चितवनमा शीर्ष नेताको दौडधुप : प्रचण्ड फर्किए, ओली आउँदै

चिवतन । चितवनमा शीर्ष नेताको दौडधुप देखिन थालेको छ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को निर्वाचन क्षेत्र रहेका चितवनमा नेकपा एमालेले पनि विशेष चासो राखेको देखिन्छ । तत्कालीन माओवादी नेतासमेत रहेका एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को पनि निर्वाचन क्षेत्र रहेकाले चितवन अर्थपूर्ण रहेको देखिन्छ । साविक नेकपा खारेज र एमाले विभाजनपछि चितवन राजनीतिक महत्वको […] The post चितवनमा शीर्ष नेताको दौडधुप : प्रचण्ड फर्किए, ओली आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रचण्ड–ओलीको दौडधुप : हिजो बालकोट, आज बालुवाटार

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली उनको निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद विस्तारको तयारी छ । प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद विस्तार भएका छैनन् । स्रोतका अनुसार दुई नेताहरुबीच मन्त्रिपरिषद […]

सुदूरपश्चिममा शीर्ष नेताको दौडधुप : देउवा र प्रचण्ड फर्के, ओली पुन: आउँदै

गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचारमा सहभागी हुन आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नौ दिनपछि बिहीबार काठमाडौं फर्केका छन् । डडेल्धुरामा उनले १७ देखि २० कात्तिकसम्म चार दिनमा सातवटा चुनावी सभालाई...

वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।

तात्यो राजनीतिक माहोल, सुरु भयो नेताहरुको दौडधुप

काठमाडौं । केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार बनाउन राजनीतिक दलहरुबीच पुनः दौडधूप सुरु भएको छ । नयाँ सरकार गठनको दिशामा केही दिनयता शिथिल देखिएको राजनीतिक गतिविधि बुधबार एकाएक तातेको हो ।नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले अबको केही दिनमै मुलुकको राजनीतिले कोल्टे फेर्ने दाबी गर्नु र नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनु संयोग मात्र होइन ।ओली नेतृत्

प्रदेश १ मा नेकपा विवाद : जसपालाई फकाउँदै नेकपाका दुवै समूह

प्रदेश १ को प्रदेशसभा बैठक नजिकिँदै गर्दा विभाजित नेकपाका दुवै समूहले दौडधुप तीव्र पारेका छन् । नेकपा प्रचण्ड–माधव समूहका भीम आचार्य र ओली समूहका मुख्यमन्त्री शेरधन राई पक्षले आ–आफ्नो पक्षमा समर्थन जुटाउन दौडधुप बढाएका हुन्

प्रचण्ड-माधवको विरोधसभा अघि गृहजिल्लामा मन्त्री पौडेलको दौडधुप

रुपन्देही । नेकपा विभाजित बनेसँगै प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षका नेताहरु संसद विघटनको पक्ष र विपक्षमा वकालत गर्दै जिल्ला दौडामामा व्यस्त छन् ।  यसैक्रममा संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले माघ १५ गते प्रदेश ५ को बुटवलमा आयोजना गरेको विरोधसभाको पूर्वसन्ध्यामा ओली पक्षका नेता समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल गृहजिल्ला रुपन्देही आएका छन् ।मंगलबार बेलुका रुपन्देही आइपुगेका मन्त्री पौडेल विभिन्न विकासे कार्यक्रमको उद्घाटन गर्न रुपन्देही आएका हुन् । रुपन्देही

नेपालमा अमेरिकी र चिनियाँ स्वार्थ बाझिएका कारण अहिलेको संकट : श्याम शरण

भारतका पूर्व विदेश सचिव एवम् नेपालका लागि पूर्व राजदूत श्याम शरणले नेपालमा अमेरिकी र चिनियाँ प्रतिष्पर्धाका कारण अहिलेको संकट उत्पन्न भएको दाबी गरेका छन् । अमेरिका र चिनियाँ प्रतिष्पर्धामा भारत सिमान्त बनेको पनि उनको भनाई छ । पूर्व राजदूत शरणले दि ट्रिबुनमा एउटा लेख लेख्दै प्रधानमन्त्री ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको पक्षमा रहेको र प्रचण्डलगायत नेताहरु त्यसको विपक्षमा रहेका कारण संसद विघटन गरिएको र नेकपा फुटेको बताएका छन् । उनले लेखेका छन्, ‘यो संकटमा अमेरिकाको भूमिका हुन सक्छ किनकि उसको महत्वाकांक्षी पाँच सय मिलियन डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पहल प्रचण्ड र एनसीपीका अन्य नेताहरूले विरोध गरिरहेका थिए यद्यपि ओलीले उनको स्वीकृति दिएका थिए । भनिन्छ कि यसको विपक्षीहरूले चीनको तर्फबाट काम गरिरहेका थिए । त्यो अवस्थामा, भारत एक साइड शो हुने खतरामा छ जुन नेपालमा अमेरिका–चीन पावर प्लेको रूपमा देखा पर्न सक्छ ।’ उनले नेपालमा अमेरिका वा बेलायत जुनसुकै देशसँग काम गरेपनि भारतले नेतृत्व गरिरहेको बताएका छन् । शररण अगाडि लेख्छन्, ‘यदि भारतले चीनले अमेरिकी एजेन्डाका अनुसार काम गरिरहेको छ भन्ने बुझ्यो भने भारतसँगको यसको दुस्मनी बढ्दो हुनेछ । यदि नेतृत्व लिने अमेरिका नै हो भने नेपालमा भारतीय र अमेरिकी हितको संयोजन हुँदैन । विगतमा हामीले अमेरिका र बेलायतका साथ नेपालमा साझेदारका रूपमा काम गरेका छौं तर भारतको नेतृत्वमा । नेपालमा भारतीय प्रभाव कायम राख्नको सट्टा हामी सीमान्तकृत हुनेछौं ।’ श्याम शरणले नेपालमा बढ्दो चिनियाँ प्रभाव रोक्न भारतले भूमिका खेल्ने पनि बताएका छन् । ‘भारतले नेपालमा चीनको चुनौती सामना गर्नुपर्दछ’ उनले लेखेका छन्, ‘नेपालको आर्थिक र सामाजिक विकासको लागि भारतलाई छनौटको साझेदारको रूपमा राखेर भारतले आफ्नो पर्याप्त उपस्थिति कायम राख्न सक्छ । ठूलो शक्ति मुठभेडमा फस्ने नेपाल भारतको हितमा छैन ।’ श्याम शरणले भारतले नेपालमा हिन्दु राज्य र राजतन्त्रको पुर्स्थापनाको पहल गरिरहरको पनि खुलासा गरेका छन् । नेकपाको हालै भएको विभाजन रोक्न चिनियाँ पक्षको दौडधुप चलिरहेको पनि शरणको दाबी छ । उहले चिनियाँ ...