‘अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ’

बनियानी– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताए। ‘संघीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ’, उनले भने, ‘जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर […]

सम्बन्धित सामग्री

‘राजनीतिक जात’ र अर्थतन्त्रको उद्धार

अर्जेन्टिनामा हाभियर मिलेईले निर्वाचन जितेका छन् जसले परम्परागत सोच र दृष्टिकोणभन्दा निकै क्रान्तिकारी र चर्का मुद्दा उठाएका छन् । उनले विद्यमान राजनीतिक प्रणाली र सोचविरूद्ध पनि कडा अभिव्यक्ति दिएका छन् । उनले भनेका कुरामध्ये एउटा नेपालको सन्दर्भमा बढी समसामयिक लाग्ने शब्दावली ‘राजनीतिक जात’ हो । उनले राजनीतिमा राजनीतिक जातले निर्वाचनमा पराजय बेहोर्ने बताएका छन् । राजनीतिक जात भनेको कुनै पनि व्यक्ति विद्यार्थी कालदेखि वा लामो समयदेखि राजनीति गरेर आउने व्यक्ति हो । यस्तो राजनीतिक जातको व्यक्तिले परम्परागत सोचभन्दा बाहिर आउन नसक्ने र नयाँ सोचले काम गर्न नसक्ने उनको भनाइ छ । नेपालमा अहिले नेपाली कांगे्रस, नेकपा एमाले, माओवादी केन्द्रका सबैजसो नेता राजनीतिक जातमा स्थापित भइसकेका छन् । राजनीतिमा भर्खर  प्रवेश गरेको व्यक्तिचाहिँ राजनीतिक जात होइन । त्यसैले परिवर्तन चाहने हो भने पार्टीभित्र परम्परागत ‘जात’भन्दा फरक मान्छे आउनुपर्छ । भारतमा नरेन्द्र मोदीको उदय त्यस्तै राजनीतिक जातभन्दा फरक क्षेत्रबाट उदय भएको मान्न सकिन्छ । तर, अहिले उनी पनि जातमा परिणत भएकाले जनताले विकल्प खोज्न थालेको विश्लेषण गरिँदै छ ।  नेपालमै पनि स्थानीय तह तथा संघीय निर्वाचनमा स्वतन्त्र व्यक्ति वा नयाँ राजनीतिक दलका उम्मेदवारको विजय यस्तै हो । कुनै कालखण्डमा नेपाली कांग्रेस पनि जात थिएन । त्यसैले उसले निर्वाचनमा ठूलो विजय प्राप्त गर्‍यो । तर बिस्तारै त्यो पार्टी राजनीतिक जातमा परिणत भयो । पार्टी स्थापनाताका कांग्रेस भनेको परम्पराको विरूद्ध भन्ने थियो । त्यस्तै एमाले, माओवादी केन्द्र पनि राजनीतिक जात थिएनन् । तर, अहिले यी पनि राजनीतिक जात बनिसकेका छन् । २००७ सालको परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेस निकै विद्रोही थियो । तर, बिस्तारै यसका नेता राजनीतिक जातमा परिणत भए ।  अब हुँदाहुँदा नयाँ काम र कुरा नै गरेको देख्न सकिएको छैन । एमाले होस् वा माओवादी यी पनि ठूला क्रान्तिकारी थिए । तर, अहिले जातमा परिणत भएपछि यिनमा पनि नयाँपन देखिन छाडेको छ । यिनले परम्परालाई पछ्याउने कामभन्दा अरूथोक गर्दैनन् । समाज रूपान्तरण र परिवर्तन तथा प्रगतिका लागि भने नयाँपन हुनुपर्छ र त्यसका लागि नयाँ राजनीतिक शक्ति/व्यक्तिको उदय हुनुपर्छ ।  कृत्रिम बौद्धिकता र इन्टरनेटले अर्थतन्त्रका आधारभूत संरचना र क्रियाकलापमै व्यापक परिवर्तन ल्याइसकेका छन् । त्यसो हुँदा नेपालको अर्थतन्त्रमा सुधार ल्याउन यो पक्ष बुझेको व्यक्ति अर्थतन्त्र र शासनसत्तामा आउन आवश्यक छ । अर्जेन्टिनी नेता मिलेईका अभिव्यक्तिहरू अर्थतन्त्र, राज्यका परम्परागत संरचनामा बिलकुल नयाँ भएकाले संसारभर चर्चाको विषय बनेको छ । उनले अर्जेन्टिनाको आर्थिक संकटको समाधान क्रमश: गर्दै जाने