विराटनगर : भारतसँग सीमा जोडिएको मोरङ जिल्लामा यसवर्षको होली पर्वलाई घर भित्रै सिमित राख्न प्रहरीले आग्रह गरेको छ।भारतमा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएपछि होली विशेष सुरक्षा योजना अन्तर्गत सार्वजानिक क्षेत्रमा हुने भीडभाड र जमघटलाई प्रहरीले नियन्त्रण गर्दै विशेष सावधानीपूर्वक होली खेल्न अनुरोध गरेको हो। होलीलाई मध्यनजर गर्दै प्रहरीले विशेष निगरानी र सुरक्षा चेकजाँचलाई कडाई गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। खड्काका अनुसार प्रहरीले प