निर्वाचनकै दिन विमानस्थलमा भेटिएका मानसिंहहरू...

काठमाडौं । शुक्रवार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाइ गर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए काठमाडौं वनस्थलीका मानसिंह विष्ट । यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटिक्कै मन छैन । तर उनले रोक्न पनि सकेनन् । निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए ।   ‘विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन । आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु पर्‍यो,’ विष्टले सुनाए । आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको उनलाई थाहा छ । मत दिने मन त उनलाई पनि छ । तर दक्षिण कोरिया उड्ने छोरालाई बिदाइ नगरी उनी घरमै बस्न सकेनन् । ‘छोरा घर फर्केर आउँदा खुशी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दो रहेछ,’ भावुक हुँदै उनले भने, ‘यो बाध्यतालाई देश बनाउँछु भन्नेहरूले बुझिदिए कति राम्रो हुन्थ्यो होला ।’ स्थानीय निर्वाचनका कारण सवारीसाधन नचलेकाले धेरै टाढा टाढादेखि अनेकौं दु:ख गरेर विमानस्थल आइपुगेको बताउनेहरू धेरै थिए । तर, विमानस्थलमा अन्य दिनभन्दा शुक्रवार चाप कम थियो ।      हरेक दिन सपना बोकेर उड्नेहरू कोही सकुशल फर्किएका छन् भने कोही बाकसमा बन्द भएर । रोजगारीको खोजीमा भौतारिएकाहरू मलीन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ । औपचारिक तथ्यांकका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिन्छन् । श्रम र पसिना विक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ । विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धरमराउन लागेको तथ्य पनि हाम्रा सामु छ । धेरै मानसिंहले बुढेसकालका सहारालाई विदेश पठाएर प्रतीक्षाका दिनहरू गनेर बसेका छन् । निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि शुक्रवार राति १० बजे कतार उडन लागेका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुशी थिएन । उनको काका नै नगर प्रमुखको उम्मेदवार छन् । ‘देशभित्र रोजगारी छैन, खानुपर्‍यो परिवार पाल्नुपर्‍यो, निर्वाचन भनेर बस्ने अवस्था रहेन,’ उनले भने, ‘म र म जस्ताको दु:ख सम्बोधन गर्नेगरी यसपटकको निर्वाचनले नेतृत्व छानिदिए अर्कोपटक म पनि विदेश जान्न थिएँ ।’ बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर धनुषाबाट संघीय राजधानी आइपुगेका यादव निराश देखिन्थे । ‘परिवार छाडेर विदेश जान त कहाँ मन छ र ? तर बाध्यता छ,’ उनले भने । पाँच महीनाको छुट्टी लिएर आएका यादव कतारमा टाइम किपरको काम गर्छन् । विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने गरी निर्वाचित हुनेले काम गरिदिए आफूलाई असाध्यै खुशी लाग्ने उनले बताए ।   एउटै समूहमा भेटिए मोरङ उर्लाबारीका अशोक राउत, झापा हल्दीबारीका गंगा कटुवाल र उदयपुरका नगेन्द्र मगर । बिहीवारलाई दुबईको जहाज नआएपछि होटलमा बस्नुपरेको सुनाउँदै राउतले भने, ‘निर्वाचन भनेर बसेर पनि भएन । यहाँ रोजगारी छैन, कमाइ खाने बाटो छैन । यो बाध्यता छ हामीलाई ।’ बहराइनमा विगत पाँच वर्षदेखि चालकको रूपमा कार्यरत राउतले भने, ‘निर्वाचनले हामी जस्तालाई स्वदेशमै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ ।’ तीनै जनाको ‘लगेज’ एउटै ट्रलीमा घिसारिरहेका मगरलाई राजनीतिक नेतृत्व देश विकासभन्दा पनि व्यक्तिगत स्वार्थ सिद्धिमा लागेको कुरा पटक्कै मन परेको रहेनछ । ‘निर्वाचनको दिन विदेश उड्न त मन थिएन नि । तर, राजनीतिक नेतृत्वले कहिल्यै हामीहरू जस्ताको चाहना र आवश्यकताको सम्बोधन गर्न सकेन ।’ ‘देशभित्रै रोजगारी होस्, घरमै बसेर काम गरी खान पाइयोस् भन्ने मेरो पनि चाहना छ । तर, कहिल्यै त्यो अवसर आएन,’ उनले भने । झापा हल्दीबारीका कटुवाललाई झापामा शुक्रवार भइरहेको निर्वाचनको माहोल झल्झली आँखामा आइरहेको थियो । ट्रली धकेल्दै उनले भने, ‘निर्वाचन भनेर भएन । हाम्रो दु:ख बुझिदिने कुनै नेता भएनन् ।’ प्रभाव र पहुँच नहुनेले देशभित्र रोजगारीको अवसर पाउन मुस्किल भएको उनको गुनासो छ । सरकारले सबै नेपालीलाई देशभित्रै राख्न सके विकासको शिखरमा पुग्न लामो समय कुर्नु नपर्ने उनले बताए । व्यवस्था परिवर्तन भए पनि नागरिकले संघर्ष गरेर ल्याएको राजनीतिक प्रणालीमा चरित्र भने पुरानै रहेको र नातावाद मौलाएकामा उनको आपत्ति छ ।    त्यस्तै, बुटवलका विष्णु पौडेल भने सुन्धाराको एक होटलमै राहदानी छाडेर विमानस्थल पुगेका रहेछन् । सोधखोजको क्रममा होटल सञ्चालकले राहदानी ल्याइदिने बताएपछि ढुक्क देखिएका पौडेलले पनि निर्वाचनको दिन विदेश जानु बाध्यता भएको बताए । विमानस्थलमा आफ्ना छोरालाई बिदाइ गर्न आएका आमाहरू पनि भेटिए । कोही श्रीमान्लाई बिदाइ गर्न लालाबाला बोकेर आएका थिए । स्थानीय तहको निर्वाचनका लागि मतदान भइरहेकै बेला विमानस्थलमा भेटिएका कोही कसैको अनुहारमा खुशी देखिँदैनथ्यो । निराश, हतास अनि मलीन अनुहारमा भेटिएका अधिकांशले देश बनोस्, देशभित्रै रोजगारी पाइयोस् भन्ने अपेक्षा गरेका थिए । भारी मन लिएर उड्नेहरू कति खुशी भएर फर्केलान्, कति अझै दु:ख भोगेर फर्केलान् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन । रासस

