इन्द्रचोकको मल्लकालीन पोते बजार

काठमाडौंको इन्द्रचोकको दक्षिण पूर्वी किनारमा रहेको यो कश्मीरी पोते बजार करिब साढे चार सय वर्ष पुरानो मानिन्छ। मल्लकालमा मुसलमानहरुलाई चुरा र पोतेको व्यापार गर्न भनी काठमाडौं झिकाइएको थियो । साउन महिनामा हिन्दु महिलाहरूले हरिया चुरापोते लगाउने चलन छ । पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहेन्दी लगाउने गरेको पाइन्छ । हिन्दु धर्ममा सौभाग्यका रुपमा चिनिने पोते इरानी गहना हो । यसमा प्रयोग हुने मोती मल्लकालमा मुसलमानहरूले इरानबाट भित्र्याएको मानिन्छ । काठमाडौंको इन्द्रचोकको पोते बजारमा काम गर्ने नेपाली मुसलमानहरू अधिकांश कश्मीरी मूलका छन् । यहाँ ४५ वटा पसल रहेका छन्। पोतेको व्यापार वर्षैभरि हुँदैन, तिज, साउन तथा विवाहको लगन भएका महिनामा असन/इन्द्रचोकमा भीड लाग्ने गरेको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन खुकुलो भए पनि पोते बजार ग्राहकको पर्खाइमै रहेको छ ।

सम्बन्धित सामग्री

राजबहादुर साने निर्देशित ‘सिन्दूर पोते’

काठमाडौँ– टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ । नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलिसिरियल ‘सिन्दूर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका विके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम् गौतम, मोहन भण्डारी, श्रद्धा कँडेल, एकराज थापा, करिश्मा खतिवडा, नवीन […]

असन-इन्द्रचोकमा चुरा, पोते र मेहेन्दीको याम

काठमाडौं । विगत १६ वर्षदेखि इन्द्रचोकमा पोतेको व्यापार गर्दै आएका छन् नसमुदिन खान । यो उनको होलसेल पसल हो । खुद्रामा भन्दा सस्तो पर्ने भएकाले उनीकहाँ पोते किन्नेको भीड लाग्छ । त्यसो त इन्द्रचोकको यो गल्ली चुरापोतेकै लागि कहलिएको छ । यहाँ स–साना पसलहरु चुरापोतेले झकिझकाउ हुन्छन् । बाह्रैमास व्यस्त रहने यो चोक लगभग १५० […]

लाग्यो साउन : हरियो र पहेँलो पोते किन्नेहरू, तस्वीरहरू

काठमाडौं : हरियालीको महिना साउन सुरु भएको छ। यो महिना सुरु भएसँगै नेपालमा चाडपर्वको याम पनि पसेको छ। साउन लागेसँगै हरियो नेपाली नारीहरूले चुरापोते लागाएर आफूलाई सजाउँछन्। साउनसँगै हरियो चुरा, मेहेन्दी, हरिया वस्त्रको धेरै बिक्री हुन्छ।साउन महिलाहरूका लागि व्रतको महिना पनि हो। यो महिनामा हिन्दुहरूका आराध्यदेव शिवजीको पूजा गरिन्छ।  यो महिनामा चुरा र पोते व्यापारीहरूले आफ्नो भाग्य चम्किएको ठान्छन्।  अहिले विभिन्न चोक तथा गल्लीमा हातमा मेहेन्दी लगाउनेको भीड लागेको छ ।मे

सिन्दुर–पोते परम्पराको प्रताडना

लोक गायिका बबिता बानियाँले शंकर क्षत्रीसँग सम्बन्ध विच्छेद गरेपछि गाएका हरेक गीतमा सिन्दुरको उठान गरेकी छिन् । मानौँ आफ्नो पति र सिउँदोको सिन्दुर एक–अर्काका पर्याय हुन् । सम्बन्ध विच्छेदपछि पतिसँगको विछोडभन्दा सिन्दुर–पोते खोसिएको विषयमा उनको ठूलो गुनासो छ । (सिन्दुर पोते खोसियो बिहेको, थिएनौ कि मनदेखि दिएको –बबिता बानियाँ ।) उनीसँगै दोहोरी गाउने सुमन परियारलगायतका […]

