दुवै देशका सशस्त्र सीमा बलले मनाए संयुक्त होली

जनकपुरधाम : होली पर्व सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)बीच चैत १२ गते हर्ष र उल्लासमय वातावरणमा मनाइएको छ।मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहको प्रमुख आतिथ्यमा मनाइएको होलीमा भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्ट गोविन्द भण्डारी, नं. ८ गण धनुषाका गणपति सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरी लगायत सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलका कर्मचारी तथा स्थानीय बासिन्दाले

सम्बन्धित सामग्री

मूल्य वृद्धि छिटोभन्दा छिटो नियन्त्रण हुनुपर्छः रोशन दाहाल

अहिले इन्धनको मूल्य वृद्धि हुँदा निर्माण क्षेत्रका साथै अन्य क्षेत्रमा पनि उत्तिकै मर्का परेको छ । इन्धनको मूल्य वृद्धिमा सरकार नै लागिपरेको छ । यसले गर्दा फलामजन्य निर्माण सामग्रीको मूल्य उच्च हुँदै आएकाले निर्माण क्षेत्र नै अस्तव्यस्त बन्न पुगेको छ । राज्यले एउटा दररेटमा काम गर्न भनेको छ । सोहीअनुसार कामको जिम्मा निर्माण व्यवसायीले लिएका पनि छन् । तर, राज्यले अहिले विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दै आएको छ । त्यसकारण निर्माण क्षेत्रमा अत्यधिक मूल्य वृद्धि भएको छ । यसरी भएको मूल्य वृद्धिलाई सरकारले छिटोभन्दा छिटो नियन्त्रण गरिदिनुपर्छ ।  मूल्य वृद्धिका कारण निर्माण व्यवसायीलाई परेको अतिरिक्त व्ययभारलाई सरकारले सम्बोधन गर्नुपर्छ । त्यसो नभए राज्यले केही समय ‘कन्स्ट्रक्सन होली डे’ लागू गरिदिनुपर्छ । शुक्रवारदेखि हुने साधारणसभामा पनि यो विषय उठाइनेछ । हामीले लामो समयदेखि उठाउँदै आएको विषय– एउटै निर्माण व्यवसायीले धेरैभन्दा धेरै ठेक्का लिएको अवस्थामा अहिले आएर सीमा तोकिएको छ । यो सकारात्मक पक्ष हो । धेरै काम ओगटेर राख्ने, काम समयमै सम्पन्न नहुने र अत्यधिक ‘लो बिड’मा गएर ठेक्का लिने परम्परा पनि छ । अहिले सरकारले एकपटकमा पाँचओटा प्याकेज (ठेक्का) लिन मात्र पाउने व्यवस्था गरेको छ । सँगसँगै क्रेडिट लाइनको रूपमा बैंकहरूमा विनाकामै निर्माण व्यवसायीले रकम राख्नुपरेको छ । यसलाई खारेज गर्नुपर्छ । सार्वजनिक खरिद ऐन र नियमावलीलाई समयसापेक्ष परिवर्तन गरिनुपर्छ । समयमै काम सम्पन्न नहुने, भएका कामहरू गुणस्तरीय नहुने जस्ता समस्या समाधान गर्न संशोधन भएको सार्वजनिक खरिद नियमावली छिटो कार्यान्यवनमा आउनुपर्छ । यो नियमावली आएर कार्यान्वयन हुँदा भौतिक पूर्वाधार निर्माणमा अग्रगामी छलाङ नै हुन्छ । अर्को निर्माण व्यवसायीहरूको धरौटी रकम पनि राज्यले फुकुवा गरिदिनुपर्छ । हामीले ठेक्का लिएर काम गर्दा आफ्नै बिलबाट ५ प्रतिशत धरौटी कट्टा हुन्छ । त्यही धरौटी अहिले बैंकमा छ । बैंकहरूमा रहेको धरौटी निर्माण व्यवसायीलाई दिनुपर्छ भनिएको छ । धरौटी रकम फिर्ता गर्दा बजारमा जाने भएकाले तरलता अभाव सहज बनाउन टेवा पुग्छ । साथै निर्माण सामग्री खरिद गर्न, श्रमिकलाई पारिश्रमिक दिन व्यवसायीसँग रकम नभएको अवस्थामा पनि केही मात्रा राहत मिल्छ ।  बजारलाई चलायमान बनाउन र रकम अभावकै कारण अघि बढाउन नसकिएका प्याकेजमा निर्माण अघि बढाउन सकिन्छ । यो रकम विशुद्ध निर्माण व्यवसायीको हो । यो धरौटी रकम १ वर्षपछि त फिर्ता हुन्छ नै । यद्यपि त्यसअघि नै व्यवसायीले बैंक ग्यारेन्टी दिने र सोही आधारमा धरौटी रकम फिर्ता हुने व्यवस्था गरिँदा रोकिएका काम समयमै सम्पन्न गर्न सकिन्छ । अहिले प्रत्येक रनिङ बिलहरूबाट ५ प्रतिशत धरौटी कट्टा गरिन्छ । त्यो रकम अहिले करिब ३० अर्ब जति छ ।

मोरङ प्रहरीले भन्यो : घरभित्रै परिवारसँग होली मनाउनु, बाहिर मनाए कारवाही गर्छौं

विराटनगर : भारतसँग सीमा जोडिएको मोरङ जिल्लामा यसवर्षको होली पर्वलाई घर भित्रै सिमित राख्न प्रहरीले आग्रह गरेको छ।भारतमा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएपछि होली विशेष सुरक्षा योजना अन्तर्गत सार्वजानिक क्षेत्रमा हुने भीडभाड र जमघटलाई प्रहरीले नियन्त्रण गर्दै विशेष सावधानीपूर्वक होली खेल्न अनुरोध गरेको हो।  होलीलाई मध्यनजर गर्दै प्रहरीले विशेष निगरानी र सुरक्षा चेकजाँचलाई कडाई गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। खड्काका अनुसार प्रहरीले प

सिरहाका सीमा नाकामा हेल्थ डेस्क स्थापना, होली घरमै मनाउन आग्रह

स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सूचना जारी गरी कोरोना सङ्क्रमण कायमै रहेको र हाल नयाँ स्वरूपमा देखा पर्न थालेकाले होलीलगायतका पर्व भिडभाड नगरी घरमै मनाउन आग्रह गरेका छन् ।

मिचेको छ सीमा चलेको छ गोली

मिचेको छ सीमा चलेको छ गोली उही भन्छ खेलौं न सद्भाव होली । यता भाइ मार्दैछ हाम्रै धरामा पस्यो भित्र सेना उसैको छ टोली । उचालेर ज्वाइँ र साला लगाई प्रजातन्त्रमा थुन्न खोज्दैछ बोली । सुसम्बन्ध हाम्रो छ रोटी र बेटी भनी धस्छ दाह्रा निकै आजभोलि । भए लठ्ठ हाम्रा परे लम्पसार सधैं याचकीझैं उतै थाप्न झोली ।