कोभिड–१९ विरुद्ध लड्न नेपाललाई अष्ट्रेलियाद्वारा ६३ करोड सहयोग

काठमाडौं। कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न अष्ट्रेलियाले नेपाललाई ६३ करोड ४८ लाख सहयोग गर्ने भएको छ।नेपालस्थित अष्ट्रेलियाको दुतावासले आज एक प्रेश विज्ञप्ती निकाल्दै कोरोनाविरुद्ध लड्न उक्त रकम सहयोग गर्ने र यसलाई अझ बढाउदै लैजाने बताएको हो।अष्ट्रेलियाले यस रकम दक्षिण एसियामा बङ्लादेश, नेपाल र श्रीलंकाका लागि छुट्याइएको १७.५ मिलियन डलरको ‘अष्ट्रेलिया एड’को एक हिस्सा रहेको उल्लेख गरेको छ।

सम्बन्धित सामग्री