सम्बन्धित सामग्री

निगमद्वारा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको छ। निगमको जहाज नाइनएन– एबिटीबाट गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको हो।...

निगमद्वारा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको छ। निगमको जहाज नाइनएन– एबिटीबाट गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको हो।...

गुल्मी विमानस्थलमा पहिलो पटक विमान अवतरण

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको जहाज अवतरण भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शनी (डेमो) उडान गरेको छ ।आइतबार बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ः०० बजे अवतरण भएको छ ।

पोखरा विमानस्थलमा यति एयरलाइन्सले प्रदर्शन उडान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिनुभयो । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, …

पोखरा विमानस्थलमा प्रदर्शन उडान

कास्की – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुवात गरिएको छ ।  विमानस्थलमा आज बिहीवार यति एअरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ बजेर १५ मिनेटमा पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजेर २७ मिनेटमा अवतरण भएको जानकारी दिनुभयो । विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिकरूपमा विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएको र अवतरण पनि सहज भएको बताउनुभयो । विमानस्थल आउँदो पुस १७ देखि सञ्चालनमा आउन ...

पोखरा विमानस्थलमा प्रदर्शन उडान

काठमाडौँ,७ पुष । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान […]

सुकेटार विमानस्थलमा निरन्तर उडान अवरुद्ध

ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ। विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो। यसअघि गएको शुक्रबारको...

विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर

पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो । सोमबारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको संयोजकत्वमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमानाकामा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्र...

कोरोना सङ्क्रमण बढेसँगै विमानस्थलमा कडाइ

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ । कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले आग्रह गरेको हो ।स्वागत र बिदाइ गर्नका लागि मात्र विमानस्थलमा आउँदा भिडभाड बढ्ने र कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा नआउन पनि कार्यालयको अनुरोध छ । त्यस्तै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामानबाहेक भ

विमानस्थलमा पाँचजनाको मृत्यु

विमानस्थलमा २० घण्टा प्रतीक्षामा रहेका एक प्रत्यक्षदर्शीले मृतकलाई गोली लागेको अथवा भागदौडका कारण उनीहरूको मृत्यु भएको प्रस्ट नभएको बताए। विमानस्थलमा रहेका अमेरिकी अधिकारीको प्रतिक्रिया प्राप्त भएको छैन।...