इन्द्रचोकमा चुरा–पोते र मेहेन्दीको रौनक (तस्बिरहरु)

काठमाडौँ – साउन महिना नजिकिएसँगै चुरा–पोतेका पसलमा चहलपहल बढ्न थालेको छ। विशेषगरी साउन महिनामा महिलाहरुले हरियो चुरा–पोते लगाउने गर्छन्। भोलि साउन १ गते। साउनका लागि चुरा–पोतेको व्यापार बढेसँगै व्यापारीसमेत उत्साहित बनेका छन्। यसअघिका दुई वर्ष कोरोना भाइरसको महामारीका कारण भीडभाड कम थियो। यसपाली भने काठमाडौँको इन्द्रचोक क्षेत्रमा चुरा–पोते पसलमा भीड बढेको छ। साउन सुरु हुनु […]

तस्वीर : ईन्द्रचोकमा सर्वसाधारण र पोते व्यापारी

काठमाडौंको ईन्द्रचोकमा बुधवार अपरान्ह पोते उन्न र विक्री गर्न व्यस्त पोते व्यापारीहरु । चाडपर्व तथा शुभकार्यमा हिन्दु धर्मावलम्वीहरु माझ पोतेको विषेश महत्व रहेको छ । उक्त पोते चेक रिपब्लिकबाट आयात गरि ईन्द्रचोकमा मुस्लिम समुदायका व्यापारीहरुले पुस्तौंदेखि विक्रीवितरण गर्दै आएको व्यापारी आसिफ उद्धिन बताउँछन् । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

काभ्रेका छत्रप्रसादको पोते कमाल

काठमाडौँ– राजधानी काठमाडौँको इन्द्रचोक बजारमा शुक्रबार अपराह्न २ बजे पुग्दा टन्टलापुर घाम थियो । धेरैजसजोको मुखमा मास्क भए पनि भिडभाडले कोरोना संक्रमणको कुरा बिर्सेको थियो । मानिसहरू एक अर्कालाई धकेल्दै हिँडिरहेका जस्ता देखिन्थे । चोकबाट थोरै भित्र, परबाटै टलक्क टल्कने हरियो, पहेँलो र रातो रङका पोते झुन्डाइएका छन् । सडकमा भिडभाड भए पनि पसल सुनसान […]

तस्वीर : ईन्द्रचोकस्थित पोते पसलमा सर्वसाधारण

काठमाडौंको ईन्द्रचोकस्थित एउटा पोते पसलमा बिहीवार अपरान्ह देखिएको चहलपहल । निषेधाज्ञा खुकुलो बन्दै गएपछि आर्थिक गतिविधि बढ्दा सर्वसाधारणहरु किनमेलका लागि बजारमा बाक्लो रुपमा उपस्थित हुन थालेका छन् ।  तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

तस्वीर : इन्द्रचोकमा विक्रीका लागि राखिएको पोते

साउन महीनामा लागेपछि व्यापारीले इन्द्रचोक तथा त्यस आसपास क्षेत्रमा विक्रीका लागि राखेका पोते । साउन महीनामा महिलाले हरियो र पहेलो चुरा, पोते र मेहन्दी लगाउने प्रचलन रहेको छ । तस्वीर : रासस

इन्द्रचोकका चुरा–पोते पसलमा साउने रौनक (तस्बिरहरु)

काठमाडौँ – साउन महिना लागेसँगै चुरा तथा पोतेको खरिद बिक्री केही बढेको व्यवसायीहरुले बताएका छन् । काठमाडौँ इन्द्रचोकका चुरा पोते पसलहरुमा साउन लागेसँगै अहिले चहलपहल बढेको छ । विशेष गरि हरियो चुरा–पोते किन्नेहरुको भिड अरु बेला भन्दा केही बढेको हो । कोरोना भाइरसको महामारीका कारण गएको वर्ष र यो वर्ष त्यसअघिको जस्तो व्यापार भने नरहेको […]