फ्रान्सेली फरवार्ड डिम्बाला यूरो कप फुटबलबाट बाहिरिए

फ्रान्सेली फरवार्ड ओसमाने डिम्बाला यूरो कप फुटबल २०२० को बाँकी खेलबाट बाहिरिनुभएको छ । घुँडामा आएको चोटको कारण उहाँ प्रतियोगिताबाट बाहिरिनुपर्ने भएको फ्रेञ्च फुटबल संघले सोमबार एक वक्तब्य जारी गरी जानकारी गराएको छ । फ्रान्सले शनिबार हँगेरी बिरुद्ध १–१ को बरारबी खेल्दा डिम्बाला दोस्रो हाफमा ‘सब्स्टिच्युट’ खेलाडीको रुपमा मैदानमा उतारिएका थिए । तर ३० मिनेट बितेपछि उहाँ मैदानबाट बाहिरिनुभयो । निको हुन कति समय लाग्ने अनिश्चित रहेको वक्तब्यमा उल्लेख गरिएको छ । उहाँलाई शनिबार राति नै बूडापेष्ट स्थित एक अस्पतालमा लगेर एक्स रे गरिएको थियो ।

सम्बन्धित सामग्री

हँगेरीले फ्रान्सलाई बराबरीमा रोक्यो

हँगेरीले यूरो कप फुटबल २०२० मा फ्रान्सलाई बराबरीमा रोकेको छ । शनिबार राति बूडापेष्टमा सम्पन्न समूह एफ को खेलमा हँगेरीले शक्तिशाली फ्रान्सलाई १–१ को बराबरीमा रोक्दा अङ्क बाँड्न बाध्य बनाएको हो । ६६ हजार दर्शकको उपस्थितिमा भएको खेल अत्यन्तै रोमाञ्च एवम् तनाबपूर्ण बनेको थियो । हाफटाइमपछिको अतिरिक्त समयमा हँगेरीका लागि अट्टिला फिओलाले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले रोल्याण्ड सलैलाई छिचोल्दै फ्रान्सेली पोष्टमा गोल गर्दै हँगेरीलाई १–० को अग्रता दिलाउनुभयो । यूरो कप फुटबल २०२० का दाबेदार फ्रान्सले उक्त गोल हुनुअघि अधिकांश समय हँगेरीलाई दबाबमा राखेको थियो ।