कुराको विरोध गरेका छन् र आमूल परिवर्तनको कुरा उठाएका छन् । त्यसो त नेपालका विद्रोही दल सत्तामा पुग्नुअघि यस्तै आमूल सुधारका कुरा गर्छन् तर तिनीहरूले सुधार गर्नुभन्दा यथास्थितिवादी शक्तिसँग आत्मसमर्पण गरेको पाइन्छ । मिलेई क्रान्तिकारी विचारमा कति अडिग हुन्छन्, त्यो हेर्न बाँकी छ । उनले केन्द्रीय बैंक नचाहिने मात्र होइन, आफ्नो देशको मुद्रा नै अमेरिकी डलरलाई बनाउनेसम्मका अभिव्यक्ति दिएका छन् । परम्परागत व्यापार, अर्थतन्त्र, राजनीतिक स्वतन्त्रता आदिका बारेमा उनका विचार भिन्न खालका छन् ।  नेपालमा पनि यस्तै ठूलो सुधार ल्याउन सक्ने नेतृत्व आवश्यक हुन्छ जुन अहिलेका राजनीतिक दलको नेतृत्वबाट सम्भव छैन । जति बेला महेश आचार्य, रामशरण महत युवा थिए तिनले अर्थतन्त्रको संरचनामा ठूलो परिवर्तन ल्याए । त्यही परिवर्तनको जगमा यतिका समयसम्म अर्थतन्त्र चलिरहेको छ । तर, अब व्यापार र उद्योगको परिभाषा र शैली परिवर्तन भइसकेको छ । अर्थतन्त्रको संरचना र धरातलमा निकै ठूलो अन्तर आइसकेको छ ।  कृत्रिम बौद्धिकता र इन्टरनेटले अर्थतन्त्रका आधारभूत संरचना र क्रियाकलापमै व्यापक परिवर्तन ल्याइसकेका छन् । त्यसो हुँदा नेपालको अर्थतन्त्रमा सुधार ल्याउन यो पक्ष बुझेको व्यक्ति अर्थतन्त्र र शासनसत्तामा आउन आवश्यक छ । २०८४ सालमा हुने आगामी निर्वाचनमा सफलता पाउने दलहरूले यस्तो पक्षलाई विश्लेषण गरेर तयारी गर्दा लाभदायी हुने देखिन्छ । राजनीतिक जात दलभन्दा पनि व्यक्ति हो । त्यसैले दलभित्र पनि नयाँ व्यक्ति आउन सक्छ । मिलेईका अभिव्यक्ति धेरै नेपालीले पढेका छैनन् तर पनि राजनीतिक रूझान भने उनले भनेजस्तै देखिएको छ । मिलेईको अभिव्यक्तिलाई पुष्टि गर्ने कुनै नेतृत्व नेपालमा आउला त ?

अबको राजनीति जनताले खोजे अनुसार अघि बढ्नुपर्छ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिनुभएको छ । झापाको भद्रपुरमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- “सङ्घीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ । जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू …

अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छः कृष्ण सिटौला

बनियानी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन्। झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताए। ‘सङ्घीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ,’ उनले भने, ‘जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर […]

अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताए । “सङ्घीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ”, उनले भने, “जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर हुनुपर्छ ।”मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले शासन सञ्चालनमा समेत नवीनता आउन जरुरी रहेक

चुनाव हारेपछि सिटौलाले भने - अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ

झापा - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् ।  झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताए । `संघीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ...