काठमाडौँ – मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । शनिबार राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको छ । आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ […]