इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो । निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको छ । इंग्ल्याण्डका लागि बुकायो साका, जेदन साञ्चो र मार्कस रास्फोर्डको पेनाल्टी प्रहार गोल हुन सकेन । इटालीका बेलोट्टी र जोर्गिन्होको पेनाल्टी प्रहार विफल हुन पुग्यो । यूरो कप फुटबलको फाइनल पेनाल्टी शूट आउटबाट टुंग्याइएको यो दोस्रो अबसर हो । यसअघि सन् १९७६ मा चेक रिपब्लिक र पश्चिम जर्मनीबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिदा खेल पेनाल्टी शूट आउटमा गएको थियो । चेक रिपब्लिकले पेनाल्टी शूट आउटमा जित हात पार्दै उपाधि जित्न सफल भयो ।

सम्बन्धित सामग्री

प्रत्येक दुई वर्षमा विश्वकप फुटबल गर्ने प्रस्ताबमा यूरोपेली संघको असहमति

यूरोपेली फुटबल संघ(यूइएफए)ले प्रत्येक दुई वर्षमा फुटबल विश्वकप आयोजना गर्ने प्रस्तावमा असहमति जनाएको छ । यूइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिनले प्रत्येक दुई वर्षमा आयोजना गर्दा विश्वकप फुटबल तुहिने प्रतिक्रिया दिनुभएको हो । फुटबलको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्नेबारे सम्भाब्यता अध्ययन गर्दैछ । जसमा महिला र पुरुष दुबै टोलिको विश्वकपको अध्ययन हुँदैछ । सऊदी अरेबिया फुटबल एशोसिएशनले गत् मई महिनामा उक्त प्रस्ताब फिफा समक्ष राखेको थियो । अध्ययन र परामर्श प्रकृयाको काम आर्सनलका पूर्ब प्रशिक्षक आसर्नेन वेङ्गरले गर्नुभएको छ । उहाँले गत् मई महिनामा फिफा विश्वकप र यूरो कप फुटबल प्रत्येक दुई वर्षमा हुनुपर्ने आशय राख्नुभएको थियो ।

नश्लभेदी टिप्पणी गर्ने चार जना पक्राउ

बेलायतको प्रहरीले खेलाडीमाथि नश्लभेदी टिप्पणी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । यूरो कप फुटबल २०२० को फाइनलमा इटाली बिरुद्ध तीन वटा पेनाल्टी बिफल भएकोमा पेनाल्टी प्रहार गर्ने खेलाडीले दुब्यर्वहारको सामना गर्नुपरेको थियो । मार्कस राशफोर्ड, बुकायो साकास र जैदन साञ्चोको प्रहार विफल भएको थियो । इंग्ल्याण्ड यूरो कप फुटबलको फाइनलमा हार बेहोर्न पुग्यो ।

इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

काठमाडौं, असार २८ । इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो । निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले […]

जर्मनीका मीडफिल्डर टोनी क्रूज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

जर्मनी यूरो कप फुटबल २०२० बाट बाहिरिएपछि टोनी क्रूज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । जर्मनीले यूरो कप फुटबलको अन्तिम १६ को खेलमा इंग्ल्याण्ड बिरुद्ध २–० को हार बेहोर्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । रियल मड्रिडका मीडफिल्डर ३१ वर्षीय क्रूजले जर्मनीको हारपछि सन्यासको घोषणा गर्नुभएको हो । सन् २०१० मा क्रूजले पहिलो पटक जर्मनीका लागि खेल्नुभएको थियो । जर्मनीले सन् २०१४ को विश्वकप फुटबल उचाल्दा क्रूज उक्त टोलिका सदस्य हुनुहुन्थ्यो ।

फुटबलसँग सम्बन्धित दुई हजार स्कटिश सङ्क्रमित

स्कटल्याण्डमा दुई हजार सङ्क्रमित यूरो कप फुटबल २०२० हेरेकासँग सम्बन्धित रहेको पाइएको छ । जनस्वास्थ्य स्कटल्याण्डले एक हजार ९९१ जना सङ्क्रमित पुष्टि भएकोमा दुई तिहाई इंग्ल्याण्ड बिरुद्ध खेल हेर्न गएकासँग जोडिएको जनाएको छ । गत् जुन १८ मा इंग्ल्याण्ड बिरुद्धको यूरो कप खेल हेर्न सयौंको संख्यामा खेलप्रेमी लण्डन भ्रमण गरेका थिए । जसमध्ये ३९७ जना वेम्ब्ली रङशालामा उपस्थित थिए । ग्लासगौ र हयाम्पडेनमा भएको खेलसँग सम्बन्धित केहीमा सङ्क्रमणको पुष्टि भएको छ ।

