टिकट र राष्ट्रियसभा सदस्य दुबै गुमेपछि खिमलाल : जोसुकै भएपनि एमालेले जित्नुपर्छ

राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर रुपन्देही क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका खिमलाल भट्टराईको उम्मेदवारी कायम हुन सकेन । एमालेका अर्का उम्मेदवार बासुदेव घिमिरेलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि भट्टराईले जसले टिकट पाएपछि एमालेले जित्नुपर्ने प्रतिक्रिया दिए । रातोपाटीको जिज्ञासामा भट्राईले भने, ‘कसले आधिकारिकता दियो र पायो मलाई जानकारी छैन, जोसुकै भएपनि एमालेका उम्मेदवारले देशभरि जित्नुपर्छ ।’  एमालेले जित्नुपर्ने बाहेक अरु कुनै प्रतिक्रिया आफूसँग नभएको उनको भनाइ

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य दाहालको सपथ ग्रहण मंगलबार

राष्ट्रियसभा सदस्यमा मनोनित नारायणप्रसाद दाहालको सपथ ग्रहण मंगलबार हुने भएको छ । संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे सपथ ग्रहण हुने भएको हो ।  दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई मनोनयन गरेकी थिइन् ।  बिडारीसहित २० जना राष्ट्रिय सभा सदस्यको १२ म

राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा, प्रचार प्रशार बन्द

काठमाडाैं ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।  “केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति […] The post राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा, प्रचार प्रशार बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम

काठमाडौंः यहि माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने कार्यक्रम रहेको छ । १९ जना राष्ट्रिय सभा सदस्यको लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं : आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ।प्रदेश नं। १ को लागि न्यायाधीश भरत लम्साल प्रदेश नं। २ को लागि ब्रजेश प्याकुरेल, बागमती प्रदेशकोलागि डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशको लागि श्रीकृष्ण भटृराई, , लुम्बिनी प्रदेशको लागि रीतेन्द्र थापा, कर्णाली प्रदेशकोलागि राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशको लागि जयानन्द पनेरुलाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोगजनका लाग

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १० दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ । आयोगले माघ १२ गते तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि १० पुससम्म राजनीतिक दललाई आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको हो । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ । रिक्त […]

प्रधानन्यायाधीश र केपी ओलीबीच सेटिङ छ: रामनारायण बिडारी, राष्ट्रियसभा सदस्य

राष्ट्रियसभा सदस्य रामनारायण बिडारी वरिष्ठ अधिवक्तासमेत हुन् । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने बिडारी अहिले न्यायालयमा देखिएको समस्या समाधानका लागि दलहरू अग्रसर हुनुपर्ने धारणा राख्दै आएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने आधार र कारण रहेको उनी बताउँदै आएका छन् । तर, उनकै पार्टी माओवादीले न्यायालयको विवाद आन्तरिक भन्दै कुनै हस्तक्षेप नगर्ने र […] The post प्रधानन्यायाधीश र केपी ओलीबीच सेटिङ छ: रामनारायण बिडारी, राष्ट्रियसभा सदस्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरौंः गौतम

काठमाडौं। नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन्। आइतबार राष्ट्रियसभाको बैठकमा गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभा बिचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताए। उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट राष्ट्रियसभामा पेश गर्नुपर्नेे माग पनि पनि गरे।

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा थापालाई नियुक्त गरिएको आयोगका प्रवक्ता राजकुमार […]

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ १७ गते

काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगले जनाएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि […]

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ १७ गते

२२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा […]