यात्रुसँग बढी भाडा असुल्ने १५४ सवारीसाधनलाई कारबाही

वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीसाधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले साउन महीनामा ती सवारीसाधनलाई कारबाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले फिर्ता गराएको छ । १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । ट्राफिकले ती सवारीसाधनबाट २ लाख ३४ हजार ५ सय रुपैयाँ जरीवाना पनि असुल गरेको छ । यसैगरी मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४८ जनालाई कारबाही गरेर ४८ हजार रुपैयाँ जरीवाना तिराएको छ । तीव्रगतिमा सवारी चलाउने १९४ जना चालक कारबाहीमा परेका छन् । सो अवधिमा क्षमताभन्दा बढी भार बोकेका १५ ओटा ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको ट्राफिकले बताएको छ । ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ३२९ ओटा सवारीसाधन कारबाहीमा परेका छन् । यो कारबाहीबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको जैसवारले जानकारी दिए । बितेको १ महीनामा प्रदेश २ मा ५६२ ओटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा १८१ जना घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । प्रहरीका अनुसार सो अवधिमा गरिएका ८२ ओटा चेतनामूलक कार्यक्रममा १५ हजार २०१ जना सहभागी भएका थिए ।

सम्बन्धित सामग्री

बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा

तोकिएकोभन्दा बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले भैरहवाको विभिन्न स्थानमा स्थलगत अनुगमन गरी उनीहरुमाथि कारबाही गरेको हो ।

बढी भाडा असुल्ने सवारी साधनविरुद्ध कहाँ दिने उजुरी? (भिडियो)

काठमाडौँ- तपाईंहरु कहिलेकाहिँ सवारीसाधन चढ्दा भाडा बढी तिर्नु परेर ठगिनु भएको छ? अनि यसरी ठगिनुभएपछि कहाँ र कसलाई सम्पर्क राख्ने भन्नेबारे जानकार हुनुहुन्छ? सवारीसाधनले तोकिएकोभन्दा बढी भाडा लिएमा कारबाही हुने कानुनी व्यवस्था छ। भाडामा ठगिने गरेको भन्दै यातायात व्यवस्था विभागमा पनि थुप्रै गुनासोहरु आउने गरेको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउँछन्। विभागले अन्तरप्रदेश चल्ने […]

यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधान कारबाहीमा

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ ।

यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

तनहुँ – जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ। चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधन रोकेर कारबाही गरेको हो। दमौलीको भोर्लेटारचोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला […]

यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारी साधनलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारी साधनलाई रोकेर कारबाही गरेको हो । दमौलीको भोर्लेटार चोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव बिष्टले जानकारी दिए ।पोखराबाट विभिन्न स्थान

जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

मार्तडी, २६ कात्तिक: बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । त्यहाँका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला […]

बढी भाडा असुल्ने ५ वटा सुमो नियन्त्रण

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने ५ वटा सुमो नियन्त्रणमा लिएको छ । गत असोज ३० र ३१ गते हेटौँडाबाट गन्तव्यतर्फ जान हिँडेका यात्रीसँग तोकिएभन्दा बढी भाडा असुल्ने ५ वटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जनाएका छन् […]

झापामा बढी भाडा असुल्ने सवारीलाई कारबाही

लामो दुरीका सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र यातायात ब्यवस्था कार्यालय मेचीको संयुक्त टोलीले मनपरी भाडा असुल्ने सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । अन्तर प्रदेश चल्ने सवारी साधनले तोकिएको दर भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सवारी जाच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख एवम प्रहरी निरीक्षक निषेश चापागाईँले बताए । सोमबार प्रहरीले झापाको लक्ष्मीपुर सडक खण्डमा साना ठुला गरि ३० वटा सवारी चेकजाच

बढी भाडा असुल्ने ७७ वटा सार्वजनिक यातायात कारबाहीमा

काठमाडौं।ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ वटा सवारी साधनलाई कारबाही गरेको छ।यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो।साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौं उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि कारबाही गरिएको हो।