विकासमा कोल्टे फेर्दै पश्चिम सुर्खेत, तातापानी–घाटगाउँ जोड्ने पुल निर्माण अन्तिम चरणमा

माघ २१, सुर्खेत । पश्चिम सुर्खेतले विकासमा फड्को मार्ने तयारी गरेको छ । सुदूरपञ्चिम प्रदेशको कैलाली र अछामसँग जीवन्त सम्बन्ध राखेको पश्चिम सुर्खेतलाई समृद्ध बनाउन नदी माथिका पुल जोड्ने कामले गति लिएसँगै विकासमा फड्को मार्ने निश्चित भएको हो ।  पश्चिम सुर्खेतको समृद्धिसँगै जोडिएको कर्णाली नदी माथिका घाटगाउँ–चिप्ले पुल, वरी कुइने र पारी कुइने जोड्ने पुल निर्माण कार्य धमाधम भइरहेको छ । ती पुलहरु चालू आर्थिक वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याउने तयारी भएको निर्माण पक्षको भनाइ छ ।  यस्तै तातापानी–घाटगाउँ जोड्ने भेरी नदी माथिको कोसेनीघाट पुल निर्माण समेत अन्तिम चरणमा रहेको छ । कुइने–विजौरा–गुटु–बेनीघाट हुँदै डोटी जोड्ने उद्देश्यले निर्माण शुरु गरिएको उक्त पुल विधिवत सञ्चालनको तयारीमा रहेको निर्माण पक्ष बताएको छ ।  कोरोना कहरले निर्माण सामाग्री अभावमा रोकिएको पुलको काम अहिले स्थिती सामान्य बन्दै गएपछि निर्माण कार्यले तीव्रता पाएको हो । हालसम्म करीब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पुल निर्माणको ठेक्का पाएको अनक–लुम्बिनी जेभीका प्रतिनिधि ईन्जिनियर दिनेशकुमार श्रेष्ठले बताए । उनले कुनै भवितव्य नआए अबको तीन महीनाभित्र पुल निर्माण कार्य सम्पन्न हुने बताए ।  ‘तोकिएको समय भन्दा ६ महीना पहिले नै पुल निर्माण सकेर सरकारलाई जिम्मा दिने लक्ष्य थियो,’ उनले भने, ‘तर बीचमै एक्कासी कोरोना कहरले निर्माण सामग्री र मजदूर अभावलगायतका कारणले काममा ढिलाई भएपनि अब अहिले स्थिती सामान्य बन्दै गएपछि पुल निर्माणले गति पाएको हो ।’ उनले पुल निर्माण अवधि २०७८ जेठ मसान्तसम्म रहेपनि कोराना महामारी लगायतले ढिलाई भएकाले केही समय पर सरेको बताए ।  उनका अनुसार पुल निर्माणका लागि अनक–लुम्बिनी जेभीले ४ वर्षभित्र पुल निर्माण गरिसक्ने गरि २०७४ मंसिरमा सडक विभाग, पुल महाशाखासँग भ्याट बाहेक ३४ करोड ४३ लाख रुपैयाँमा सम्झौता गरेको थियो । पुलको लम्बाई ३०३ मिटर र चौडाई ११ मिटर रहेको छ । रेलिङ, फुटफाथ र दुईतिर सडक पेटी बनाईएका छन् ।  ‘यो पुल निर्माणको कामलाई अहिले निकै महत्वका साथ हेरिएको छ । पुल निर्माणसँगै पश्चिम सुर्खेतका गाउँहरुसँगको ‘कनेक्टविटी’ बढ्ने छ,’ स्थानीय समाजसेवी काशीराम (जैसी) देवकोटाले भने, ‘पुल निर्माणले घाटगाउँ र कुईने बीच जीवन्त सम्पर्क मात्र होइन, वर्षाको भेलमा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता समेत अन्त्य हुने छ ।’ उनले पुल निर्माणबाट पञ्चपुरी नगरपालिका–११, को कौसेनी घाट र चौकुने गाउँपालिका–९, बेलगौडाको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।  ‘देशमा थुप्रै राजनीतिक परिवर्तन भइसक्यो । अब आर्थिक परिवर्तनको खाँचो छ, जसलाई पश्चिम सुर्खेतका जनताले पर्खेर बसेका छन्,’ उनले भने, ‘राजनीतिक अधिकार, पहिचान र लडाई निरन्तर चल्ने प्रक्रिया हो । त्यो सँगसँगै आर्थिक समृद्धि र विकास महत्वपूर्ण पाटा हुन् ।’ उनले पश्चिम सुर्खेतको समृद्धि र विकासका लागि जनअपेक्षा अनुरुप आफूले निरन्तर लडाई जारी राखेको जिकिर गरे ।  पञ्चपुरी नगरपालिका–१०, का टेकबहादुर राजीले पुल निर्माणबाट भेरी र कर्णाली नदी किनारका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताए । उनका अनुसार यो पुल निर्माणसँगै साविक तातापानी, घाटगाउँ, गुटु र विजौरा गाविसका बासिन्दालाई बैकल्पिक सडक मार्गका रुपमा विकास गरिनेछ । त्यस्तै कुइनेका स्थानीय प्रेम बडुवालले जामु र बेलगौडामा पक्की मोटेरेवल पुल बनेसँगै अब प्रस्तावित औद्योगिक नगरी गुटुसँगको आर्थिक तथा सामाजिक सम्बन्धलाई प्रगाढ बढाउन रागमा पक्की पुल बनाउन आवश्यक रहेको औल्याए । उनले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाकका लागि राग र जंगलाघाटमा पक्की पुल निर्माण अपरिहार्य रहेको बताए ।  उनका अनुसार चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक निर्माणले पहाडी जिल्लाका बासिन्दालाई निकै राहत पुग्नेछ । ‘पश्चिम सुर्खेतका बासिन्दा किनमेल गर्न कैलालीको चिसापानी लगायतका बजार पुग्नुपर्ने बाध्यता छ । उनीहरुलाई सदरमुकाम वीरेन्द्रनगरभन्दा कैलालीको चिसापानी भौगोलिक रुपमा नजिक पर्छ,’ तातापानीका स्थानीय धनबहादुर माझीले भने, ‘भेरी नदीमा पुल नभएकाले उनीहरुलाई ओहरदोहरमा निकै समस्या हुने गरेको छ ।  पुल बनेपछि उनीहरु सहजै कैलालीको चिसापानी लगायतका ठाउँमा पुग्न सक्ने छन् ।’ उनका अनुसार अहिले गुटुका बासिन्दा रागमा पुल नहुँदा घुमाउँरो जामुको पुल हुँदै ओहोरो–दोहोरो गरिरहेका छन् । यद्यपि कुइनेदेखि गुटुसम्मको कच्ची सडकमा साना सवारी साधन अहिले जेनतेन चल्ने गरेका छन् ।

