संसदमा एमालेको नारा : सभामुख मूर्दावाद !

नेकपा एमालेका सांसदहरुले  प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका छन् । बुधबारको बैठक सुरु भएलगत्तै नाराबाजीमा उत्रेका एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन । सभामुख अग्नि सापकोटा मुर्दावाद, संसदको सर्वोच्चता कायम गर’ जस्ता नारा लगाएका थिए ।सभामुख सापकोटाले नियम २१ को खण्ड ‘ख’ र ‘ग’ अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । त्यति गर्दा पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक सुरु, एमालेको नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपात पूर्ण व्यवहार मुर्दावाद’लगायत नारा लगाएका छन् ।

युवा संघद्वारा मूल्यवृद्धिलगायतको विरोध गर्दै प्रदर्शन (तस्बिरहरु)

एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि, भ्रष्टाचारलगायतको विरोधमा प्रदर्शन गरेको छ । सो क्रममा उनीहरुले सभामुख र मन्त्रीको समेत आलचेना गरेका थिए । राजधानीको नयाँ बानेश्वरमा भेला भएका युवा संघका नेता कार्यकर्ताले विभिन्न नारा अंकित ब्यानरसहित प्रदर्शन गरेका थिए ।

एमाले कार्यकर्ताले लगाए एमसीसी खारेजको नारा

काभ्रेको धुलिखेलमा सभामुख अग्निप्रसाद सापकोटालाई कालोझण्डा देखाउने क्रममा एमाले कार्यकर्ताले एमसीसी खारेजको पनि नारा लगाएका हुन् ।

संसदको ताण्डव : प्रतिपक्षी दल चुक्यो कि सभामुख ?

शुक्रबार संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रतिपक्षी अवतार देखियो । ‘संसदीय मर्यादा कायम गर’ भन्ने नारा लगाउँदै एमालेका केही सांसद मर्यादापालकको काँधमाथि चढे भने केही रोस्ट्रममा चढ्न खोजे । बुधबारकै बैठकमा नाराबाजी गरेको प्रतिपक्षी दलले शुक्रबार त संसदभित्र मर्यादाभन्दा बाहिर गएर प्रदर्शन ग¥यो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षीको नाराबाजीकाबीच संसदको कारबाही अगाडि बढाएपछि एमाले […]

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेट रोकेर दोश्रो बैठक बोलाएको सुरुमै उनीहरुले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै मुर्दावादको नारा लगाइरहेका छन् ।  पहिलो बैठकमा एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका थिए । सभामुख सापकोटाले एमालेलाई संसदीय अभ्यासको लामो अभ्यास रहेको बताउदै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

एमाले सांसदको नारामा सभामुख सापकोटाले भने– तपाईंहरूको कुरा ठीक लागेको छ !

प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने क्रममा एमाले सांसदले ‘वाक स्वतन्त्रता कायम गर’ भनेर लगाएको नारामा सभामुख अग्नि सापकोटाले समर्थन जनाएका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने क्रममा एमाले सांसदले वाक स्वतन्त्रताको पनि नारा लगाएका थिए ।  ‘माननीयहरूले वाक स्वतन्त्रताको कुरा गर्नुभएको छ, ठीक लागेको छ । अरू सदस्यलाई बोल्ने अवसर दिनुपर्‍यो । अरू सदस्यले देशका जल्दाबल्दा समस्याको विषयमा सम्बोधन गर्न खोज्नुुभएको छ,’ सापकोटाले भने, ‘सीमासम्बन्धी समस्या छन् । छलफल गरेर आफ्...

सभामुख र संसदप्रति प्रतिपक्षको अविश्वास

खिलनाथ ताजपुरीया काठमाडौं, भदौ २४ । संसदभित्रै सभामुख अग्निप्रसाद सापकोटा मुर्दावादको नारा घन्काएको प्रमुख विपक्षी दल नेकपा एमाले अझै संसद अवरोध जारी राख्ने रणनीतिमा छ । बुधबार संसद बैठकमा हंगामा मच्चाएको एमाले शुक्रबार बस्ने संसद बैठकमा पनि त्यही रुपमा उत्रने सम्भावना देखिन्छ । संघीय संसदको संयुक्त अधिवेशन प्रारम्भ हुनसाथ प्रमुख प्रतिपक्ष एमालेले सभामुख अग्निप्रसाद सापकोटाको […]