काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा सपथ खाएर पदभार ग्रहण गरे लगत्तै सवैभन्दा ठूलो सम्मेलन केन्द्र गोदावरी सनराइजको उटघाटन गरेका छन्। ललितपुरको गोदावरी नगरपालिका-३ मा निर्माण भएको गोदावरी सनराइज सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले भर्चुअल माध्यामबाट उद्घाटन गरेका हुन । आज उदघाटन भएको सम्मेलन केन्द्र ३ हजार क्षमताको रहेको छ।