मोरङमा भोलिदेखि कर्फ्यु खुकुलो

मोरङ : मोरङको लेटाङमा अनिश्चितकालीन कर्फ्यु खुकुलो बनाइएको छ। यौन दुर्व्यवहारको घटनाले उग्ररूप लिएर हिंसात्मक झडपमा एक महिला प्रहरीको मृत्यु भएपछि लेटाङमा कर्फ्यु लगाइएको थियो।जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित भोलि बिहानबाट कर्फ्यु केही खुकुलो बनाएको हो।मोरङमा छात्रामाथि दुर्व्यवहार विवाद : लेटाङ तनावग्रस्त, एक महिला प्रहरीको मृत्युमोरङ प्रशासनका अनुसार भोलि बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा क

सम्बन्धित सामग्री

वीरगञ्जमा कर्फ्यु यथावत

वीरगञ्ज – सोमबार साँझदेखि वीरगञ्जमा लगाइएको कर्फ्यु हालको लागि यथावत राखिएको छ। सोमबार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु मंगलबार पनि जारी रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए। स्थिति पूर्णरुपमा सहज भएपछि कर्फ्यु हटाइने उनले बताए। बुधबारसम्म स्थिति समान्य हुने भन्ने अनुमान गरेको लम्सालको भनाइ छ। ‘स्थिति पूर्णरुपमा सहज छ भन्ने […]

बाँकेको नेपालगञ्जमा कर्फ्यु

मंगलबार दिउँसो १ बजे देखि लागू हुने गरी स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

मलङ्गवामा ‘कर्फ्यु’ हट्यो

काठमाण्डाै - सर्लाहीकाे सदरमुकाम मलङ्गवामा लाग्दै आएको ‘कर्फ्यु’ पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोकाे कर्फ्यु हटाइएको थियो भने राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो । हिजो बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलङ्गवामा जारी कर्फ्यु आदेशलाई पूर्णरूपमा निष्क्रिय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मलङ्गवाको वातावरण समान्य भएपछि पूर्णरूपमा कर्फ्यु हटाइएको हो । गएको असोज ४ गते बिहीव...

महोत्तरीको भङ्गाहामा कर्फ्यु हट्यो

महोत्तरी - महोत्तरीको भङ्गाहा नगरपालिका– ८ पररिया टोलमा जिल्ला प्रशासनले लगाएको कर्फ्यु गएराति १० बजेदेखि हटाइएको छ । दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले अस्ति बिहीवार दिउँसो ४ बजेदेखि कर्फ्यु लगाएको थियो । अहिले स्थिति सामान्य भएको भन्दै प्रशासनले कर्फ्यु हटाएको हो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्ध...

UPDATE – भंगहामा कर्फ्यु आदेश जारी

हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको हो । भंगहा नगरपालिका– ८ को दक्षिणमा पररियाको...

श्रीलंकाका विभिन्न ठाउँमा कर्फ्यु आदेश

श्रीलंकाको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। स्थानीय समयअनुसार शुक्रबार राती...

श्रीलङ्काका विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी

श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।  स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यु आदेश जारी गरिएको हो ।कर्फ्यु अन्तर्गतका नियमहरूलाई

वीरेन्द्रनगरको कर्फ्यु ७ बजेबाट हट्ने

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु साँझ ७ बजेबाट हट्ने भएको छ ।जिल्ला प्रशासन कार्यालयले हिजो साँझबाट लगाइएको कर्फ्यु दिनभरको अवस्था शान्तिपूर्ण देखिएकाले आदेश हटाउने निर्णय गरेको हो । । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाल रिजालले भने, ‘कर्फ्यु अवधिमा कुनै प्रदर्शन भएनन्, शान्तिपूर्ण नै देखिएकाले सात बजेदेखी नै कर्फ्यु हटाउँदैछौं । सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा भने […]

बुटवलमा चार दिनदेखि लगाइएको कर्फ्यु हट्यो

रुपन्देहीको बुटवलमा चार दिनदेखि लगाइएको कर्फ्यु हटाइएको छ । स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो । बुटवल १७ मा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्न सर्वसाधारण र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।  रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको बताए । ‘निषेधाज्ञा कायम नै छ । कर्फ्यु हटाइएको छ । अवस्था अहिले सामान्य छ । अहिले पनि ठूलो संख्यामा प्रहरी भने परिचालन गरिएको छ,’ ...

अफगानिस्तानमा एक महिने कर्फ्यु

अफगानिस्तान सरकारले मुलुकभर एक महिना लामो कर्फ्यु घोषणा गरेको छ। विद्रोही संगठन तालिबानले मुलुकका अधिकांश भू-भाग लगातार नियन्त्रणमा लिन थालेपछि सरकारले कर्फ्यु घोषणा गरेको हो।तालिबानले धेरैजसो सीमा क्षेत्रसहित आधाभन्दा बढी भू-भाग नियन्त्रणमा लिइसकेको छ। सरकारले राजधानी काबुलमा तालिबानको प्रवेश रोक्न कर्फ्यु आदेश जारी गरेको अनुमान गरिएको छ।अमेरिकी र नेटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा तालिबानसँगको युद्ध चर्किएको छ। सरकारले शान्ति वार्तालाई अघि बढाउन खोजिरहेका बेला तालिबानले अधिकांश ग्रामीण क्ष