कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ।

सम्बन्धित सामग्री

सरकारीको अनुदानमा हाते ट्र्याक्टर पाएपछि किसान खुसी

बेदकोट (कञ्चनपुर), ८ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो । एक कार्यक्रमकाबीच पूर्वसांसद डा दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गरे। कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्र्याक्टरले सहजता थप्ने उनले विश्वास व्यक्त गरे । भीमदत्त […]

स्याउ सुपरजोन जुम्लाले दियो किसानलाई हाते ट्र्याक्टर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालय जुम्लाले यहाँका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा जिल्लाका किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले ५८ हाते ट्र्याक्टरसहितका सामग्रीहरू प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिनुभयो । कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न …

कृषकलाई अनुदानमा हाते ट्र्याक्टर

गोरखा – गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए। कृषि पेसामा नै आत्मनिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उनले […]

७१ जना किसानले बुझे अनुदानमा हाते ट्र्याक्टर

पाल्पा – रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाभित्रका ७१ जनाले हाते ट्र्याक्टर अनुदानमा बुझेका छन् । खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले बताइन् । आधुनिक प्रविधिबाट खेती गर्न र खेतबारी खनजोतमा सुविधा हुने […]

किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण

धादिङ । धादिङको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्र्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले बताएको छ । कृषिमा यान्त्रिकीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको बताएको छ । गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इञ्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इञ्जिनको ७९ थान र पावर टिलर एक थान गरी १७५ थान किसानलाई उपलव्ब् गराइएको गाउँपालिका कृषि शाखाका टीकाराम खतिवडाले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्र्याक्टर दिइएको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । ‘गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्,’ उनले भने, ‘खेतीलाई सरल र सहज बनाउन किसानलाई हाते ट्र्याक्टर वितरण  गरेका हौं ।’ कृषिमा यान्त्रिकीकरण, व्यावसायिकीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उनले यसका लागि किसानलाई सहयोग गरिएको बताए । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औजार वितरण गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ७७ लाख १३ हजार बजेटबाट किसानको मागका आधारमा वडामा कृषि उपकरण वितरण भइरहेको गाउँपालिका कृषि शाखाले बताएको छ । कृषि उत्पादन बढाउन र लागत घटाउन गतवर्षदेखि नै किसानलाई कृषि सामग्री वितरण थालिएको र यसबाट किसानले फाइदा उठाउने गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् । रासस

वालिङका किसानलाई हाते ट्र्याक्टर मर्मतसम्बन्धी तालिम प्रदान

वालिङ, १५ पुस: स्याङ्जाको वालिङ नगरपालिकाले त्यहाँका किसानलाई हाते ट्र्याक्टर मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । नगरपालिकाले बर्सेनि हाते ट्र्याक्टर वितरण गर्दै आए पनि बिग्रेपछि प्रयोगबिहीन हुने समस्या बढ्दै गएकाले किसानलाई मर्मतको तालिम दिइएको हो । मर्मत गर्न सिकाएर हाते ट्र्याक्टर सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ किसानलाई तालिम प्रदान गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले […]

तस्वीर : कृषकलाई वितरण गर्न राखिएको हाते ट्र्याक्टर

तनहुँको भिमाद नगरपालिकाले अनुदानमा कृषकलाई वितरण गर्न लागेको हाते ट्र्याक्टर । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २७ थान हाते ट्र्याक्टर कृषकलाई वितरण गर्न लागेको हो । तस्वीर : रासस

किसानलाई हाते ट्र्याक्टर वितरण

डोटी : कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले यहाँको पूर्वीचौकी गाउँपालिकामा हाते ट्र्याक्टर वितरण गरेको छ । मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले यहाँका तीनवटा कृषक समूहलाई निःशुल्करूपमा हाते ट्र्याक्टर वितरण गरेको हो । कोषाध्यक्ष मेखराज भट्टका …