गुल्मी विमानस्थलमा पहिलो पटक विमान अवतरण

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको जहाज अवतरण भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शनी (डेमो) उडान गरेको छ ।आइतबार बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ः०० बजे अवतरण भएको छ ।

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सौर्यको जेट विमान अवतरण

निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमान अवतरण

पोखरा – पोखरामा पहिलो पटक जेट विमान अवतरण भएको छ। सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो। हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन। आज ‘प्रुभन फ्लाइट’ भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ। विगत ८ वर्षदेखि आन्तरिक […]

पोखरामा पहिलो पटक जेट विमान अवतरण

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सीआरजे २०० विमान अवतरण गरेको हो । आउँदो जनवरी १ देखि नियमित उडान भर्नका लागि अभ्यास स्वरुप सौर्यको विमान पोखरा ल्याएको कम्पनीले जनाएको छ । सौर्यले अब दैनिक २ उडान भर्ने जनाएको छ । युरोप, अमेरिका […]

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको जेट विमान अवतरण

पोखरा।   पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आइतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गरेको हो । आउँदो जनवरी १ देखि नियमित उडान भर्नका लागि अभ्यास स्वरुप सौर्यको विमान पोखरा ल्याएको कम्पनीले जनाएको छ । सौर्यले अब दैनिक २ उडान भर्ने जनाएको छ । यूरोप, अमेरिका तथा अन्य […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सौर्यको जेट विमान अवतरण

निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा प्राविधिक कारणबाट सो विमान अवतरण गर्न नसक्ने भएकाले यसअघि पोखरामा सौर्यको उडान थिएन । सो एयरलायन्सले अङ्ग्रेजी नयाँ वर्षदेखि नि

उडेको ५ मिनेटमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जब विमान अवतरण भयो..

नागरिक उडड्यन प्राधिकरणले पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । बिहीबार प्राधिकरणको सहयोगमा यती र बुद्ध एयरलाइन्सको विमानले डेमो उडान सफलतापूर्वक गरेका छन् ।दुवै कम्पनीका विमान पुरानो विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । पुरानो विमानस्थलबाट उडेको ५ मिनेटमै पोखरा–१४ स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ती विमान अवतरण गरेका हुन् ।विमानमा सवार पत्रकार अनिष भट्टराईका अनुसार २ बजे भनिएको उडान २५ मिनेट ढिला उडाइएको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित विमान अवतरण

गण्डकी – पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् । निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडानमा पोखरेली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै साविकको विमानस्थलबाट नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएका हुन् । उडानपश्चात् बुद्ध एयरलाइन्सका बजार निर्देशक (मार्केटिङ सेल्स […]

तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि...

उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले ठूलाे रकम जरिबाना तिर्नुपरेको छ ।  नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले सुरक्षा नियम उल्लङ्घन गर्ने निजी वायु सेवा कम्पनी एअर विस्तारालाई १० लाख भारु जरिबाना गरेको हो । एअर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डीजीसीएका अधिकारीले बताएका छन् । उडान र अवतरणको तालिम नलिएका एक जना सहचालकले मध्य प्रदेश राज्यको इन्दाैर विमानस्थलमा विमान अवतरण गराएका थिए । यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन ...

उडिरहेको विमानमा पाइलट बेहोस भएपछि यात्रुले सकुशल विमान अवतरण गरे

अमेरिकी मिडियाहरू अहिले उडिरहेको विमानको पाइलट बेहोस भएपछि पनि सकुशल अवतरण गराउने एक जना यात्रु खोजिरहेका छन् । उडान रेकर्डिङमा ती अज्ञात यात्रुले विमान अवतरण गर्न सहयोग मागेको आवाज रेकर्ड भएको छ । उनले एयर ट्राफिक कन्ट्रोलसँग विमान कसरी रोक्ने थाहा नभएको बताए सुनिन्छ।  ती व्यक्तिलाई एक जना एयर ट्राफिक कन्ट्रोलरले मार्गदर्शन गरेका थिए। मार्ग निर्देशनकै आधारमा ती व्यक्तिले मंगलबार पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई सुरक्षित अवतरण गराए। एयर ट्राफिक कन्ट्रोलरले वास्तवमा नयाँ पाइ

कमजोर भिजिबिलिटीका कारण खोप बोकेको चिनियाँ विमान अवतरण नगरी फर्कियो

५ पुस, काठमाडौं । चीनबाट कोभिड-१९ विरुद्धको खोप लिएर आएको विमान अवतरण नै नगरी चीन फर्किएको छ । बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने विमान कमजोर भिजिबिलिटीका कारण चेङ्दु फर्किएको त्रिभुवन विमानस्थलको कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा विभागको खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाका अनुसार उक्त विमानमा १२ लाख १६ हजार […]