अफगानिस्तानमा एक महिने कर्फ्यु

अफगानिस्तान सरकारले मुलुकभर एक महिना लामो कर्फ्यु घोषणा गरेको छ। विद्रोही संगठन तालिबानले मुलुकका अधिकांश भू-भाग लगातार नियन्त्रणमा लिन थालेपछि सरकारले कर्फ्यु घोषणा गरेको हो।तालिबानले धेरैजसो सीमा क्षेत्रसहित आधाभन्दा बढी भू-भाग नियन्त्रणमा लिइसकेको छ। सरकारले राजधानी काबुलमा तालिबानको प्रवेश रोक्न कर्फ्यु आदेश जारी गरेको अनुमान गरिएको छ।अमेरिकी र नेटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा तालिबानसँगको युद्ध चर्किएको छ। सरकारले शान्ति वार्तालाई अघि बढाउन खोजिरहेका बेला तालिबानले अधिकांश ग्रामीण क्ष