बाँके र बर्दियामा भारी वर्षा, आकस्मिक बाढीको जोखिम

बाँके र बर्दियाका धेरै स्थानहरूमा आज बिहान भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी र खजुरा, बर्दियाका राम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसपासका धेरै स्थानहरूमा भारी वर्षा मापन गरिएको हो ।आगामी तीन घण्टा यस क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकोले उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी समेत आउन सक्ने जनाइएको छ ।खोला आसपास र होचा स्थानहरूमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

सम्बन्धित सामग्री

श्रीलङ्कामा बाढी र पहिरोमा परी तीनको मृत्यु, ५५ हजार बढी प्रभावित

बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ। भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिंचाइ निर्देशक सुगेश्वरले बताएका छन्।...

कैलाली र कञ्चनपुरका धेरै ठाउँमा भारी वर्षा, बाढीको चेतावनी

काठमाण्डाै - कैलाली र कञ्चनपुरका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ देखि ६ घण्टामा कञ्चनपुर र कैलालीको धेरै ठाउँमा भारी वर्षा भएको र राति १२ बजेसम्म थप वर्षा हुने भएकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत यस जिल्लाका साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होँचा र डुबान हुने ठाउँमा भोलि बिहानसम्म सतर्क रहन शाखाले आग्रह गरेको छ ।    — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) October 8, ...

आजको मौसम : यी स्थानमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका केही स्थानहरूमा गए राति भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाको दमक, उर्लाबारी, शनिश्चरे आसपास भारी वर्षा भएको छ । मेची विरिङ, निन्दा, रतुवालगायत साना खोलामा बाढीको जोखिम छ । नदी तटीय तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको […]

झापामा अति भारी वर्षा, बाढीबाट बच्न महाशाखाको आग्रह

झापाका विभिन्न स्थानमा गए रातीदेखि भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो । बाढी पूर्वानुमान महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी

लुम्ले र जुमलेटीमा भारी वर्षा, बाढीको जोखिम

काठमाडौँ – मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । शनिबार राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको छ । आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ […]

आज देशका चार प्रदेशमा चट्याङ्गसहित भारी वर्षा हुने

काठमाडौं।हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। भारी वर्षा हुने स्थानहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहाव र बाढीको जोखिम रहने महाशाखाले जनाएको छ।

नवलपुरको डण्डा क्षेत्रमा भारी वर्षा, स्थानीय खोलाहरुमा बाढीको जोखिम

काठमाडौँ – लगातारको भारी वर्षाका कारण नवलपुरका विभिन्न नदी–खोलामा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नवलपुरको डण्डा तथा आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टा भन्दा बढि समयदेखि भारी वर्षा हुँदा बाढीको जोखिम बढेको हो । पत्थरखोला, गिरवारी खोलासहितका साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने […]

नारायणी र वाग्मती नदीमा बाढीको जोखिम

काठमाण्डौ  - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि ठूलो पानी परेको छ । वर्षासँगै नारायणी र वाग्मती नदीमा बाढीको जोखिम बढेको छ । तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले पर्सिसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधान...

बर्दघाट र आसपासमा बाढीको जोखिम, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै – नवलपरासी र आसपासका ठाउँमा ठूलो पानी परेको छ । बर्दघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र त्यस क्षेत्रका ससाना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविदले अनुमान गरेका छन् । आजदेखि शनिबारसम्म सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोसी, नारायणीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वाग्मती, कन्काई, कमलाम...