जलेश्वरमा ‘हरित अभियान’

महोत्तरी, १२ साउन ।  जलेश्वर नगरपालिकाले ‘हरित अभियान’अन्तर्गत एक लाख २५ हजार नयाँ बिरुवा रोप्ने भएको छ । चालू आवको साउन महिनाभित्रै उक्त सङ्ख्यामा वृक्षरोपण गरिने नगरप्रमुख सुरेश साह सोनारले जानकारी दिए । “हामी नगरको धार्मिक पहिचानमा अब हरित नगरी पनि थप्दै छौँ,  साउनभित्रै नयाँ बिरुवा रोपिने लक्ष्यसाथ धमाधम वृक्षरोपण जारी छ”, उनले भने । […]