बर्दघाट र आसपासमा बाढीको जोखिम, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै – नवलपरासी र आसपासका ठाउँमा ठूलो पानी परेको छ । बर्दघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र त्यस क्षेत्रका ससाना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविदले अनुमान गरेका छन् । आजदेखि शनिबारसम्म सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोसी, नारायणीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वाग्मती, कन्काई, कमलाम...

सम्बन्धित सामग्री

आज वाग्मतीका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै – आज वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज दिउँसो वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । वाग्मती प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेकोले पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेको छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ । मौसमविद्का अनुसार आज  वाग्मती, गण्डकी र प्रद...

आजको मौसम : देशभर वर्षा, भू-क्षय र बाढीको जोखिम

काठमाडौं : काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राति प्रदेश १,

लुम्ले र जुमलेटीमा अतिभारी वर्षा, आकस्मिक बाढीको जोखिम

मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । आज राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा अति भारी वर्षामापन भएको छ ।आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने  कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

आज देशका चार प्रदेशमा चट्याङ्गसहित भारी वर्षा हुने

काठमाडौं।हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। भारी वर्षा हुने स्थानहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहाव र बाढीको जोखिम रहने महाशाखाले जनाएको छ।

लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम

काठमाण्डाै - लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ । देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा ठूलो वर्षाको सम्भावना भने रहेकाले सतर्कता भने अपनाउनु पर्दछ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । यसअघिको वर्षाले नै जमिन गलाइसकेकाले आज पानी नपर...

बाढीको जोखिमपछि मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - लगातारको वर्षाका कारण सिन्धुपाल्चोकका केही नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको शर्माथांग, धाप र चौतारामा रहेको वर्षामापन केन्द्रले जिल्लामा मध्यमदेखि ठूलो पानी परेको मापन गरेको छ । अझै थप वर्षाको सम्भावना रहेकाले बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले मेलम्ची बजार लगायत तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ । गएको १ गते आएको बाढीले मेलम्ची लगायत हेलम्बु क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको थियो । अहिले पनि फेरि बाढीको जोखिम रहेका...