गोठबाट काम शुरु गरेका टेरी गोउले कसरी ठड्याए भीमकाय इलेक्ट्रोनिक्स कम्पनी फक्सकोन

काठमाडौं । ताइवानी बहुराष्ट्रिय कम्पनी फक्सकोनको संस्थापक अनि ताइवानको सबैभन्दा धनी व्यक्ति हुन् टेरी गोउ । यो सफलता पाउनुअघि उनको जीवन संघर्षपूर्ण थियो । करियरको शुरुआत गर्नुअघि उनले नगरेको कामै थिएन । रबर कारखानामा काम गर्नेदेखि औषधि कारखानामा ज्याला मजदुरीसम्म गरेका थिए उनले ।  उनले करियरको शुरुआत भने ४९ वर्षअघि (सन् १९७४ मा) गरेका थिए । बजारमा चर्काे प्रतिस्पर्धा भएकै समयमा उनले भाडामा लिएको गोठबाट होन हाई प्रिसिन इन्डष्ट्री शुरु गरेका थिए ।  त्यतिबेला उनलाई विश्वास थियो– इलेक्ट्रोनिक्स दैनिक जीवनको अभिन्न अंग बन्छ भन्ने । त्यही विश्वासमा आम जनजीवनलाई सरल बनाउने भिजन राखेर उनी इलेक्ट्रोनिक्स उत्पादन बजारमा छिरे ।  गोउले आफ्नी आमासँग ७ हजार ५०० डलर सापटी लिएर ताइपेईमा रेडियोका लागि प्लाष्टिकको नोब बनाउने काम शुरु गरेका थिए । त्यति बेला उनको साथमा १० जना बुढा कामदार मात्रै थिए । अहिले कम्पनीले विश्वभर १२ लाखभन्दा धेरैलाई रोजगारी दिइरहेको छ । फक्सकोन अरु कम्पनीका लागि ठेक्कामा इलेक्ट्रोनिक्स सामान बनाइदिने विश्वको भीमकाय कम्पनी बनेको छ । अमेरिकी व्यवसायिक पत्रिका फोच्र्यूनको शीर्ष ५०० कम्पनीमा फक्सकोन २० औं स्थानमा छ ।  सामानको गुणस्तर अनि लोभलाग्दो सेवाको कारण उनको कम्पनीको चर्चा देश हुँदै विदेशमा पनि पुग्यो । समय बित्दै गएपछि कम्पनीले व्यवसाय विस्तार गरेर सबै खाले सामान बनाउन थाल्यो । कम्पनीले उत्पादन मात्रै होइन, वितरण पनि आफैं गर्थ्यो ।  हरेक बजारमा प्रतिस्पर्धा हुन्छ । कम्पनीले बढ्दो प्रतिस्पर्धालाई बुझेर समय र पैसा नवप्रवर्तनमा लगायो । सुन्दा अचम्म लाग्न सक्छ ! एप्पलदेखि डेल, निन्टेन्डो, आईबीएम, नोकियो, एचपी, सोनी विश्वका सबै ठूला कम्पनीहरू यसको ग्राहक हुन् ।  यसले डेस्कटप कम्प्युटर, नोटबुक, ट्याबलेट, मोबाइल फोन, डिजिटल क्यामरा, गेमिङ कन्सोल, थर्मल मोडयूललगायत सामान बनाइरहेको छ । कम्पनीले एआई, चीप, नयाँ पुस्ताको सञ्चार प्रविधि, रोबोटिक्स, डिजिटल हेल्थमा हात हालेको छ । अब भने कम्पनीले विद्युतीय सवारी साधन पनि बनाउने भएको छ । सन् १९८० मा गोउले अतारी कम्पनीबाट कन्सोल ज्वेस्टिक बनाउने अर्डर पाए । यो उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ थियो । ८० कै दशकमा उनी नयाँ ग्राहक खोज्न अमेरिकाको ११ महीने भ्रमणमा गए । हरेक दिन उनी कम्पनीहरूमा अपोइन्टमेन्ट नै नलिइकन छिर्थे । र,सकेसम्म अर्डर लिएरै फर्कन्थे । उनको यो आक्रामक शैली निकै हदसम्म सफल पनि भयो । उनले सन् १९८८ मा मुख्यभूमि चीनमा कारखाना खोले । त्यसपछि कम्पनीले लगानी खन्याउन शुरु गर्यो, देशका कयौं क्षेत्रमा उत्पादन कारखाना बनायो, कम्प्युटरको एसेम्बल शुरु गर्यो ।  चीनमा कम्पनीले बनाएको पहिलो कारखाना अहिले पनि फक्सकोनको विश्वकै सबैभन्दा ठूलो कारखानाको रूपमा छ । यो कारखानामा कर्मचारीहरू बस्ने, खाने, स्वास्थ्य उपचार हरेक सुविधा थियो । कम्पनीले सन् १९६६ मा कम्प्याकका लागि डेस्कटपको च्यासिस बनाउन शुरु गर्यो । यसले फक्सकोनलाई एचपी, आईबीएम र एप्पलजस्ता अन्य हाई प्रोफाइल ग्राहकको लागि बेयर बोन च्याशिशको विकासको अवस्थासम्म डोर्यायो । केही वर्षभित्रै यो विशाल कन्जुमर इलेक्ट्रोनिक्स कम्पनी बन्यो ।  चीनको अर्थतन्त्र आक्रामकरूपमा बढेर विश्व अर्थतन्त्रमा यसको अनुपात बढ्दै गर्दा कम्पनीको वृद्धिदर पनि लोभलाग्दो थियो । सन् २००८ सम्म फक्सकोन वार्षिक दोहोरो अंकले बढेको थियो । कम्पनीका प्रतिस्पर्धीहरू घाटामा चुर्लुम्म डुबेको वा नाफा खस्किरहेको अवस्थाबाट गुज्रिरहँदा फक्सकोनको मुनाफाले नयाँनयाँ रेकर्ड बनाइरहेको छ ।  कम्पनीले सामान सस्तोमा बनाइदिन्यो । अनि यसले ग्राहकहरूलाई पूरापूर समाधान पनि दिन्थ्यो । एप्पलले बनाउनेभन्दा कम लागतमै फक्सकोनले चाहेजस्तो फोन बृहत स्तरमा बनाइदियो । कम्पनीको नाममा ८३ हजारभन्दा धेरै पेटेन्ट छ ।  सन् २००० मा फक्सकोनसँग एप्पलको साझेदारी गहिरो भयो । फक्सकोनले म्याकबुक बनाउने अर्डर पायो । यसअघि यी दुई कम्पनीले पार्ट्स बनाउन मात्रै साझेदारी गरेका थिए । यो पटक तयारी प्रडक्ट दिनु थियो । एप्पलको कठोर गुणस्तर मापदण्ड पूरा गर्न कम्पनीले आफ्नो प्रविधिलाई उन्नत बनायो ।  आइफोनको पालिमा कम्पनीले फोन मात्रै बनाएन । एप्पलको भिजन बुझेर तोकेको समयसीमाभित्रै कम्पनीलाई छक्क पार्ने गरी आइफोन तयार पारिदियो । विस्तारै दुई कम्पनीको एकअर्काप्रति निर्भरता बढ्यो । आइफोनको सफलता फक्सकोनमा निर्भर बन्यो, अनि फक्सकोनको वृद्धि आइफोनमा । दुवै कम्पनीले एकअर्काको व्यवसाय सञ्चालनको अभिन्न हिस्सा बने । एप्पलसँग फक्सकोनको साझेदारीले दुई कम्पनीलाई मात्रै होइन, प्रविधि क्षेत्रकै कायापलट गरिदियो ।  प्रविधि क्षेत्रकै कायापलट गर्ने फक्सकोन विवादमा पनि मुछियो । विषाक्त खानाका कारण कर्मचारी बिरामी, आत्महत्या, कर्मचारीमाथि दुव्र्यवहार लगायत काण्डमा कम्पनी मुछिएको छ । कोभिडको महामारीबीच चीनमा कर्मचारीहरू हप्तौंसम्म कारखानामै थुनिने अवस्थाले विरोध प्रदर्शनकै स्थिति निम्त्याएको थियो । फक्सकोनको सफलताको रहस्य बढ्दो प्रतिस्पर्धालाई बुझेर समय, पैसा अनि बुद्धि नवप्रवर्तनमा लगाउनु नै थियो । त्यससँगै आक्रामक लगानी र अन्य कम्पनी किनेर गाभ्ने रणनीतिले पनि फक्सकोनलाई सफलता दिलाएको थियो । 

सम्बन्धित सामग्री

आजदेखि सोह्र श्राद्ध शुरु

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ।सोह्र श्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरूको भीड छ।...

