स्वास्थ्य चौकीलाई औषधि र सामग्री, बिरामीलाई उपचारमा सहयोग

सिमकोट – दुुर्गमको एक स्वास्थ्य चौकीलाई औषधि र स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको छ। यी औषधि तथा सामग्री सहयोग प्राप्त भएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहयोग भएको हो। सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग प्राप्त भएको हो। स्वास्थ्य चौकीलाई सो वडामा स्वास्थ्य तथा आयआर्जनका क्षेत्रमा काम गर्दै आएको […]

सम्बन्धित सामग्री

स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामग्री सहयोग

सिमकोट – काठमाडौँको नेपाल हेल्थ ट्रष्टले हुम्लाको एक स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामग्री सहयोग गरेको छ। स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको ट्रष्टका कर्मचारी जिल्लामा आएका बेला स्वास्थ्य चौकीले आवश्यक पर्ने औषधि र सामग्री माग गरेको थियो। सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीका इञ्चार्ज दानबहादुुर बोहराले ट्रष्टबाट औषधि र सर्जिकल सामग्री सहयोग […]

स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको छ। स्वास्थ्य चौकीमा निःशुल्क वितरण गर्नेभन्दा फरक खालका जो बिरामीका लागि अति आवश्यक पर्ने औषधि सहयोग गरिएको हो। अस्पताल तथा स्वास्थ्य चौकीलाई औषधि तथा अन्य सामग्री सहयोग गर्दै आएको हेल्थ अस हुम्लाले ठेहेको स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग गरेको हो। […]

दुर्गमको स्वास्थ्य चौकीलाई सहयोग

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीलाई सहयोग गरिएको छ । दक्षिण कोरियाको द नानुम पल्स र मुगुङ्वा वेलफेयर वल्र्डले स्वास्थ चौकीलाई १४ लाख ८४ हजार ४०० रुपैयाँ बराबरको औषधि तथा स्वास्थ उपकरण सहयोग गरेको हो । स्वास्थ चौकीले सो सहयोग प्राप्त गरेको जानकारी दिएको छ । दक्षिण कोरियाका सामाजिक संस्था द नानुम पल्स र मुगुङ्वा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य चौकीलाई १४ लाख मूल्य बराबरको औषधि र उपकरण सहयोग गरेका हुन् । अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर, ईएनटी मेडिसिन, फोरकेप सेट र औषधि उपलब्ध गराइएको छ । संस्थाका प्रतिनिधि लिमजङ ही र छोमजङ हिले वडाध्यक्ष झकबहादुर छन्त्याललाई सामग्री र औषधि हस्तान्तरण गरेका थिए । यसैगरी संस्थाले हालै वडा कार्यालयसँग समन्वय गरेर आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २०० जना लाभान्वित भएका छन् । चिकित्सक लोकेन्द्र छन्त्याल, गुर्जा स्वास्थ्यचौकीका सागर रोका, सुस्मिता छन्त्याल, रिमा शर्मालगायत स्वास्थ्यकर्मी र कर्मचारीले सेवा दिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण गरिएको थियो । ज्येष्ठ नागरिकमा श्वासप्रश्वास र निमोनियासम्बन्धी समस्या धेरै देखिएकाले त्यसबाट बच्ने उपाय र उपाचारका विषयमा जानकारी गराइएको चिकित्सक छन्त्यालले बताए । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जाका बासिन्दालाई गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको वडाध्यक्ष छन्त्यालले बताए । रासस

श्रीलङ्कामा औषधि र उपकरणको अभावमा स्वास्थ्य क्षेत्र प्रभावित

आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित भएको छ । त्यहाँका डाक्टरले तत्काल अन्तर्राष्ट्रिय निकायले सहयोग नगरे स्वास्थ्य क्षेत्र ध्वस्त हुने बताएका छन् । दिनदिनै भएका सामग्रीहरु सकिँदै गएको तर आयात नभएकाले कसरी अगाडि बढ्ने भन्ने सङ्कटमा परेको डाक्टरले बताएका बीबीसीले जनाएको छ । अस्पतालहरुमा स्टक औषधि र मेडिकल उपकरण सकिँदै गएकाले उनीहरुले तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् । श्रीलङ्काले ८५ प्रतिशत स्वास्थ्य क्षेत्रका सामग्री आयात गर्दै आएको थियो तर आर्थिक सङ्कट चुलिएसँग...

बासपानी स्वास्थ्य चौकीलाई रोजीहिरा फाउन्डेसनको सहयोग

२९ माघ, काठमाडौं । रोजीहिरा फाउन्डेसनले पछिल्लो पटक खोटाङको बासपानी स्वास्थ्य चौकीलाई ६ लाख रुपैयाँको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । फाउन्डेसनले अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित २७ प्रकारका उपकरण र औषधि गत बुधबार केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित स्वास्थ्य चौकीमा हस्तान्तरण गरेको हो । कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष रोजिना प्रधान राईले बासपानी स्वास्थ्य चौकीमा चाँँडै नै भिडियो एक्से–रे मेसिन […]

डब्लुएचओद्वारा १८ लाख अमेरिकी डलर बराबरको औषधि र सामग्री सहयोग

मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आयोजित कार्यक्रममा डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका हुन्।

पूर्वमन्त्री पहाडीद्वारा डोल्पामा अक्सिजन कन्सन्ट्रेटरसहितका सामग्री सहयोग

पूर्वशान्तिमन्त्री सत्य पहाडीले डोल्पामा स्वास्थ्य सामग्री पठाएका छन् । उनले गाडीमार्फत अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, २०० एन्टिजेन किट, व्यक्तिगत सुरक्षा सामग्री, मास्क, स्यानिटाइजर, पाँचवटा अक्सिजन रेगुलेटर, १५ सिलिण्डर र औषधि पठाएका हुन् । अक्सिजन प्लान्ट खरिद गरेर डोल्पामा पुगे पनि प्राविधिक नहुँदा उक्त प्लान्ट सञ्चालनमा आउन सकेको छैन । अक्सिजन भर्न नेपालगञ्ज जानुपर्ने बाध्यतालाई हल गर्न कन्सन्ट्रेटर डोल्पामा पठाएको पहाडीले बताए । अहिले अक्सिजन अभावकै कारण धेरै समस्या आएकाले यो सहयोगबाट राहत मिल्ने डोल्पाका पत्रकार...

यस्तो छ सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको स्वास्थ्य सामाग्रीको सूची

२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई खोप, अक्सिजन सम्बन्धी सामाग्री, औषधि र अन्य स्वास्थ्य सामाग्री सहयोग प्राप्तिका लागि पहल गर्न निर्देशन दिएका छन् । विदेशमा रहेका कूटनीतिक नियोग प्रमुख र राजदुतहरुसँग भिडियो सम्मेलन गरेर मन्त्री ज्ञवालीले अहिले भइरहेका प्रयासलाई अझ बढाउन र सहयोगका नयाँ ढोकाहरु पहिल्याउन […]

सहयोग जुटाउने प्रयासमा लाग्न राजदूतहरुलाई सरकारको निर्देशन

काठमाण्डाै – सरकारले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई काेराेना विरुद्धको खोप, औषधि र अरु स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल अर्थात अप्रत्यक्ष बैठकमा खोप, अक्सिजन, औषधि र अरु स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । महामारीका कारण उत्पन्न संकट तथा देशको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी सं...

कोभिड–१९ बाट प्रभावित भारतलाई विश्वको सहयोग

एजेन्सी । दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । उनले भनेका छन्, ‘जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ’ उनले भनेका छन् ।यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप न