लमजुङ - 'लम्पी स्किन’ सङ्क्रमणका कारण रोपाइँ प्रभावित, किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण

लमजुङ – लमजुङका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । 'लम्पी स्किन' सङ्क्रमणबाट गोरु बिरामी पर्दा, मर्दा रोपाइँ नै प्रभावित भएपछि दोर्दी गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो ।अहिले लम्पी स्किन सङ्क्रमणका कारण रोपाइँ प्रभावित भएकाले किसानलाई राेपाइँ गर्न सहज हाेस् भनेर हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयाे ।गाउँपालिकाभित्रका ६० जना किसानलाई ७५ प्रतिशत अनुदानमा  हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिकाकाे कृषि शाखाका...