानी हुने गरेको छ । खर्च कटाएर बचेको पैसा ४१ घरधुरीलाई दामासाहीमा वितरण गर्ने गरिएको वनका कार्यसमिति सदस्य तथा ताल व्यवस्थापनका अगुवा दुःखीराम दराईले जानकारी दिए । ‘तालबाट एक वर्षमा तीनपटक माछा निकाल्न मिल्छ र एकपटकमा १५ क्विन्टलसम्म उत्पादन हुने गरेको छ,’ उनले भने, ‘अहिले हामी सन्तुष्ट अनि खुशी पनि छौं ।’  यहाँबाट आम्दानी हुन थालेपछि दराई–बोटे समुदायका मान्छेहरु खोलामा माछा मार्न जान छाडेको दराईले बताए । उनका अनुसार माछापालनमा मनग्य आम्दानी हुन थालेपछि तालको क्षमता विस्तार गर्दै जाने र उक्त समुदायलाई यसैमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ ।  माछापालनसँगै ताल पर्यटकका लागि लोभलाग्दो रहेको छ । जिन्दगानी घाट तथा कठारको सिमानानजिक रहेको सो ताल पर्यटक आकर्षणको केन्द्रको रूपमा समेत विकास भएको छ । जिप सफारीमार्फत तालमा पुगेका पर्यटकहरु त्यहाँका रमणीय दृश्य अवलोकन गरेर रमाउने गरेका छन् । तालमा डुङ्गा सयर गर्ने व्यवस्थासमेत गरिएको छ । जिप सफारीमार्फत यहाँ पुगेका पर्यटकलाई मनोरञ्जन प्रदान गर्न कफी सप र डुङ्गा सयरको व्यवस्था गरिएको छ । कफी सप र डुङ्गा सयरबाट भएको आम्दानी भने दराई–बोटे समुदायले पाउँदैनन् । कफी सप र डुङ्गा सयरबाट भएको आम्दानी सामुदायिक वनको हुने अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए । दराई–बोटे समुदायमा नदीप्रतिको निर्भरता हटाउन निर्माण गरिएको तालबाट आएको उनीहरुकै जीवनस्तर वृद्धिको लागि ताल निर्माण गरिएको हो ।  संरक्षण र पर्यटनलाई सँगसँगै अगाडि बढाएको सो सामुदायिक वनले पर्यापर्यटन सञ्चालनका लागि हात्ती सफारी, जिप सफारी र टावर रात्रिकालीन बसाइँ कार्यक्रम सञ्चालन गरेको छ । हात्ती सफारी, जिप सफारी र टावर रात्रिकालीन बसाइँबापत लिने शुल्क नै वनको मुख्य आम्दानीको स्रोत हो । सो सामुदायिक वनले पर्यापर्यटनबाट भएको आम्दानी संरक्षण, विकास निर्माण र उपभोक्ताको आयआर्जनमा खर्च गर्दै आएको छ । कुल आम्दानीको ६० प्रतिशत संरक्षण र ४० प्रतिशत सामुदायिक विकासमा खर्च गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । २०४८ सालबाट पर्यापर्यटन सुरू गरेको सो सामुदायिक वनले सोही वर्षदेखि हात्ती सफारी, २०५३ सालबाट टावर नाइट र २०७४ सालदेखि जिप सफारी सुरू गरेको हो । हाल सो वनमा १२ वटा हात्ती, ५६ वटा जिपले सफारी गराउँदै आएका छन् । २०४१ सालमा स्थापना भएको सो सामुदायिक वनको क्षेत्रफल ६९१ हेक्टर रहेको छ । वनका २ हजार १०९ घरधुरी उपभोक्ता रहेका छन् ।