चलचित्र होस्टलमा उनले रिस्ता बस्नेत तथा प्रकृति श्रेष्ठसँग अभिनय गरेका थिए । जेरीमा उनलाई आना शर्माले साथ दिइन् । ड्रिम्समा साम्राज्ञी राज्य लक्ष्मी शाह अनमोलको जोडी थिइन् भने गाजलुमा सृष्टि श्रेष्ठ अनि कृमा अदिति बुढाथोकीसँग अनमोलले जोडी बाँधे । प्रदर्शनको तयारीमा रहेको चलचित्र क्याप्टेनमा उनलाई नयाँ अनुहार उपासना सिंह ठकुरीले साथ दिएकी छिन् ।