४२ ओटा जहाज बेचेर वित्तीय घाटा पूर्ति गर्ने योजनामा थाई एयरवेज

असोज १५, बैंकक (थाइल्याण्ड) ।  कोभिड- १९ को महामारीसँगै आर्थिक संकटमा परेको थाई एअरवेजले चालू वर्षभित्रमा ४२ ओटा जहाज विक्री गर्ने तयारी गरिरहेको छ । कम्पनीसँग करीब ८० थान विमान रहेको छ । कोभिड महामारीका कारण सृजित आर्थिक संकटको सामना गर्न थाइल्याण्डको सरकारी वायुसेवा कम्पनी थाई एयरवेजले जहाजहरु विक्री गर्ने र उडान गन्तव्य घटाउने तयारी पनि गरिरहेको छ । आर्थिक संकटमा परेको यो कम्पनीले आफूसँग भएको जहाज विक्री गर्न लागेको हो।  खर्च कटौतीका लागि जहाजहरु विक्री गर्नुपरेको कम्पनीले बताएको छ। यसै अन्तर्गत कम्पनीले ४ हजार २५० जना कर्मचारी कटौती गरिसकेको छ। यसअघि कम्पनीमा करीब १० हजार जना कर्मचारी कार्यरत थिए ।   कम्पनीका नवनियुक्त अकाउन्ट एक्जिक्युटिभ चाइ आएमसिरीका अनुसार आगामी योजना अनुसार अब कम्पनीले ५८ ओटा जहाजमार्फत सेवा दिनेछ। कम्पनीले यो अवस्थामा विश्वभर कम र सीमित गन्तव्यमा मात्र आफ्नो सेवा दिनेछ। उनले संवाददाताहरुलाई बताए अनुसार अव कम्पनीले पुरानो व्यवसायिक योजनाका संरचनाहरु परिवर्तन गरी नयाँ रणनीति अनुसार काम गरिरहेको छ । नयाँ रणनीति अनुसार अब कम्पनीले नाफामूलक गन्तव्यमा मात्र उडान गर्नेछ । आर्थिक संकटमा गुज्रिरहेको कम्पनीलाई पुनरुत्थानका लागि ५० बिलियन भाटको आवश्यकता छ। यसका लागि वित्तीय संस्था र सरकारी सहयोगको आवश्यकता रहेको छ । कम्पनीले कोभिड महामारीपछि बन्द रहेको उडान भने प्रथम चरणमा पाँच ओटा गन्तब्यबाट शुरु गर्न लागेको छ । उसले ती गन्तब्यका लागि शुक्रवारदेखि टिकट विक्री शुरु गरेको छ। शुरुवाती चरणमा इङल्याण्ड, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, जापानमा उडान हुने छन् । कम्पनीले ती मुलुकमा कोभिड- १९ विरुद्धको खोप सहज भएका कारण पुनः उडान शुरु गर्न लागेको हो। कम्पनीले चीनमा हुने उडान भने सन् २०२२ बाट मात्र शुरु गरिने योजना रहेको बताएको छ।  कोरोना भाइरसको महामारीका कारण  यात्रा र पर्यटन क्षेत्रमा संकट उत्पन्न हुनुअघि नै थाई एयरवेज आर्थिक समस्यामा थियो । अहिले कम्पनीमा सरकारको स्वामित्व ५१ प्रतिशत छ ।एजेन्सीहरु

सम्बन्धित सामग्री

अर्बौको ऋणमा नेपाल एयरलाइन्स, कहिले र कसरी गर्ला चुक्ता ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अर्बौको घाटामा छ । पछिल्लो समय नेपाल एयरलाइन्सको आम्दानीमा केही सुधार भएपनि अर्बौको घाटा पूर्ति हुने अवस्था भने देखिएको छैन । नेपाल सरकारको जमानतमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको अर्बौ ऋण चुक्ता गर्न नेपाल वायु सेवा निगमले सकिरहेको छैन । निगमले चार वटा विमान खरीद गर्न […]

फेरि घटेर आयो इन्धनको मूल्य, समायोजनबारे अझै अन्योल

काठमाडौं : भारतबाट डिजेल र पेट्रोलको मूल्य फेरि घटेर आएको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिए।आइओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा, डिजेलमा १२ रूपैयाँ ३१ पैसा  र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको थानीले जानकारी दिए।यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको छैन। निगमलाई मूल्य घ

‘लाइगर’ फ्लप भएपछि घाटा पूर्ति गर्ने देवरकोन्डाको घोषणा

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले फिल्म ‘लाइगर’ फ्लप भएपछि घाटा पूर्ति गर्न निर्मातालाई सहयोग गर्ने घोषणा गरेका छन् । बक्स अफिसमा फिल्मको असफलताले निर्मातालाई स्तब्ध बनाएको छ । विजय फिल्मलाई लिएर निकै विश्वस्त पनि थिए । उनले फिल्म बहिष्कार गर्नेलाई पनि चुनौती दिएका थिए । फिल्म ‘लाइगर’ को कुल बजेट १ सय २५ […]

घाटा पूर्ति गर्न रोप–वे बेच्ने हेटौंडा सिमेन्टको तयारी

हेटौंडा : ४ वर्षदेखि घाटामा रहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले रोप–वे बिक्री गर्ने तयारी गरेको छ ।उद्योगले नयाँ उपकरण खरिद गर्न हेटौंडा–१५ रातोमाटेस्थित जग्गा र रोप–वे बिक्री गर्न लागेको हो। जग्गा र रोप–वे बिक्रीबाट आएको रकमले उद्योगमा नयाँ प्रविधि भित्र्याउने योजना रहेको उद्योगले जनाएको छ।वर्षौंदेखी सञ्चालन हुन नसकी मानव बस्ती र विद्यालयका लागि जोखिम बनेर बसेको रोप–वे बिक्री गर्न उद्योगले यसअघि पनि पहल नगरेको होइन। तर उद्योगले भनेजति रकम नप

लगानीयोग्य तरलता संकट लम्ब्याउँदै सरकार

सरकारले बजेट बनाउँदा आफ्नो नियमित आयले विकासलगायतका खर्च गर्न नपुग्ने भएका कारण स्वदेशी वा विदेशी ऋण लिएर घाटा पूर्ति गर्ने चलन छ । सामान्य अवस्थामा नेपाल सरकारको राजस्व आयले चालू खर्चमात्र धान्छ । पछिल्ला पाँच वर्षको बजेट हेर्दा सरकारको राजस्व आयले चालू खर्च गर्न बल्लबल्ल पुगेको देखिन्छ । तर, पुँजीगत खर्च गर्न भने सरकारको राजस्व […]

प्राकृतिक श्रोतको सही परिचालनबाट अर्थतन्त्र उकास्न सकिन्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले प्राकृतिक श्रोत साधनको उचित परिचालन नै व्यापार घाटा पूर्ति गरी अर्थतन्त्रमा सुधार ल्याउने मुख्य आधार भएको बएका छन् ।संखुवासभाको खाँदबारीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र भारत जोड्ने किमाथांका नाका र नेपाल, भारत र चीनको अर्थतन्त्रलाई जोड्ने महत्वपूर्ण त्रिदेशिय लिंक रोड कोसी राजमार्गलाई सरकारले प्राथमिकताका साथ […]

ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको समेत मूल्य वृद्धि गरेको छ । निगमले भारतीय आयल निगमले नै मूल्य वृद्धि गरेपछि बढ्दो घाटा पूर्ति गर्न मूल्य वृद्धि गर्नुपरेको बताएको छ।शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि गरी खुद्रा बिक्री मूल्य १५०० बनाएको विज्ञप्तिमार्फत जनाएको छ ।मूल्य बढाउँदा पनि ग्यासमा ४६१ रुपैयाँ २२ पैसा घाटा रहेको निगमले जनाएको छ ।

सरकार ! चुरे बालुवा गिट्टीको थुप्रो मात्र होइन

ओली सरकारका अर्थमन्त्रीको गिट्टी, ढुंगा बिक्री गरी व्यापार घाटा पूर्ति गर्ने बजेट वक्तव्यले सचेत नागरिक, समुदाय र वातावरण संरक्षणमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था समेत तरंगित भएका छन् । देश, प्रकृति र जीवनलाई हेर्ने सरकारको गलत दृष्टिकोण राज्यको महत्वपूर्ण योजनामा पर्नुले तरंगित हुनु परेको हो । यस घोषणाले प्रकृति, इकोसिस्टम, विज्ञान र वैज्ञानिकताप्रति नेपाल […]

बजेट घाटा पूर्ति गर्न साढे २२ करोड डलर ऋण लिँदै अफगानिस्तान

अन्तर्राष्ट्रिय मुद्रा कोषले अफगानिस्तानका लागि २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ।चालू आर्थिक वर्षका लागि अफगानिस्तानको राष्ट्रिय बजेटमा रहेको घाटा पूर्ति गर्न प्रदान गर्न उक्त ऋण करिब ४६ प्रतिशत रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।योसहित अफगानिस्तानको कूल राष्ट्रिय ऋण एक अर्ब ५० करोड डलर पुगेको छ। मुद्रा कोषले प्रदान गर्ने ऋण यसअघि अफगानिस्तानले तिर्नु/बुझाउनुपर्ने ऋणको पुन: भुक्तानीका लागि हो।अफगानिस्तानको पर्सियाली पात्रोअनुसार डिसेम्बर २१ देखि नयाँ आर्थिक वर्ष सुर