अबको राजनीति जनताले खोजे अनुसार अघि बढ्नुपर्छ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिनुभएको छ । झापाको भद्रपुरमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- “सङ्घीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ । जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू …