उन्नति सहकार्य र समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

वैशाख ४, काठमाडौं । दुई ओटा अलग - अलग लघुवित्त कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्कासन गर्नका लागि निवेदन दिएका छन् । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन्। उन्नति सहकार्य लघुवित्तले प्रतिकित्ता रू. १५९ मा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्नका लागि बोर्डमा २०७८ चैत २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धकमा सिद्धार्थ  क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी समता घरेलु लघुवित्तले प्रतिकित्ता रू.१५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्नका लागि चैत २९ गते बोर्डमा निवेदन दिएको हो ।विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । ती दुबै कम्पनीले बोर्डबाट एफपीओ निष्कासन गर्न अनुमति पाएपछि मात्र निष्कासन गर्नेछन् । सूचीकृत कम्पनीले सूचीकृत नभएका कम्पनीलाई प्राप्ति गरेसँगै शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेका हुन् ।  

सम्बन्धित सामग्री

एफपीओ निष्कासनको आवेदन दिएका कम्पनीले किन पाएनन् सेबोनबाट स्वीकृति ?

काठमाडौं । एफपीओ निष्कासन गर्ने उद्देश्यले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवदेन दिएको लामो समय भइसक्दा पनि कम्पनीहरूले स्वीकृति पाएका छैनन् । पूँजी संरचना मिलाउन हालसम्म ६ लघुवित्त वित्तीय संस्थाले निवेदन दिइसकेका छन् । निवेदन दिनेमा किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था हुन् ।  एफपीओ निष्कासन गर्ने कम्पनीको धितोपत्र सार्वजनिक भएको तीन वर्ष पूरा भएको हुनुपर्छ । निवेदन दिएका कतिपय कम्पनीहरूको यो प्रावधान पूरा नभएकाले स्वीकृतिमा ढिलाइ भएको देखिन्छ । त्यस्तै एफपीओ निष्कासनका लागि कारोबार शुरू गरेको पाँच वर्ष पूरा गरेको हुनुपर्छ । निवेदकमध्ये कतिपय लघुवित्त कम्पनीले कारोबार शुरू गरेको पाँच वर्ष पुगेको छैन ।  ‘प्रावधान पूरा गरेका कम्पनीहरूले आवश्यक कागजात पेस गरेमा एफपीओ निष्कासनको स्वीकृति पाउँछन्,’ सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले भने, ‘लगातार तीन वर्ष नाफामा गएको, कारोबार शुरू गरेको पाँच वर्ष पूरा भएको तथा औसतमा क्रेडिट रेटिङ राम्रो पाएको कम्पनीले एफपीओ निष्कासन गर्न स्वीकृति पाउँछ ।’  निवेदन गर्ने ६ कम्पनीमध्ये किसान लघुवित्तले प्रतिकित्ता रू. १२५ मा सबैभन्दा बढी १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासनका लागि निवेदन गरेको छ । कम्पनीले २०७८ असार २९ गते सेबोनमा निवेदन दिएको हो ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासनका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीले २०७८ कात्तिक २३ गते निवेदन दिएको हो । समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासनका लागि २०७८ चैत २९ गते निवेदन दिएको हो ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १५९ मा १ लाख ७८ हजार कित्ता ४५१ कित्ता एफपीओ निष्कासन गर्नका लागि सेबोनमा २०७८ चैत २५ गते निवेदन दिएको हो ।  त्यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्था प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले २०७८ चैत १७ गते सेबोनमा निवेदन दिएको हो । सेबोनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई आवश्यक थप कागजात पेश गर्न फागुन २९ गते सुझाव पठाएको छ ।

६ ओटा लघुवित्त कम्पनीद्वारा एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन

काठमाडौं  । ६ ओटा लघुवित्त कम्पनी एफपीओ निष्कासन गर्ने तयारी प्रक्रियामा लागेका छन् । यी ६ ओटा कम्पनीले एफपीओ निष्कासनका लागि विभिन्न समयमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेका छन् । यी कम्पनीलाई बोर्डले स्वीकृति दिएमा एफपीओ निष्कासन गर्नेछन् ।  एफपीओ निष्कासन गर्न किसान, मिर्मिरे, युनिक नेपाल, उन्नति सहकार्य, समता घरेलु र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले विभिन्न मितिमा बाोर्डमा निवेदन दिएका छन् । पूँजी संरचना मिलाउन यी लघुवित्त कम्पनीले एफपीओ निष्कासन गर्ने भएका हुन् ।  सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही प्रावधान अनुसार यी कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।  सबैभन्दा बढी कित्ता एफपीओ किसान लघुवित्तको  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त एफपीओ निष्कासन गर्न कम्पनीले २०७८ असार २९ गते निवेदन दिएको थियो । बोर्डबाट स्वीकृति पाएपछि मात्र यो कम्पनीले एफपीओ निष्कासन गर्नेछ । कम्पनीको एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ५ करोड १४ लाख नाफा कमाएको छ ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्था  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्न गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै यो कम्पनीको नाम नयाँ सारथी लघुवित्त वित्तीय संस्था भएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ४० लाख  नाफा कमाएको छ ।  मिर्मिरे लघुवित्त वित्तीय संस्था  यो कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो  । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्न सेबोनमा २०७८ कात्तिक  २३ गते निवेदन दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १७ करोड ४९ लाख नाफा कमाएको छ ।  समता घरेलु लघुवित्त वित्तीय संस्था यो कम्पनी प्रतिकित्ता रू. १५९ दशमलव शुन्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले एफपीओ निष्कासन गर्न २०७८ चैत २९ गते सेबोनमा निवेदन दिसकेको छ । यो कम्पनीको एफपीओ विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ करोड ३६ लाखमा नाफा कमाएको छ ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था  यो कम्पनीले प्रतिकित्ता रू.१५९ मा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न २०७८ चैत २५ गते सेबोनमा निवेदन दिएको छ । उक्त एफपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको चैत मसान्तसम्म रू. ३ करोड ७९ लाख नाफा कमाएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था   यो कम्पनी प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि २०७८ चैत १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी साविकको युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड २७ लाख नाफा कमाएको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड