प्रचण्ड-माधवको विरोधसभा अघि गृहजिल्लामा मन्त्री पौडेलको दौडधुप

रुपन्देही । नेकपा विभाजित बनेसँगै प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षका नेताहरु संसद विघटनको पक्ष र विपक्षमा वकालत गर्दै जिल्ला दौडामामा व्यस्त छन् ।  यसैक्रममा संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले माघ १५ गते प्रदेश ५ को बुटवलमा आयोजना गरेको विरोधसभाको पूर्वसन्ध्यामा ओली पक्षका नेता समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल गृहजिल्ला रुपन्देही आएका छन् ।मंगलबार बेलुका रुपन्देही आइपुगेका मन्त्री पौडेल विभिन्न विकासे कार्यक्रमको उद्घाटन गर्न रुपन्देही आएका हुन् । रुपन्देही