परिसंघमा ७ जना उपाध्यक्ष चयन

नेपाल उद्योग परिसंघको विधान अनुसार ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिलले उनीहरुलाई उपाध्यक्ष चयन गरेको हो । परिसंघको १८औं साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका हुन् । परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उनीहरु उपाध्यक्ष चयन भएका […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, यी हुन् २१ पदाधिकारी

काठमाडौं।नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ।शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो।माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ। माओवादीले गत पुसमै महाधिवेशन गरे पनि पदाधिकारी चयन गर्न सकेको थिएन।

एमाले महाधिवेशन: लुम्बिनीले कति पायो ‘स्पेस’ ?

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीकै नेतृत्वमा पदाधिकारी र नयाँ केन्द्रीय कमिटी चयन भएको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचनमा जानुपर्ने अवस्था आयो ।  लुम्बिनी प्रदेशलाई एमालेले ‘गढ’ (आधार इलाका) मान्दै एमालेको महाधिवेशनबाट लुम्बिनीले प्रयाप्त ‘स्पेस’ पाएको छ ।  लुम्बिनीबाट एमालेको नेतृत्व तह पदाधिकारीमा ७ जना नेता पुगेका छन् । अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा लुम्बिनी प्रदेशकै दाङबाट श...

एमालेमा सर्वसम्मत मुस्किल ! यस्तो छ आकांक्षीको भीड

काठमाडौं : नेकपा (एमाले)लाई १० औँ महाधिवेशनको चटारो छ। मंसिर १०–१२ गतेसम्म चितवनमा हुने महाधिवेशनले पार्टीमा नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। असोज १५–१७ मा भएको प्रथम विधान महाधिवेशनले विधानलाई संशोधन गरेको हो। जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ जना रहनेछन्।अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत रुपमा दोहोरिने पक्काजस्तै छ। माधवकुमार नेपाल र झलनाथ खन

एमाले महाधिवेशनमा यूरोपबाट सात जना प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनका लागि बेलायतसहित यूरोपबाट सात जना प्रतिनिधि चयन भएका छन् । एमाले निकट प्रवासी नेपाली मञ्चबाट विश्वभर रहेका कार्यकर्तामध्ये ४० जना प्रतिनिधिको कोटा तोकिएकोमा यूरोपबाट ७ जना चयन भएका हुन् । एमाले महाधिवेशनमा बेलायतबाट भक्त गुरुङ चयन भएका छन् । अनेरास्ववियुका पूर्व उपाध्यक्ष गुरुङ प्रवासी नेपाली मन्चका अध्यक्ष पनि हुन् […]

परिसंघमा ७ जना उपाध्यक्ष चयन

काठमाडौं।नेपाल उद्योग परिसंघमा साता जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको विधानअनुसार उनीहरु उपाध्यक्षमा चयन भएका हुन्। परिसंघको १८औं वार्षिक साधारणसभापछि विष्णुकुमार अग्रवालले परिसंघको नेतृत्व समालिसकेका छन्।निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल र रोहित गुप्ता उपाध्यक्षमा चयन भएको विनोद चौधरीले घोषणा गरे।परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उनीहरू उपाध्यक्ष भएका हुन्।

नेपाल उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको विधानअनुसार ७ जना उपाध्यक्ष चयन हुनु भएको छ। परिसंघको गभर्निङ काउन्सिलले उहाँहरूलाई उपाध्यक्ष चयन गरेको हो। परिसंघको १८ औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यसअनुसार निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह( […]

मेक इन नेपाल स्वदेशी अभियान आत्मनिर्भर अर्थतन्त्रको जग : प्रधानमन्त्री देउवा

काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड– १९ विरुद्धको निःशुल्क खोप पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धि सरकारको प्राथमिकतमा रहेको जानकारी दिनुभयो । ‘हामीले विकासलाई प्राथमिकता दिए पनि त्योभन्दा पहिले नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यसकारण पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो ।’ प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगिकीकरणलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको उल्लेख गरे । परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने उनले बताए । महामारीका कारण कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउन सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे । यसैगरी परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले संस्थाले महत्वपूर्ण थिंक ट्यांकको रूपमा काम गरिरहेको जानकारी दिए । साधारणसभामा नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक हुने धारणा व्यक्त गरे । उनले भारत सरकारले  लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको उदाहरण प्रस्तुत गरे । साधारणसभामा परिसंघ अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाको रूपमा परिसंघलाई अघि बढाएको जानकारी दिए । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडविरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे । कार्यक्रममा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानबारे प्रस्तुतीकरण दिएका थिए । युनियन अफ एसियन चेम्बर्स गठन परिसंघको साधारणसभामा प्रधानमन्त्री देउवाले युनियन अफ एसियन चेम्बर्सको घोषणा गर्नुभएको छ । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनियन अफ एसिएन चेम्बर्स गठनको घोषणा गरिएको हो । युनियन अफ एसियन चेम्बर्सको नेतृत्व हाल परिसंघ उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन् । चौधरीले एसियाली देशमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको जानकारी दिए । परिसंघ अध्यक्षमा अग्रवाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन् । संस्थाको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघ अध्यक्ष चुनिएका हुन् । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष थिए । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक हुन् । परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् ।