नेकपा माओवादी केन्द्रको बैठक सञ्चालन शैली फेरिएको छ । यसअघिका केन्द्रीय समिति बैठकमा अध्यक्षले राजनीतिक प्रस्ताव लम्बेतान पेश गर्ने र त्यसलाई बाचन गर्ने परम्परा भएकोमा त्यसलाई तोडिएको अध्यक्ष प्रचण्डले जानकारी दिए । आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन नभनी संक्षिप्त प्रस्ताव वितरण गर्ने बताएका छन् । सो प्रस्ताव सबै सदस्यहरुलाई वितरण गरिने प्रचण्डले बताए । ‘बैठक सञ्चालनबारे जानकारी’ भन्दै प्रचण्डले बैठकमा भने, ‘यो