सुनसरीको गढी गाउँपालिका ६ सतैरझोराकी २१ वर्षीया कालिका उराँवलाई गर्भ रहेको थाहा नै भएन । उहाँ गर्भवती भएको डेढ महिनापछि मात्रै थाहा पाएर वैशाख महिनाको पहिलो साता चेक गर्न गाउँमै रहेको प्राथमिक स्वास्थ्य केन्द्र सतैरझोरा पुग्नुभयो ।
जेठ ३० गते आइतबार पुनः प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्दा उहाँलाई आईरन चक्की आवश्यक रहे पनि एक महिनादेखि आईरन चक्की अभाव रहेपछि रित्तो हात फर्कनुभयो ।
त्यसैगरी, सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराकी कमलदेखी उराँव पनि भर्गवती भएको ६ महिना पुगेको छ । उहाँ पनि गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आईरन चक्की लिन पुग्नुभयो । उहाँ पनि चक्की अभाव भएको र बन्दाबन्दीको बेला भएकाले किनेर चक्की खान बाध्य हुनुभयो ।