कम्बोडियाका प्रधानमन्त्री हुन सेन म्यानमारको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।
दक्षिण पूर्वी एसियाली राष्ट्र संघका अध्यक्ष समेत रहेका हुन सेनले म्यानमारको दुई दिने भ्रमण गरेर शनिवार स्वदेश फर्किएका हुन् ।
कम्बोडियाका विदेश मन्त्री प्राक सोखोनले दिएको जानकारी अनुसार म्यानमार भ्रमणका क्रममा प्रधानमन्त्री हुन सेनले म्यानमारका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा उनीहरुले दुई पक्षीय हित, आपसी चासो, क्षेत्रीय सरोकारका विषयमा छलफल गरेको पनि समाचारमा जनाइएको छ ।
झण्डै तीस बर्षदेखि एकछत्र शासन ग...