यात्रुसित बढी भाडा असुल्ने १५४ ओटा सवारी साधनलाई कारवाही

भदौ १, वीरगञ्ज  । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुहरुसित तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीका साधनलाई कारवाही गरेको छ ।  ट्राफिक प्रहरीले बितेको साउन महीनामा ती सवारी साधनलाई कारवाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले यात्रुलाई फिर्ता गराएको छ । १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।  यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । ट्राफिकले ती सवारी साधनबाट २ लाख ३४ हजार ५०० रुपैयाँ जरीवाना पनि असुल गरेको उल्लेख गरेको छ ।  ट्राफिक प्रहरीले गत एक महीनामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ४८ जनालाई जरीवाना गरेको छ । उनीहरूबाट ४८ हजार रुपैयाँ जरीवाना उठेको पनि ट्राफिकले बताएको छ ।  तीव्रगतिमा सवारी चलाउने १९४ जना चालक कारवाहीमा परेका छन् । सो अवधिमा क्षमताभन्दा बढी भार बोकेका १५ ओटा ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको पनि ट्राफिकले बताएको  छ ।  ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ३२९ ओटा सवारीका साधन कारवाहीमा परेका छन् । यो कारवाहीबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको जैसवारले जानकारी दिए ।  बितेको १ महीनामाा प्रदेश २ मा ५६२ ओटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा १८१ जना घाइते भएको ट्राफिक पहरीले बताएको छ । ८२ ओटा चेतनामूलक कार्यक्रममा १५ हजार २०१ जना सहभागी भएको पनि  ट्राफिक प्रहरीले बताएको छ । 

सम्बन्धित सामग्री

यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

तनहुँ – जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ। चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधन रोकेर कारबाही गरेको हो। दमौलीको भोर्लेटारचोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला […]

यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारी साधनलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारी साधनलाई रोकेर कारबाही गरेको हो । दमौलीको भोर्लेटार चोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव बिष्टले जानकारी दिए ।पोखराबाट विभिन्न स्थान

बढी भाडा असुल्ने ५ वटा सुमो नियन्त्रण

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने ५ वटा सुमो नियन्त्रणमा लिएको छ । गत असोज ३० र ३१ गते हेटौँडाबाट गन्तव्यतर्फ जान हिँडेका यात्रीसँग तोकिएभन्दा बढी भाडा असुल्ने ५ वटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जनाएका छन् […]

बढी भाडा असुल्ने ५ वटा सुमो प्रहरीको नियन्त्रणमा

चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने ५ वटा सार्वजनिक सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । गत असोज ३० र ३१ गते हेटौंडाबाट गन्तव्यतर्फ जान हिँडेका यात्रीसँग तोकिएभन्दा बढी भाडा असुल्ने ५ वटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।प्रहरी निरीक्षक दासका अनुसार यात्रीहरुको गुनासो र चेकजाँचका क्रममा मकवानपुर भएर चल्ने ना१ज १७५२, ना१ज ७४४०, ना१ज २०८८, ना१

बढी भाडा असुल्ने दुई एम्बुलेन्स चालक पक्राउ

पर्सा, २ जेठ । बढी भाडा असुली गरी कालाबजारी गर्ने २ जना एम्बुलेन्स चालकाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका(१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय […]

निषेधाज्ञा शुरु भएपछि उपत्यकाबाट बढी भाडा असुल्ने ३३ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएपछि बढी भाडा असुल्ने सार्वजनिक सवारीका धनी र टिकट काउन्टरका ३३ जना कर्मचारीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपछि गाउँ फर्किन चाहने यात्रुसँग गौशाला, कोटेश्वर, नयाँ बसपार्क र कलंकीस्थित टिकट काउन्टरका कर्मचारीले सरकारले तोकेभन्दा धेरै मूल्य लिएर यात्रु लैजाने गरेका थिए ।ट्राफिक प्रहरी महाशाखाले सादा पोसाकमा प्रहरी परिचालन गरेर भाडा रकमबारे अनुसन्धान गरेको महा

गौशाला र कोटेश्वरको काउन्टरबाट बढी भाडा असुल्ने ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट ट्राफिक प्रहरीले सार्वजनिक सवारीका यात्रुसँग बढी भाडा असुल्ने ३ जनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशालास्थित यातायात काउण्टरबाट पक्राउ पर्नेमा दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेल छन् ।उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका छाड्न खोज्ने यात्रुसँग उनीहरुले चर्को भाडा असुल्ने गरेको ट्राफिक महाशाखाका एसएसपी जनक भट्ट

बढी भाडा असुल्ने फेरि समातिए

प्रहरीले यात्रुसँग बढी भाडा लिने थप दुई जनालाई आज कलंकी चोकबाट पक्राउ गरेको छ । कलंकी चोकबाट काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अबस्थामा महानगरीय प्रहरी महाशाखाले नियन्त्रणमा लिएको हो । काठमाडौंबाट मोरङ्गको नियमित भाडा एक हजार देखि बाह्रसयसम्म भएपनि यात्रुसँग दुई गुणा बढि जनही रु २५०० का दरले भाडा उठाउने खोटाङ्ग गरभइ कलंकी बस्ने बर्ष ३५ को भीम बहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० वर्षीय बैजनाथ चौधरीलाई आज महाशाखाको सादा पोशाकको टोलीले पक्राउ गरेको हो ।उपत्यका

संकटमा बढी भाडा असुल्ने ३ जना राजधानीबाट पक्राउ

यात्रुसँग बढी भाडा लिने तीन जनालाई प्रहरीले बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा उठाउँदै  बढी भाडा असुल्ने तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पोखरा माइक्रो र बुटवल भैरहवा काउण्टरका कर्मचारी रहेका छन् । काठमाण्डौं देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा तीनजनालाई पक्राउ गरिएको महाशा