रौतहट क्षेत्र-४ को मतगणना शुरु

रौतहट : रौतहट क्षेत्र ४ को मतगणना शुरु भएको छ। प्रत्यक्षतर्फको संघीय सांसदका उम्मेदवारको मत गन्न शुरु भएको हो।दिउँसो साढे १२ बजे मतगणना थाल्ने भनिएकोमा १ बजेर ४५ मिनेटमा मत गन्न शुरु भएको हो।चन्द्रपुर-३ गैडाटारको ५ वटा मतपेटिका खोलिएको छ। बाँकी १, २ र ३ को पनि मतगणना शुरु गर्ने तयारी भइरहेको छ।

वीरगन्ज महानगरपालिकाको मत गणना शुरु

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मतगणना शुरु भएको छ। ११ बजेबाट नै मतगणना शुरु गर्ने सर्व दलीय सहमति भए पनि दलका प्रतिनिधिहरू ढिलो उपस्थिति भएकाले ढिलो गरी गणना शुरु भएको हो।२ बजेबाट बल्ल शुरु गरिएको गणनामा वीरगन्ज वडा नम्बर १ र ३२ बाट शुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।

वीरगञ्जमा केही बेरमा मतगणना शुरु हुने

वीरगञ्ज –  मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा केही बेरमा मतगणना शुरु हुने भएको छ । बिहान ११ बजेदेखि मतगणना कार्य शुरु गरिने भनिए पनि अहिले खाना खानको लागि केही बेर ढिलो गरि मतगणना शुरु हुने प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । पौने १२ बजेदेखि वीरगञ्जको नृसिङ माबिमा मतगणना शुरु हुने उनले जानकारी […]

रुकुमपूर्वको पेल्मामा मतदान शुरु

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मामा मतदान शुरु भएको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि बिहान मतदान हुन सकेको थिएन। हाल दुवै दलसँग छलफल गरी सहमतिमा ल्याएपछि मतदान कार्य शुरु भएको हो।पुथाउत्तरगंगा–२ को आधारभूत विद्यालय पेल्मा मतदान केन्द्रमा मध्यान्ह १२ बजेर ५ मिनेट देखि मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ। बिहान ७ बजेबाटै मतदान शुरु हुनुपर्ने भएपनि दलीय सहमति नहुँदा मतदान शुरु हुन ढिलाई भएको जिल्ला निर्वाचन अधिक

दुई कोरियाबीच हटलाइन पुनः शुरु

१८ असोज, काठमाडौं ।  उत्तर र दक्षिण कोरियाबीच सूचना आदानप्रदानको लागि हटलाइन पुनः शुरु भएको छ । पछिल्लो केही महिनायता बन्द भएको हटलाइन पुनः शुरु भएको हो । यसअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूले दक्षिण कोरियासँगको हटलाइन पुनः शुरु गर्न चाहेको बताएका थिए । यद्यपि हटलाइन शुरु गर्ने विषय दक्षिण कोरियाको व्यवहारमा […]

मन्त्रिपरिषद्‌को बैठक शुरु

काठमाडौँ– मन्त्रिपरिषद्‌को बैठक शुरु भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बैठक शुरु भएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘नेपाल आइडल’ फेरि शुरु हुने

चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि शुरु हुने भएको छ । शोका निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै शुरु हुने जानकारी दिए ।‘फ्रेन्चाइजको लागि हामीसँग ३ वर्षको मात्र अनुमति थियो । अहिले फेरि नयाँ सिजनका लागि मौखिक अनुमति मिलेको छ । लिखित प्राप्त हुनासाथ शो शुरु हुन्छ’ पौडेलले थपे ‘आशा गरौ छिट्टै हुनेछ  ।अव शुरु हुने सिजनमा जज भने फेरिनेछन् । यस अगाडि शोमा देखिँदै आएका जजले अन्य शोमा काम गर्न थलिसकेकोले जर्ज फेरिने भएका हुन् । नयाँ जर्ज भएप

दुई घण्टा ढिला गरी शपथ शुरु

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि शपथ ग्रहण कार्यक्रम ढिला गरी शुरु भएको छ । ६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो ।

एमालेको बैठक शुरु

काठमाडौ, १२ बैशाख । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको छ । बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिए । पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आकस्मिक […]