तस्वीर : काठमाडौं महानगरको ट्राफिक जाम र सार्वजनिक सवारीसाधनको महत्व

काठमाडौं महानगरमा सवारीसधानको चाप बढ्दै गएपछि ट्राफिक जाम हुनु स्वभाविक हो । सर्वसाधारणले कयौं वर्षदेखि काठमाडौं, भक्तपुर तथा ललितपुरको विभिन्न रुटमा सहज हुने गरी यात्रा गर्न पाउने गरी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न माग गर्दै आएका छन् । एउटै बसमा १०० जनाले सहज यात्रा गर्न पाउने गरी यातायात सञ्चालन गर्ने हो भने ट्राफिक समस्या समाधान हुने छ भने इन्धनको पनि बचत त हुन्छ नै । अझ साना तथा थोत्रा सवारीमा कोचाकोच गरेर यात्रा गर्नुपर्ने झन्झट पनि हट्ने देखिन्छ । हुन त कतिपयले जति धेरै निजी सबारी भयो त्यतिनै धेरै राजस्व संकलन हुने हुँदा सरकारले यसतर्फ चासो नदेखाएको बताएका छन् । तस्वीर : सामाजिक सञ्जाल

सम्बन्धित सामग्री

ट्राफिक जाम घटाउन बानेश्वर चोकमा लेन थपिंदै, भदौभित्रै निर्माण सकिने

९ साउन, काठमाडौं । ट्राफिक जाम घटाउन काठमाडौंको नयाँ बानेश्वर चोकमा एक लेन थप्ने काम सुरु भएको छ । चोकबाट दायाँ मोडिने सवारी साधानका लागि एक ‘टर्निङ लेन’ थप्ने काम भइरहेको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा चोक सुधारको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर अर्जुनजंग थापाले जानकारी दिए […]

फ्लाइ ओभर निर्माणले ट्राफिक जाम

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । शुक्रबारबाट फ्लाइ ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो । सो फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य रहेको छ । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाइ ओभरको डिजाइन लगायतका […]

ट्राफिक प्रहरीलाई चुनावमा खटाएपछि उपत्यकामा बढ्यो ट्राफिक जाम

काठमाडौं उपत्यकामा केही दिनयता ट्राफिक जाम बढेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलका कार्यकर्ता र शुभचिन्तकहरू धमाधम उपत्यका बाहिर जाँदै छन् । तरपनि जाम घटेको छैन । पछिल्ला दिनमा जाम बढ्न थालेको स्विकार्छिन्, उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख (डिआइजी) मिरा चौधरी । ‘धेरैजसो ट्राफिक प्रहरी चुनावका लागी उपत्यका बाहिर गएका छन्’ डिआइजी चौधरीले भनिन्–‘उपलब्ध जनशक्तिलाई प्रयोग गरेर सवारी जाम व्यवस्थापन गर्दै छौं ।’ निर्वाचन सुरक

किन भइरहेको छ काठमाडौंमा ट्राफिक जाम ?

काठमाडौं : तपाईंले केही दिनदेखि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको महसुस गर्नु भएको छ? तिहारपछि एकाएक ट्राफिक जाम देखिएको छ उपत्यकामा। तिहारपछि बिदामा बन्द भएका कार्यालय र विद्यालयहरू समेत संचालनमा आएकाले पनि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको ट्राफिक प्रहरीको दाबी रहेको छ। चुनावमा धेरै मानिस भोट हाल्न र नेता तथा कार्यकर्ताहरू काठमाडौं…

पदयात्राले केहीसमय ट्राफिक जाम : बिचबाटैमा रोकिन बाध्य भए यात्रु

काठमाडौं : शनिबार एकाबिहानै काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कियो। संविधान दिवसको अवसरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको पदयात्रामा सयौं मानिस सहभागी भए। पदयात्राका कारण बिहानै काठमाडौंको केही स्थानको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो। विशेषगरी पदयात्रा संचालन भएको रुटमा केहीसमय ट्राफिक जाम भयो। विशेषगरी शहिदगेटदेखि न्यूरोड गेटसम्म पदयात्राका कारण जाम बढेको…

यति गर्न सके सहजै हट्छ उपत्यकाको ट्राफिक जाम

‘वान वे’ प्रणाली बदल्न सके केशरमहल, सिंहदरबार, माइतीघर मण्डला, थापाथली र त्रिपुरेश्वर चोकका ट्राफिक जाम एकैपटकमा ‘सामसुम’ हुन्छ काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै ट्राफिक जाम हुने चोक केशरमहल, सिंहदरबार, माइतीघर मण्डला, थापाथली...

