कोरोनालाई खेलाँची नठान्नू भन्दै भिडियो रेकर्ड गरेको केही समयपछि बितिन् गर्भवती महिला

भारतको नयाँ दिल्लीमा एक गर्भवती महिला कोरोनालाई खेलाँची नठान्नू भन्दै भिडियो रेकर्ड गरेको केही समयपछि बितेकी छन् ।  कोभिड–१९ बल्झिएपछि अप्रिल २६ मा उनको मृत्यु भएको हो ।  नयाँ दिल्लीमा बस्ने दन्तचिकित्सक डिम्पल अरोरा चावलालाई अप्रिल महिनामा कोरोना लागेको थियो ।  बिरामी भएको ६ दिनपछि उनमा रोगको लक्षण बल्झिँदै गयो । त्यसपछि उनले मोबाइल फोनमा भिडियो रेकर्ड गर्दै परिवार र साथीभाइलाई कोरोनाबाट सचेत रहन आग्रह गरिन् ।  ‘तपाईं र तपाईंका प्रियजनको सुरक्षाका लागि कृपया मास्क लगाउनुस्,...