स्कटल्याण्डको यूरो कप फुटबल यात्रा समाप्त, क्रोएशिया अन्तिम १६ मा पुग्यो

स्कटल्याण्डको यूरो कप फुटबल २०२० को यात्रा समाप्त भएको छ । समूह चरणको अन्तिम खेलमा क्रोएशियाबाट हार बेहोर्दा स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको हो । समूह डी को गए राति अबेर सम्पन्न खेलमा क्रोएशियाले स्कटल्याण्डमाथि ३–१ को जित हात पारेको हो । ग्लासगोस्थित राष्ट्रिय रङशालामा सम्पन्न खेलमा दुबै टोलिका लागि नकआउट चरणमा प्रबेशको सम्भाबना जिवित राख्न जित आवश्यक थियो । पहिलो हाफसम्म १–१ को बराबरी खेलेपनि दोस्रो हाफमा क्रोएशियाले दुई गोल थप्दै स्कटल्याण्डमाथि जित सम्भब बनायो । १७ औं मिनेटमा निकोला भ्लासिकले गोल गर्दै विश्वकप फुटबलका उपविजेता क्रोएशियालाई १–० को अग्रता दिलाउनुभयो ।

फ्रान्सेली फरवार्ड डिम्बाला यूरो कप फुटबलबाट बाहिरिए

फ्रान्सेली फरवार्ड ओसमाने डिम्बाला यूरो कप फुटबल २०२० को बाँकी खेलबाट बाहिरिनुभएको छ । घुँडामा आएको चोटको कारण उहाँ प्रतियोगिताबाट बाहिरिनुपर्ने भएको फ्रेञ्च फुटबल संघले सोमबार एक वक्तब्य जारी गरी जानकारी गराएको छ । फ्रान्सले शनिबार हँगेरी बिरुद्ध १–१ को बरारबी खेल्दा डिम्बाला दोस्रो हाफमा ‘सब्स्टिच्युट’ खेलाडीको रुपमा मैदानमा उतारिएका थिए । तर ३० मिनेट बितेपछि उहाँ मैदानबाट बाहिरिनुभयो । निको हुन कति समय लाग्ने अनिश्चित रहेको वक्तब्यमा उल्लेख गरिएको छ । उहाँलाई शनिबार राति नै बूडापेष्ट स्थित एक अस्पतालमा लगेर एक्स रे गरिएको थियो ।

इटालीको अपराजित यात्रा जारी, वेल्सको अन्तिम १६ पुग्ने सम्भावना बलियो

यूरो कप फुटबल २०२० मा इटालीको अपराजित यात्रा जारी छ । गए राति अबेर सम्पन्न खेलमा इटालीले वेल्सलाई हराउँदै लिगको तीनमध्ये तीनै खेलमा जित हात पार्दै शत प्रतिशत नतिजा निकालेको छ । इटाली यसअघि नै समूह ए को विजेता हुँदै यूरो कप फुटबलको अन्तिम १६ मा स्थान बनाइसकेको छ । समग्रमा इटालीको यो ३० औं अपराजित खेल रहन गयो ।

युरो कपको पहिलो खेलमै क्रिष्टियानो रोनाल्डोले दुई कीर्तिमान बनाए

यूरो कप फुटबल २०२० को पहिलो खेलमै पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले दुई कीर्तिमान बनाउनुभएको छ । हंगेरी बिरुद्धको खेलमा बूडापेष्टमा मैदानमा पाइला राखे लगत्तै रोनाल्डोले पहिलो कीर्तिमान बनाउनुभयो । यूरोपेली च्याम्पियनशीपको पाँच प्रतियोगिता खेल्ने उहाँ पहिलो खेलाडी बन्नुभयो ।

यूरो कप एकवर्षका लागि सारियो, कोपा अमेरिका पनि स्थगित

यूरोपेली फुटबल संघले जुन १२ देखि जुलाइ १२ सम्म यूरो कप फुटबल २०२० मा आयोजना गर्ने तय गरिएकोमा अब भने सन् २०२१ को ११ जुन देखि ११ जुलाईसम्म हुने निर्धारण गरिएको छ ।