ट्राफिक जाम घटाउने उपाय

काठमाडौं उपत्यकामा ट्राफिक जाम भयावह बन्दै गइरहेको अवस्थामा सरकारले चक्रपथको ग्वार्कोमा फ्लाइओभर बनाउन कम्पनी छानेको छ र चाँडै नै सम्झौता गर्ने तयारी गरेको छ । तर, फ्लाइओभरले मात्रै उपत्यकाको ट्राफिक समस्यालाई समाधान गर्न कठिन देखिन्छ । दीर्घकालीन समाधान भनेको सार्वजनिक यातायात सुधार गर्नु नै हो । फ्लाइओभरपछि ठूला बसहरू सञ्चालन गर्न सकिने अवस्था आउन सक्छ । त्यस्तै मोनोरेललगायतका विकल्पमा पनि सरकारले अहिलेदेखि नै अध्ययन थालिहाल्नुपर्छ । काठमाडौंमा बस्ती फैलने क्रम अझै जारी छ । करीब करीब उपत्यकाका प्रायः सबै क्षेत्र घरले भरिइसकेका छन् यस शंकै छैन । उपत्यकाको सबैभन्दा फराकिलो सडक चीनले निर्माण गरिदिएको चक्रपथ मात्रै हो भन्दा हुन्छ । यही चक्रपथलाई आधार मानेर काठमाडौंमा बस्ती विस्तार भइरहेको हो । त्यही कारण यो चक्रपथबाट भित्र छिर्ने सबै चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । चाबहिल, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, कलंकी, सीतापाइला, बालाजु, महाराजगञ्ज सबैभन्दा बढी जाम हुने क्षेत्रमा पर्छन् । त्यस्तै भित्री शहरमा पनि त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, बानेश्वर आदि क्षेत्र यस्तै ट्राफिक जाम हुने क्षेत्र हुन् । यो जामका कारण मुलुकले आर्थिक क्षति बेहोर्नुपरिरहेको छ भने थुप्रो मानिस सडकमा थुनिनुपर्दा उनीहरूको उत्पादकत्व पनि खेर जाने गरेको छ । ट्राफिक जामका आर्थिक लागत आफ्नो ठाउँमा छँदै छ, यसले वातावरणमा पुर्‍याएको थप क्षतिको हिसाबकिताब पनि डरलाग्दो देखिन्छ । तर, यस्तो डरलाग्दो ट्राफिक जाम हुने गरेको भए पनि त्यसलाई कसरी विकल्प दिन सकिन्छ भन्नेमा सरकारले गम्भीर भएर अध्ययन गरेको पाइँदैन । चक्रपथको तीनकुने–कलंकी खण्डको विस्तार भएपछि भने यस क्षेत्रमा फ्लाइओभर राख्न सरकारले केही प्रक्रिया शुरू गरेको छ । त्यसमध्ये ग्वार्को पहिलो प्राथमिकतामा परेको छ जसका लागि सरकारले स्रोतको सुनिश्चितता पनि गरिसकेको छ । नेपालसँग फ्लाइओभरको आफ्नो अनुभव छैन । ग्वार्कोमा यो बनेपछि क्रमशः यसलाई विस्तार गर्न सकिन्छ । फ्लाइओभरका लागि आवश्यक पर्ने जग्गासमेत उपलब्ध नहुने चोकहरू छन् । ती चोकमा कसरी ट्राफिक सहज बनाउने भन्नेमा पनि थप अध्ययन जरुरी छ । काठमाडौं उपत्यकामात्र होइन, बिस्तारै पोखरा, विराटनगर आदि ठूला समयमा पनि यही समस्या देखिने निश्चित छ । २ दशकयता उदाउँदो मध्यम वर्गका कारण गाडीको प्रयोग बढ्दो छ । त्यसमा पनि नेपालको सार्वजनिक यातायातको बेथितिका कारण मानिसहरूलाई गाडी किन्नुपर्ने बाध्यतासमेत छ । गाडी किन्न नसक्नेहरूले मोटरसाइकल किन्ने गरेका छन् । यी मोटरसाइकलको संख्या ज्यादै भएकाले ट्राफिक समस्या झनै थपिएको छ । खासगरी ट्राफिक नियम मिच्नेमा दुईपांग्रे सवारी भएको बताइन्छ । त्यसैले उपत्यकाका यातायात सुधार्न नसक्ने हो भने सडकमै धेरै समय जाने निश्चित जस्तै छ । अहिले नै ट्राफिक जामको अवधि थपेर घरबाट निस्कनुपर्ने अवस्था छ । त्यो समस्या झनै बढ्दै जाने देखिन्छ । त्यसैले यहाँको ट्राफिक जाम कम गर्न तत्कालीन र दीर्घकालीन नीति बनाएर काम गर्नुपर्ने देखिन्छ । अहिले निजी तथा सार्वजनिक सवारीका यात्रुहरूले भोग्नुपरेको सास्ती यसरी नै बढ्दै जाने हो भने काठमाडौंको वायुप्रदूषणको स्तर अत्यन्तै खराब हुने मात्र होइन, मानिसहरूमा मानसिक समस्यासमेत नआउला भन्न सकिँदैन । सरकारले ग्वार्कोमा फ्लाइओभर बनाउन कम्पनी त छनोट गर्‍यो तर त्यो छनोट पनि विवादमा परेको छ । यस्तो विवादले निर्माणको काम पछि धकेलिन पनि सक्छ । अतः पारदर्शी ढंगले कम्पनी छनोट गरिनु आवश्यक छ । दीर्घकालीन समाधान भनेको सार्वजनिक यातायात सुधार गर्नु नै हो । फ्लाइओभर पछि ठूला बसहरू सञ्चालन गर्न सकिने अवस्था आउन सक्छ । त्यस्तै मोनोरेललगायतका विकल्पमा पनि सरकारले अहिलेदेखि नै अध्ययन थालिहाल्नुपर्छ । यहाँ भइरहेको बसाइँसराइ रोक्न र यहाँका बस्तीहरू अन्यत्र स्थानान्तरण गर्न झनै सम्भव देखिँदैन । अतः यहाँको ट्राफिक व्यवस्थापनका लागि गम्भीर अध्ययन आवश्यक देखिन्छ ।