सम्बन्धित सामग्री

आठ वर्षमा पनि सकिएन पुल निर्माण

म्याग्दी – मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको आठ वर्षसम्म पनि सम्पन्न भएको छैन। पुल निर्माण थालिएपछि तरकारी, आलु र किबीलगायत खेती गरेका कुञ्जो, ताउलुङ, टिटी, देउरालीका एक सय ५० भन्दा बढी घरधुरीका किसान खुसी भएका थिए। पुल बन्ने भनेर व्यावसायिक खेती थालेका यहाँका किसान अहिले […]

घारखोलामा पुल निर्माण

म्याग्दी, १७ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिए । “मोटरेबल […]

बागमतीमा ९५ पुल निर्माण

काठमाडौँ- बागमती सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निर्माण गरेको छ । यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन् । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन् । विसं २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो । विगत ६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट […]

पर्वतमा १४ झोलुङ्गे पुल निर्माण

नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/७९ मा १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन् ।झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ । पुलको व्यवस्थाले वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्था अन्त्य भएको छ । पर्वतका चार पालिकामध्ये कुश्मा नगरपालिकाभित्र– तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक  र पैँयू गाउँपालिकामा छवटा

३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

संखुवासभा : चालू आर्थिक वर्षमा सङ्खुवासभामा ३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।पूर्वाधार विकास कार्यालय संखुवासभाले यो आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। संखुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हाे।बेन्देकसुवा खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय संखुवासभाका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए। झोलुङ्गे पुल निर्माण भएपछि मकालु –६ कै दुई गाउँ जो

भारतले महाकालीमा  पुल निर्माण गर्ने

भारत सरकारले सुदूरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रवक्ता एवं सूचना तथा...

भारतले महाकालीमा पुल निर्माण गर्ने

भारत सरकारले सुदुरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रबक्ता एवं सूचना...

रघुगंगा नदीमा पक्की पुल निर्माण

म्याग्दी- बेनी–जोमसोम सडक अन्तरगतम्याग्दीको गलेश्वरस्थित राघुगंगा नदीमाथि पक्की पुल निर्माण गरिएको छ । कालिगण्डकी करिडोर सडक आयोजनाले बेनीनगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सीमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण गरेको हो । ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिकोे पुल निर्माण भएपछि सवारीसाधन सञ्चालन गरिएको छ । पुल निर्माण भए […]

दैनिक दुईवटा झोलुङ्गे पुल निर्माण

देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका हुन् ।सरकारले चालू आर्थिक वर्षमा ७३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । हालसम्म देशभर नौ हजार २०० झोलु्ङ्गे पुल निर्माण भइसकेका छन् । मागअनुसार अझै करिब पाँचदेखि छ हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।निर्माण सम्पन्न

६२१ वटा झोलुङ्गे पुल निर्माण

काठमाडौं, भदौ १ । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ । गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो । लामो तथा छोटो गरी ६२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्ष […]