हटेन तुइन तर्ने बाध्यता

दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै । सरकारले विसं ०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन । तस्बिरः नरेन्द्रसिह कार्की/रासस  

सम्बन्धित सामग्री

हुम्लामा अझै तुइनबाट नदी तर्नुपर्ने बाध्यता, एक जना तर्दा डेढ सय रुपैयाँ भाडा

सिमकोट – हुम्ला जिल्लाको पूर्वीदक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका- ३ र ४ को सिमाना लोती कर्णाली घट्टे चौरमा तुइन तर्न प्रति यात्रुले डेढ सय रुपैयाँ भाडा तिर्ने गरेको पाइएको छ । तुइन वडा नम्बर ४ को पिप्लाङ गाउँका युवाले निजी लगानीमा निर्माण गरि सञ्चालन गरेका कारण तुइन तर्दा महंगो भाडा लाग्ने गरेको बताइएको छ । चङ्खेली […]

हुम्लावासीलाई तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म?

सिमकोट – तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको पाँच वर्ष बित्दा पनि हुम्लावासीले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। तुइन निर्माण गरिएका स्थानमा झोलुङ्गे पुल निर्माण नभएका कारण हुम्लावासीलाई कर्णाली नदी तर्न तुइनको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्ला आउजाउ गर्न […]

झोलुङ्गे पुल निर्माणले तुइन विस्थापित

सिमकोट- खार्पुनाथ गाउँपालिका- १ को बोक्चे गौडामा स्थानीय र पैदल यात्रुहरूलाई अब तुइन तर्नुपर्ने बाध्यता हटेको छ। उक्त स्थानमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सो बाध्यता हटेको हो। बोक्चे गौडाका होटेल व्यवसायी जयबहादुर सिंहले वर्षौँदेखिको तुइन तर्नु पर्ने बाध्यता अन्त्य भएको बताए। एक वर्ष लगाएर सो स्थानमा झोलुङ्गे पुल निर्माण भएकाे हाे। तुइन तर्दा […]

घोषणामा तुइन हट्यो, व्यवहारमा तर्नैपर्ने बाध्यता

रुकुम (पूर्व) : सरकारले २०७२ सालमा तुइन विस्थापन कार्यक्रम ल्याउँदा रुकुम (पश्चिम)का खिमबहादुर नेपालीलाई भेरी तर्न अब तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्दैन भन्ने लागेको थियो।सरकारले तुइन हटाउने घोषणा गरेको सात वर्षसम्म पनि आठबीसकोट नगरपालिका–१४ निवासी नेपालीलाई घर नजिकको तुइनबाट भेरी तर्नैपर्ने बाध्यता छ। अझै विकट बस्तीका स्थानीय जोखिम मोलेर तुइनबाटै नदी वारपार गर्न बाध्य छन् ।त्यतिखेर जीवन निकै सहज हुने भयो भन्ने उनलाई लागेको थियो। विगतमा आफूले चिनेका व्यक्तिको ज्यान गएको थाहा पाएका उनलाई

तुइन विस्थापन घोषणामै सीमित

सुर्खेत । सरकारले ७ वर्षपहिले नै देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कर्णालीका विभिन्न जिल्लामा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल (२०७२ साल)मै दुई वर्षभित्र तुइन विस्थापन गर्ने उद्घोष गरेपछि कर्णालीका बासिन्दा उत्साहित भएका थिए। त्यस बेला तुइन हटाएर झोलुंगे पुल निर्माणको योजना अघि सारियो । तर घोषणाको वर्षौं बितिसक्दा पनि तुइन विस्थापन हुन सकेको छैन । प्रदेशका हुम्ला, जाजरकोटलगायतका ग्रामीण क्षेत्रका स्थानीयवासी अझै पनि तुइनबाट कष्टकर यात्रा गर्न बाध्य छन् । पायक पर्ने स्थानमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नेहरू, विद्यार्थी, महिला, बिरामी र बालबालिकाले आवतजावतमा सास्ती खेप्दै आएका छन् । सरकारले पछिल्लो ६ वर्षमा प्रदेशका धेरै स्थानमा तुइन विस्थापन गरेर झोलुंगे पुल बनाए पनि अझै केही स्थानमा बनाउन सकेको छैन । प्रदेशका भेरी र कर्णाली नदीसँगै अन्य खोलाखोल्सामा झोलुंगे पुल बन्न नसक्दा नागरिकले दुःख पाइरहेका छन् । जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता छ । जाजरकोटको नलगाड नगरपालिका १, ठूलाबगर र पश्चिम रुकुमको आठबीसकोट नगरपालिका १४, छोटेतराबीच भेरी नदीमा तुइनकै सराहा लिनुपर्ने अवस्था छ । नदीमा झोलुंगे पुल  र अन्य स्थानबाट पनि आवतजावत गर्ने बाटो नहुँदा वर्षौंदेखि यहाँका बासिन्दा तुइनबाट जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । ठूलाबगर, खर्चा, दम्सिला, भित्रखोला, ओडारा, पाली लगायत गाउँका १०० घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भरमा वारपार गर्न बाध्य छन् । त्यस्तै पश्चिम रुकुमका पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेला लगायत ठाउँका बासिन्दा खोला वारपार गर्ने माध्यम तुइन नै रहेको छ । स्थानीय प्रविधिबाट काठले बनेको ढुंग्रोमा बसेर फलामको डोरीमा झुन्डिएर भेरी नदी तर्ने गरेको स्थानीय वीरबहादुर पुनले बताए । ‘तुइन तरेरै जिन्दगी बित्न थाल्यो, पुल बनाउने कोही भएनन्,’ उनले भने । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो उनको छ । ‘पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा लाग्छ । त्यो पनि जोखिमपूर्ण भीरको बाटो छ,’ उनले भने, ‘अप्ठ्यारो बाटोबाट लडेर केही व्यक्तिको ज्यान समेत गइसकेको छ ।’ अप्ठ्यारो बाटोबाट जोखिमपूर्ण जावतजावत गर्नुभन्दा तुइनकै सहायता लिनु आफूहरूलाई ठीक लागेको स्थानीय झरना घर्तीले बताइन् । उनका अनुसार स्कुले बालबालिका, वृद्धवृद्धा लगायतलाई तुइनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यता छ । ‘केही वर्ष अघिसम्म नदी वारपार गर्न नाउको प्रयोग गरिन्थ्यो,’ उनले भनिन्, ‘यसरी वारपार गर्ने क्रममा नदीमा बगेर धेरैले ज्यान गुमाएका छन् ।’ २५ वर्षअघि बनेको उक्त तुइनकै भरमा दैनिक उपभोग्य वस्तुको आपूर्ति, औषधि उपचार र अन्य कामकाजका लागि सदरमुकाम खलंगा आवतजावत गर्नुको विकल्प नरहेको वडाध्यक्ष हीरालाल पुनले बताए । पुल बनाइदिन विभिन्न निकायमा पटक–पटक आग्रह गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको गुनासो उनले गरे ।

हट्यो सय रुपैयाँ तिरेर तुइन तर्ने बाध्यता

खार्पुनाथ गाउँपालिकास्थित याचु, थाली र छिप्राका बासिन्दालाई १ सय रुपैयाँ तिरेर तुइन तर्नुपर्ने बाध्यता हटेको छ । याङ्चु बजार नजिकै कर्णाली नदीमा पुल बनेपछि स्थानीयको जोखिम मोलेर तुइन तर्नुपर्ने बाध्यता हटेको हो ।

हट्यो गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले तर्ने तुइन

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीको झोलुङ्गे पुल तर्ने सपना पूरा भएको छ। उनीहरुले प्रयोग गर्ने तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिएको हो। अध्यक्ष रावल गाउँपालिकामा निर्वाचित भएदेखि नै घरबाट कार्यालय आउँदाजाँदा कर्णाली नदीमाथिको तुइन तर्दै आएका थिए। झोलुङ्गे पुल निर्माण पूरा भएपछि तुइन तर्नुपर्ने बाध्यता हटेको […]

कर्णाली नदीमा बन्यो झोलुंगे पुल

सिमकोट – कर्णाली नदीमा झोलुंगे पुल निर्माण हुँदा कार्यालय जान गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई तुइन तर्नुपर्ने बाध्यता हटेको छ। उक्त पुन निर्माणमा ढिलाइ हुँदा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही तुइन तर्दै आएका थिए। गाउँपालिका केन्द्र याङ्चु बजार जोड्ने कर्णाली नदी माथिको झोलुंगे पुल निर्माण भएको हो। कोरोना […]

हटेन तुइन तर्ने बाध्यता

दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै। सरकारले विसं ०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन। तस्बिरः रासस