पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ । सिलिंगेमा बनाइने भनिएको सम्मेलन केन्द्रको ठाउँ खोजी र प्रारम्भिक प्रक्रिया सुरु भए पनि प्रगति राम्रो भएको छैन ।प्रदेश र संघ सरकारले पनि निकै चासोका साथ उक्त योजना निर्माणमा जुटेको छ । पोखरामा ठूलो संख्या अट्ने सम्मेलन केन्द्र छैन । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनुअघि २ हजार क्षमताको अर्को केन्द्र निर्माण गर्न लागिएको छ ।हालको प्रदर्शनी केन्द्रमा २ हजार क्षमताको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया