महोत्तरी, १२ साउन: साउने झरीबीच महोत्तरीका उत्तरवर्ती तीन स्थानीयतहमा हरित अभियान प्रारम्भ भएको छ । जिल्लाका गौशाला, भङ्गहा र बर्दिबास नगरपालिका क्षेत्रमा तीन महिनाभित्र तीन लाख बिरुवा रोपिने लक्ष्यसहित हरित अभियान थालिएको हो । तीनवटै स्थानीय तहका नदीउकास, पर्ति र अन्य सार्वजनिक जग्गा छनौट गर्दै रोपणको काम थालिएको हो । पहिलोचरणमा एक हजार २०० बिघा […]