खोटाङ – हिजोआज लाखौँ बजेट खर्च गरेर शालिक बनाउने होड चलेको छ । समाजलाई विशिष्ट योगदान दिएका व्यक्तिको शालिक बनाएर राख्नु त स्वाभाविक नै हो तर पशुपक्षीसम्मको शालिक बनाएर चोकचोकमा राखेको देखिन्छ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा कुकुरको शालिक बनाएर राखिएको छ । तर माक्पामा कुकुरको शालिक स्थापना गर्नुको सन्दर्भ भने फरक छ । माक्पामा बसोबास गरिरहेका दुमी राईको इतिहाससँग जोडिएको हुँदा ‘माकी/माखी’ नामको कुकुरको मूर्ति राखिएको हो ।
साविकको माक्पा–३ दुम्नीडाँडा (पुर्खाड...