पछिल्ला दिन काठमाडौंमा किन भोग्न परिरहेको छ चर्को ट्राफिक जाम?

काठमाडौं : तपाईँ काठमाडौंका सडकमा यात्रा गरिरहनु भएको छ भने केही सातायता अत्यासलाग्दो ट्राफिक जाम भोगिरहेको हुनुपर्छ। मङ्सिर महिना सुरु भएसँगै ट्राफिक जाम यसरी भइरहेको छ कि त्यसले तपाईँको गन्तव्यसँगको दुरी यथावत रहे पनि समय भने बढी नै खर्चिन परिरहेछ। त्यसैले, अहिले काठमाडौंको एक ठाउँबाट अर्को गन्तव्यमा पुग्न ट्राफिक जामका लागि…

काठमाडौंमा अत्यधिक ट्राफिक जाम

काठमाडौं उपत्यकामा सोमबार अत्यधिक ट्राफिक जाम भएको छ । कार्यालय सकेर घर फर्किनेहरू र अत्यावश्यक कामले हिँडेकाहरू घण्टौँ सडकमा कुर्न बाध्य भएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले ‘झरीका कारण जाम भएको’ बताएका छन् ।‘अन्य दिनभन्दा आज जाम बढेको छ’ भट्टराईले भने–‘जाम बढ्नुको कारण एउटा झरी देखिएको छ ।’ सोमबार मध्यान्हदेखि उपत्यकामा पानी परिरहेको छ । पानी परेपछि सडकमा पानी जमेको र पानी जमेको भागमा