वीरेन्द्रनगरको प्रमुखमा निवर्तमान उपप्रमुख समेत रहेकी एमालेकी मोहनमायाको जित

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ। निवर्तमान उपप्रमुख समेत रहेकी मोहनमाया भण्डारी (ढकाल) १६ हजार ३८ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र बहादुर खड्काले १५ हजार ४८४ मत प्राप्त गरे। ढकालले खड्कालाई ५५४ मत अन्तरले…

सम्बन्धित सामग्री

सबै जनप्रतिनिधिलाई सत्तापक्षकै भूमिकामा उत्रन आग्रह

ललितपुर : नेकपा एमालेका स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रतिपक्षीको नभई सत्तापक्षकै भूमिकामा उत्रन आग्रह गरेका छन्।उनले धेरै स्थानमा मेयर या प्रमुखमा पराजित भएर उपप्रमुख जितेको र वडा अध्यक्ष हारेर पनि वडा सदस्य जितेको स्थानमा आफूलाई प्रतिपक्षी नठानी सत्तापक्षकै हैसियतमा उभिन आग्रह गरे।प्रेस चौतारी नेपाल ललितपुरको आयोजनामा ललितपुर जिल्लामा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री समेत

मेयर बालेन्द्रले लिए नेपाल भाषामा पनि सपथ (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् ।  सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित साहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे ।प्रमुख साहसँग उपप्रमुख सुनिता डंगोलले भने नेपाल भाषामा सपथ लिएकी थिइन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराइएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । शपथपछि

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

डोटी : डोटीको सदरमुकाममा रहेको पुरानो दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका बाजि सिं खड्का 'विजय’ र कल्पना साउद निर्वाचित भएका छन्।एमालेका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन्।नेकपा एमालेको गड मानिएको दिपायल सिलगढी नगरपालिकामा यसपटक भने नेपाली कांग्रेसले पाँच वटा वडासहित प्रमुख र उपप्रमुख जितेको हो। २०७४ को स्थानीय तहको निर्वाचनमा समेत खड्का नेकपा एमालेका मञ्जु मलासीसँग प्रमुखमा पराजित भएका थिए।नगर प्रमुखमा

गठबन्धनलाई चार महानगरमा उत्साह, दुईमा चिन्ता

सत्तारुढ गठबन्धनले देशका ६ वटै महानगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि तालमेल गरेको थियो तर तीमध्ये दुई महानगरमा अवस्था नाजुक देखिएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवारले विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगर प्रमुखमा अग्रता लिएका छन् भने भरतपुरमा कडा प्रतिस्पर्धा भइरहेको छ । काठमाडौं महानगर प्रमुखमा भने गठबन्धनका उम्मेदवार पछि परिसकेको अवस्था छ ।महानगर प्रमुखमा अग्रता लिएका महानगरमा समेत उपप्रमुख पदका उम्मेदवारले कडा चुनौती सामना गर्नु परिरहेको छ । सत्तारुढ गठबन्धनबीच तालमेल भएका मह

गुल्मीको रेसुङ्गामा कांग्रेसकी कुवँर उपमेयर निर्वाचित

बुटवल-गुल्मीको रेसुंगा नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै अमृता कुवर विजयी भएकी छिन्। उनले एमालेकी रिता पाण्डेलाई पराजित गरिन्। प्रमुखमा कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्। कांग्रेसका जिल्ला सभापति समेत रहेका पन्थीले एमाले उम्मेद्वार राजेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । प्रमुखमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपप्रमुख कुँवरले ८ हजार छ सय १९ […]

गठबन्धनको बलमा विजय निकाल्ने कोपिलाको अठोट

२७ वैशाख, पोखरा ।  मनोनयन दर्ता गर्ने अन्तिम दिनसम्म सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको उपप्रमुख कसलाई बनाउने भन्ने निश्चित थिएन । यद्यपि, गठबन्धनको केन्द्रीय नेतृत्वले महानगर प्रमुख नेकपा एकीकृत समाजवादी र उप-प्रमुखमा नेपाली कांग्रेसलाई दिने सहमति गरिसकेको थियो । प्रमुखमा एकीकृत समाजवादीले जिल्ला अध्यक्ष समेत रहेका धनराज आचार्यको नाम सिफारिस गर्‍यो । तर कांग्रेसको आन्तरिक किचलोकै […]

एमालेले लगायाे रुपन्देहीकाे पाँच नगरपालिकामा उम्मेदवारकाे टुङ्गाे

बुटवल- नेकपा एमालेले रुपन्देहीका पाँचवटा नगरपालिकाको प्रमुख/उपप्रमुख उम्मेदवारको टुङ्गाे लगाएको छ। जसअनुसार सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा डा. रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारी उम्मेदवार हुने भएका हुन्। त्यस्तै, तिलोत्तमा नगरपालिकाको प्रमुखमा मोहन चापागाईं र उपप्रमुखमा जगेश्वरीदेवी चौधरीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ। चापागाईं एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष समेत […]

काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोल भर्सेस रामेश्वर श्रेष्ठ

काठमाडौं : नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बालकोटमा शनिबार बसेको सचिवालय बैठकले केशव स्थापितलाई महानगर प्रमुख र सुनितालाई उपप्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। पूर्व मिस नेवा: समेत रहेकी सुनिताले यसअघि काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनले ८ खम्बे विकास मोडेल…

बुटवलमा उपमहानगर प्रमुखमा एमालेका शिवराज सुवेदी विजयी

रुपन्देही : प्रादेशिक राजधानीको चर्चामा रहेको बुटवल उपमहानगरपालिकामा एमालेका शिवराज सुवेदी प्रमुखमा निर्वाचित भएका छन्।  कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।  एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र नं ४ मा पर्ने बुटवल उपमहानगरमा प्रमुख, उपप्रमुख र १६ वटा वडाहरुमा समेत ...

ओखलढुंगाको मोलुङ गाउँपालिकामा प्रमुखमा एमाले र उपप्रमुख कांग्रेस

यहाँको सबैभन्दा अन्तिम मत परिणामको रुपमा मोलुङको परिणाम समेत आएको छ । मोलुङ गाउँपालिका प्रमुखमा एमालेका मणिराज राईले बाजी मारेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र कार्की राई २६ मतको अन्तरले मात्र पछि परे ।