९ साउन, काठमाडौं । ट्राफिक जाम घटाउन काठमाडौंको नयाँ बानेश्वर चोकमा एक लेन थप्ने काम सुरु भएको छ । चोकबाट दायाँ मोडिने सवारी साधानका लागि एक ‘टर्निङ लेन’ थप्ने काम भइरहेको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा चोक सुधारको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर अर्जुनजंग थापाले जानकारी दिए […]