ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व, बढी भाडा असुल्ने सवारीमाथि कारवाही तीव्र

साउन ६, वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/ ७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।  गत आवमा सवारी नियम उललंघन गर्नेलाई कारवाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।  भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।  चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढी सर्वसाधारणको सहभागिता रहेको पनि जैसवारले बताए ।  ट्राफिक प्रहरीले गत आवमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारी साधन पक्राउ गरेर कारवाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । ७८ ओटा मोटरसाइकल, २४ ओटा जीपकार, ३ ओटा डीजे रथ र एउटा टयाक्टर समातिएको श्रेष्ठले बताए ।  कारवाहीका लागि पठाइएका यस्ता सवारी साधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको ट्राफिक प्रहरीले बताएको छ ।  ३ हजार ९८३ ओटा सवारी दुर्घटना : गत वर्ष प्रदेश २ का ८ ओटा जिल्लामा ३ हजार ९८३ ओटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५२३ जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । ५ हजार ८११ ओटा सवारी साधन ती दुर्घटनामा परेका छन् ।  बढी भाडा असुल्नेलाई कारवाही : चालु आव २०७८/ ७९ को शुरूआतसँगै यात्रुसित बढी भाडा असुल्ने सवारी साधनमाथि कारवाही तीव्र पारेको छ । कोरोना महामारीका कारण सवारीका साधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएकोभन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ ।  प्रदेश ट्राफिकले यही साउनको २ र ४ गते गरेको चेकजाँचका क्रममा ३० ओटा सवारी साधनले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको भेटिएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । सवारी सञ्चालकले लिएको बढी भाडा यात्रुलाई फिर्ता गराइएको पनि उनले बताए । बढी भाडा असुल्ने सवारी साधनलाई जरीवाना तिराएर छोडिएको ट्राफिक प्रहरीले बताएको छ । सरकारले हालै भाडा समायोजनमार्फत अन्तरप्रदेश सवारी भाडादर २८ प्रतिशत र ढुवानीमा २६ प्रतिशतसम्म भाडा बढाएको छ । 

सम्बन्धित सामग्री

यात्रुसँग बढी भाडा असुल्ने १५४ सवारीसाधनलाई कारबाही

वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीसाधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले साउन महीनामा ती सवारीसाधनलाई कारबाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले फिर्ता गराएको छ । १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । ट्राफिकले ती सवारीसाधनबाट २ लाख ३४ हजार ५ सय रुपैयाँ जरीवाना पनि असुल गरेको छ । यसैगरी मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४८ जनालाई कारबाही गरेर ४८ हजार रुपैयाँ जरीवाना तिराएको छ । तीव्रगतिमा सवारी चलाउने १९४ जना चालक कारबाहीमा परेका छन् । सो अवधिमा क्षमताभन्दा बढी भार बोकेका १५ ओटा ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको ट्राफिकले बताएको छ । ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ३२९ ओटा सवारीसाधन कारबाहीमा परेका छन् । यो कारबाहीबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको जैसवारले जानकारी दिए । बितेको १ महीनामा प्रदेश २ मा ५६२ ओटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा १८१ जना घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । प्रहरीका अनुसार सो अवधिमा गरिएका ८२ ओटा चेतनामूलक कार्यक्रममा १५ हजार २०१ जना सहभागी भएका थिए ।

यात्रुसित बढी भाडा असुल्ने १५४ ओटा सवारी साधनलाई कारवाही

भदौ १, वीरगञ्ज  । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुहरुसित तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीका साधनलाई कारवाही गरेको छ ।  ट्राफिक प्रहरीले बितेको साउन महीनामा ती सवारी साधनलाई कारवाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले यात्रुलाई फिर्ता गराएको छ । १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।  यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । ट्राफिकले ती सवारी साधनबाट २ लाख ३४ हजार ५०० रुपैयाँ जरीवाना पनि असुल गरेको उल्लेख गरेको छ ।  ट्राफिक प्रहरीले गत एक महीनामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ४८ जनालाई जरीवाना गरेको छ । उनीहरूबाट ४८ हजार रुपैयाँ जरीवाना उठेको पनि ट्राफिकले बताएको छ ।  तीव्रगतिमा सवारी चलाउने १९४ जना चालक कारवाहीमा परेका छन् । सो अवधिमा क्षमताभन्दा बढी भार बोकेका १५ ओटा ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको पनि ट्राफिकले बताएको  छ ।  ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ३२९ ओटा सवारीका साधन कारवाहीमा परेका छन् । यो कारवाहीबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको जैसवारले जानकारी दिए ।  बितेको १ महीनामाा प्रदेश २ मा ५६२ ओटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा १८१ जना घाइते भएको ट्राफिक पहरीले बताएको छ । ८२ ओटा चेतनामूलक कार्यक्रममा १५ हजार २०१ जना सहभागी भएको पनि  ट्राफिक प्रहरीले बताएको छ ।

निषेधाज्ञा शुरु भएपछि उपत्यकाबाट बढी भाडा असुल्ने ३३ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएपछि बढी भाडा असुल्ने सार्वजनिक सवारीका धनी र टिकट काउन्टरका ३३ जना कर्मचारीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपछि गाउँ फर्किन चाहने यात्रुसँग गौशाला, कोटेश्वर, नयाँ बसपार्क र कलंकीस्थित टिकट काउन्टरका कर्मचारीले सरकारले तोकेभन्दा धेरै मूल्य लिएर यात्रु लैजाने गरेका थिए ।ट्राफिक प्रहरी महाशाखाले सादा पोसाकमा प्रहरी परिचालन गरेर भाडा रकमबारे अनुसन्धान गरेको महा

गौशाला र कोटेश्वरको काउन्टरबाट बढी भाडा असुल्ने ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट ट्राफिक प्रहरीले सार्वजनिक सवारीका यात्रुसँग बढी भाडा असुल्ने ३ जनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशालास्थित यातायात काउण्टरबाट पक्राउ पर्नेमा दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेल छन् ।उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका छाड्न खोज्ने यात्रुसँग उनीहरुले चर्को भाडा असुल्ने गरेको ट्राफिक महाशाखाका एसएसपी जनक भट्ट